नुवाकोट : काठमाडौंबाट फोहोर लिएर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले रोकेका छन् ।
फोहोर लाने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।
स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको हो ।
झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ ।
स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।
काठमाण्डौ । पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको हो।
जसमा एक हजार सात सय जनाको आरटी पीसीआर गर्दा १०४ जनामा र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
आइतबार परीक्षण गरिएकामध्ये ३.९७ प्रतिशत मानिसमा कोरोना पुष्टि भएको हो। सङ्क्रमितमध्ये सबैभन्दा बढी ७१ जना काठमाडौंमा छन्।
त्यस्तै २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
काठमाडौंमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमितमध्ये ६६२ जना होम आइसोलेसनमा १६ जना अस्पतालमा उपचाररत छन्।
अस्पतालमा उपचाररत बिरामीमध्ये सात जना आइसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन्।
साताका पहिलो कारोबार दिन आज नेप्से परिसूचक ३७।२७ अंकले घटेको छ । आइतबार १।८९ प्रतिशतले घटेको सेयर बजार १९३४।११ बिन्दुमा आएर रोकिएको छ ।
आज २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९।९९ प्रतिशतले बढेर ६५६।३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४।०५ प्रतिशले बढ्यो ।
सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९।५६ प्रतिशतले घटेर २४९।९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
भरतपुरः निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् ।
भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो ।
स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।
हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको अधिकारीले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन छ। त्यस्तै बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
त्यस्तै आज राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।
प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।
काठमाडौँ, जेठ २४ गते । काठमाण्डौः आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।
सोहीअनुसार विभागले सोमबार करको सीमा र लाग्ने दर सार्वजनिक गरेको हो ।
विभागका अनुसार अविवाहितले वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्नेका लागि १ प्रतिशत कर निर्धारण गरिएको छ तर विवाहितको हकमा छ लाख रुपियाँसम्म कमाउँदा १ प्रतिशत कर तिरे पुग्छ ।
त्यसैगरी पाँच लाख रुपियाँभन्दा बढी र सात लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र छ लाख रुपियाँभन्दा बढी आठ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितको १० प्रतिशत कर लाग्नेछ ।
साथै सात लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र आठ लाख रुपियाँभन्दा बढी र ११ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितले २० प्रतिशत कर तिर्नुपर्नेछ ।
एकल व्यक्तिले वार्षिक १० लाखदेखि २० लाख रुपियाँसम्म र विवाहितले ११ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेले ३० प्रतिशत कर बुझाउनु पर्नेछ ।
त्यस्तै २० लाखभन्दा माथि आम्दानी गर्ने अविवाहितले ३६ प्रतिशत र विवाहितको हकमा २० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा थप २० प्रतिशतका दरले कर लाग्नेछ ।
३० लाख रुपियाँ करयोग्य आय हुने अविवाहितले वार्षिक सात लाख ४५ हजार रुपियाँ र विवाहितको हकमा सात लाख १६ हजार रुपियाँ आयकर बुझाउनु पर्नेछ ।
एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्त भरणबापत आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा एक प्रतिशत कर लाग्ने छैन ।
काठमाडौ ः आज विभिन्न जनचेतनामूलक कार्यक्रम सहित जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइदै छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त घोषणा सँगै सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रुपमा मनाइने घोषणा गरेको छ ।
विं स २०२० सालमा तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछुतलाई निषेध गरेता पनि त्यस बेलाको कानुन झन कमजोर,फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने भएकाले कानुनको कार्यान्यन हुन सकेको थिएन् । र यो प्रथा वषाँै सम्म यथावत रहेको थियो । अहिले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको भए पनि अझै देशका विभिन्न क्षेत्रहरुमा सामाजिक व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन् । जातीय भेद्भाव तथा छुवाछुत विरुद्ध कसुर र सजाए ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण व्यवहारमा विभेदको अन्त्य हुन सकेको छैन् । हरेक नेपालीलाई जातीय छुवाछुत तथा भेदभावका विरुद्ध एक ढिका भई दृढतापूर्वक उभिन नसक्दैनन् तब सम्म यसको अन्त्य हुन सक्दैन ।
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेद्भाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेद्भाव नगरिने उल्लेख गरिएको छ । यदि यस्तो कुनै प्रकारको भेद्भावपूर्ण व्यवहार, बहिस्कार वा निषेभ गरेको अवस्थामा तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार देखि २५ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।