Category: स्थानीय

  • पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सवारी साधनको मुल्य घट्यो

    पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सवारी साधनको मुल्य घट्यो

    जेठ २० शुक्रबार,२०७९

    काठमाडौंः यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ ।विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार बेलुकी पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।
    सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको हो ।

    आजैदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन गरिएको विभागले जनाएको छ

  • तारा एयरको विमान दुर्घटनमा परेका  मृतकको शव परिवारलाई हस्तान्तरण

    तारा एयरको विमान दुर्घटनमा परेका मृतकको शव परिवारलाई हस्तान्तरण

    जेठ १९ विहिबार,२०७९
    काठमाडौं ः तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

  • सरकारले आगामी वर्षको बजेट विनियोजन गरेसगै  वजेट समावेश नगरिएका विषय समेट्न जेटियुसीसीको आग्रह

    सरकारले आगामी वर्षको बजेट विनियोजन गरेसगै वजेट समावेश नगरिएका विषय समेट्न जेटियुसीसीको आग्रह

    जेठ १८ बुधबार, २०७९

    काठमाडौं ः नेपाल सरकारले आगामी वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु १७ खर्व ९३ अर्व ४० करोड विनियोजन गरेको छ । जसअन्तर्गत चालु खर्च ४२ प्रतिशत , पुँजीगत खर्च २१.२ प्रतिशत बित्तिय ब्यवस्थापन खर्च १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण २४ प्रतिशत रहेको छ ।
    नेपाल सरकारले प्रस्तुत गरेको आगामी वर्ष २०७९र०८० को वजेट वक्तव्यमा श्रम बजारसँग सम्बन्धित विषयहरु समेट्ने प्रयास भएको जनाएको छ । तर जेटियुसीसीले उठाएका केही मुलभुत बिषयहरु समेटिएका छैनन् । समेटिएका कतिपय विषयहरु पनि अस्पष्ट रहेको दावि गरेको छ ।

    विश्व नै आर्थिक मन्दीमा रहेको वर्तमान परिस्थितिको कारण वजेटमा उल्लेखित अधिकांश विषयहरुको कार्यान्वयनमा चुनौतीपुर्ण देखिएको छ । जेटियुुसीसीको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागी ९ अरब १३ करोड रुपैया बिनियोजन भएको छ । बिषयगत स्पष्टता सहित छुटेका बिषयहरु समावेश गरी प्रभावकारी कार्यान्वयनका लागी सम्वन्धित निकायहरुसँग छलफल गर्न आवश्क रहेको जेटियुसीसीको धारणा छ ।

    वजेटमा समावेश नभएका यी बिषयलाई सरकारबाट सम्बोधन गरिनुपर्ने ः

    १. नेपाल सरकारको नीति , कार्यक्रम तथा बजेटले समेटेको सम्वन्धि बिषयहरुमा प्रभावकारी कार्यान्वयन, अनुगमन तथा निरीक्षणका लागी जेटियुसीसीको प्रतिनिधित्व रहने गरी संयन्त्र निमार्ण गर्ने ।
    २ . श्रमिकहरुको पञ्जीकरण गर्न प्रत्यक स्थानिय तहमा श्रम खाता मार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था ।
    ३ . औपचारिक क्षेत्रका सबै श्रमिकहरुलाई अनिवार्य बैक खाता मार्फत पारिश्रमिक भुक्तानी व्यवस्था ।
    ४ . योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई स्वरोजगार, असंगठित क्षेत्रका श्रमिक एवम् करार र ज्यालादारीमा कार्यरत श्रमिकलाई समेत आवद्ध गर्ने स्पष्ट व्यवस्था मिलाउने ।
    ५ . सबै प्रकारका उद्योग, फर्म, कम्पनी , सेवा तथा व्यवसायको दर्ता प्रमण पत्र नविकरण गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सुचीकरण भई योगदान गरेको निस्सा अनिवाई संलग्न गर्नु पर्ने व्यवस्था ।
    ६ . स्थानीय तहमा श्रमिकहरुको अनिवार्य पञ्जीकरणको लागी यथोचित वजेटको व्यवस्था तथा स्थायी प्रणालीको प्रबन्ध गर्ने ।
    ७ । पञ्जिकृत श्रमिकहरुका लागी यथाशीघ्र रासन कार्डको व्यवस्था गर्ने ।
    ८ . पञ्जिकृत भएका तर सामाजिक सुरक्षाको दायरामा नआएका श्रमिकका लागी नेपाल सरकारले रकम प्रदान गरी सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने ।
    ९ . व्यवसायजन्य सम्भाव्यताका आधारमा रुग्ण उद्योग पुन ः सञ्चालन गर्ने र बन्द भएको उद्योगमा काम गरेका तर पारिश्रमिक नपाएका श्रमिकहरुको सेवा सुविधाको रकम भुक्तानी गर्ने ।
    १० . प्रारम्भिक बालबिकास केन्द्रका शिक्षक तथा कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम न्युनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना उपलब्ध गराउने ।
    ११ . कोभिड १९ का कारण मृत्यृ भएका श्रमिकहरुका परिवारलाई उचित राहतको व्यवस्था तथा नावालक बालबालिकालाई निशुल्क स्वास्थको व्यवस्था ।
    उक्त बजेट विनियोजनमा उल्लेख गरिएका श्रम बजारसँग सम्बन्धित बिषयहरु पनि अस्पष्टता रहेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

  • विमान दुर्घटनामा परेको मृतकको शव काठमाडौं ल्याइने

    विमान दुर्घटनामा परेको मृतकको शव काठमाडौं ल्याइने

    जेठ १६,२०७९
    काठमडौं ः तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पाख्रेलले दुर्घटनास्थलबाट शव काठमाडौं ल्याउने बताए। उनले भने, काठमाडौं ल्याएर शव आफन्तको जिम्मा लगाउँछौ।
    आइतबार पोखराबाट जोमसोम उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भीरमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

    पोखराबाट जहाज आइतबार बिहान ९ ः ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो ।
    आइतबार घोडेपानी क्षेत्रबाट वेपत्ता भएको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले शव संकलन भइरहेको छ ।

    तारा एयरको जहाज दुर्घटनामा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको छ । जसमा दुई जर्मनी , ४ भारतीय र १३ जना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका सदस्य पाइलट प्रभाकर घिमिरे, को(पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापाको मृत्यु भएको छ ।

  • पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन

    पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन

    काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।

    १३ नेपाली नागरिक, ४ जना भारतीय नागरिक, अन्य २ विदेशी नागरिक र सवार विमानको चालक दलका सदस्य सहित २२ जना रहेको विमान लेतेमा ठोक्किएको हो।

    आइतबार बिहान ९ः५५ बजे उडेको उक्त जहाज सम्पर्कविहीन भएको र विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।

    सम्पर्कविहीन रहेको जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिएका हुन्।

    विमानमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।

  • आज बजेट सार्वजनिक हुदै

    आज बजेट सार्वजनिक हुदै

    काठमाडौं : नेपाल सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ।

    मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज बजेट प्रस्तुत गर्नेछन्।

    आर्थिक वर्ष ०७९ ०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ।

    राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यसै सीमा भित्र रहेर बजेट ल्याउने सरकारको तयारी रहेकोछ।

  • विद्यार्थीले पुस्तक नपाउदा पढाई प्रभावित, एक महिना भित्र पुस्तक ल्याउन समितिको निर्देशन

    विद्यार्थीले पुस्तक नपाउदा पढाई प्रभावित, एक महिना भित्र पुस्तक ल्याउन समितिको निर्देशन

    जेठ ११,२०७९
    काठमाडौं ः एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ।बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो।

    शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
    जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेको छ। सबैजसो विद्यार्थीहरुले अझै पुस्तक पाउन सकेका छैन। जसले गर्दा उनीहरुको पढाइ प्रभावित भएको छ।

    कूल १ करोड ९८ लाख पुस्तक छपाइ हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख पुस्तक छपाइ भएको छ। ३५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

  • बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर अठार सय

    बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर अठार सय

    २०७९,जेठ ८ गते ।

    काठमाडौं- नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

    निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।

    हाल पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

    निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

  • डोटीमा बस दुर्घटना ः १८ महिने बच्चा बेपत्ता , १२ जना घाइते

    डोटीमा बस दुर्घटना ः १८ महिने बच्चा बेपत्ता , १२ जना घाइते

    बैशाख ०७,२०७९
    डोटी ः डोटीमा बस दुर्घटना हुँदा १८ महिनाको बच्चा बेपत्ता भएका छन्,भने १२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार शनिबार बिहान ५ बजेतिर भएको बस दुर्घटनामा परी बस सहचालकसहित ४ जना गम्भीर घाइते भएका छन् भने बाँकी ८ जना सामान्य घाइते भएका छन्।घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए। १८ महिनाको बच्चा बेपत्ता भईरहेको र उनको खोजी कार्य भइरहेको प्रवत्ता भट्टले बताए।
    बस दुर्घटना भएको ठाउँ सामान्य रहेको तर बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्। बस सडकबाट ७०र८० मिटर तल सेती नदी किनारमा खसेको छ।

  • बर्खे र हिउँदे बिदा कटौती गरेर जेठबाट आइतबार विद्यालय बिदा

    काठमाडौं, बैशाख २८,२०७९ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरेको छ।

    सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार कोर्स पूरा गराउन बिदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका हुन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयमा पनि यो निर्णय लागू गर्नुपर्ने भए कोर्स सक्ने विकल्प खोज्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

    सातामा दुई दिन बिदा दिँदा समयमा कोर्स नसकिने भएपछि मन्त्रालयमा बिदाबारे छलफल चलेको थियो।

    शैक्षिक क्यालेन्डरअनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

    पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै गरिएको शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थालाई समेत सार्वजनिक बिदा दिने निर्णय आगामी जेठ १ गतेदेखि लागू हुँदै छ।