Category: Health

  • सार्वजानिक सेवा प्राप्त गर्न र सार्वजानिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिबार्य

    सार्वजानिक सेवा प्राप्त गर्न र सार्वजानिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिबार्य

    कोभिड १९ व्यबस्थापन समितिले आइताबार बसेको बैठमा आगमी माघ ७ गते देखी सार्बजानिक सेवा प्राप्त गर्न कोभिड भ्याम्सिन लगाएको खोप कार्ड अनिवार्य हुनुपर्ने व्यबस्था गरिएको हो ।

    साथै फिल्म हल, क्लब, रेष्टुरेन्ट, पार्क आदि सार्वजानिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य हुनुपर्नेछ । सार्वजानिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । भिडभाड हुने कार्यक्रमहरु तथा महत्सव नगर्न समेत अनुरोध गरिएको छ

  • नेपालमा ओमिक्रोन बाट बच्न के कस्ता तयारीहरु भइरहेका छन् ?

    यति बेला भारत, अमेरिका, बेलायत, लगायतका छिमेकी देशहरुमा कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । छिमेकि राष्ट्रमा संक्रमन दर बढेसंगै नेपालमा पनि ओम्रिकोनको संक्रमण दर बढ्न सक्ने भएकाले आबश्यक तयारी गर्नुपर्ने देखिको हो । अबको केही सातामै नेपालमा पनि संक्रमण दर बढ्न सक्ने बिज्ञहरुको अनुमान छ । देश भित्र ओमिक्रनको पुष्टि भए संगै सरकारले सबै अस्पताल तथा स्वस्थ्य कर्मीहरुलाइ तयारी अबस्थामा रहन निर्देशन दिएको हो ।

    सरकारले कोभिड उपचारका लागि देशभर ७८ वटा स्वास्थ्य संस्था तोकेको छ । त्यसबाहेक अन्य निजि अस्पताले पनि संक्रमितको उपचार गरिरहेका छन् । सम्भाबित कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि प्रत्येक अस्पतालमा अक्सिजन सिलिन्डर तथा उपचार समाग्री तयारी अबस्थामा राखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमान्डौं उपत्यकामा मात्र ४९४ आइसोलेसन बेड, ४४५ आइसियु बेड, ३२४ एचडियु बेड, २५४ वटा भेन्टिलेटर तयारी अबस्थामा रहेका छन् । निरन्तर कोभिड बिरामीको उपचारमा खटिरहेका पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा पहिलो र दोश्रो लहरभन्दा तुलनात्मक रुपमा धेरै स्रोत साधन तयारी अबस्थामा छ ।

  • ओमिक्रोन संक्रमण बढे सगैँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    ओमिक्रोन संक्रमण बढे सगैँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    छिमेकि देश भारतको नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर बढेसगैँ राज्य सरकारले सोमबारदेखि रात्रिकालिन कर्फ्यु जारी गर्ने घोषणा गरेको छ ।

    बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । यो निर्णय आजबाटै लागु हुने भनिएको छ ।

    पछिल्लो २४ घण्टामा दिल्लीमा २९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको थियो । उक्त सङ्ख्या पछिल्लो छ महिनायताको सर्वाधिक भएको बताइएको छ ।

    दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ । दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् ।

  • भारतमा ओमिक्रोनको बढ्दो संक्रमण

    भारतमा ओमिक्रोनको बढ्दो संक्रमण

    छिमेकि देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । भारतको सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

    दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको हो । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश, चंडीगढ, तमिलनाडु र पश्चिम बंगालमा १र १ जनामा ओमिक्रोनको संक्रमण देखिएको हो ।

    डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङ सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस हाल सम्म बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ।

  • आजबाट मोर्डना खोपको दोश्रो मात्रा दिइदै

    आजबाट मोर्डना खोपको दोश्रो मात्रा दिइदै

    नेपाल सरकारले यहि आइतबारदेखि देशका ५७ वटा जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य लिएको छ ।

    यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु हुने मोडर्ना खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका सम्पुर्ण बालबालिकाहरुले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ।

  • कोभिड–१९ खोपका लागि रुसमा पत्राचार

    कोभिड–१९ खोपका लागि रुसमा पत्राचार

    रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारले आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।

    सरकारले हालै रुसको सरकारी खोप निर्माण कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो ।

    राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिसअनुरुप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समिति समक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ ।

    रुसमा रहेका नेपालीको सहयोग र सम्पर्कका आधारमा उत्पादक संस्था गामालियाले नेपाल सरकारसँग समन्वय गरेपछि नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.ले हाल सहजीकरण गरिरहेको जनाइएको छ।

  • ओमिक्रोन

    ओमिक्रोन

    कोरोना भाइरसको नँया भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । हाल छिमेकी देश भारत लगाएत अन्य देशहरुमा पनि ओमिक्रोन देखा परेको छ ।

    ओमिक्रोन कोरोना भाइरसको सबैभन्दा पछिल्लो भेरियन्ट हो । यस भाइरस तुरुन्तै फैलन सक्ने र बढी संक्रमन हुने अहिलेको अनुसन्धानले देखाएको छ ।

    विश्व स्वास्थ्य संगठनको प्रारम्भिक नतिजा अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको छ । ओमिक्रोनको संक्रमित व्यक्तिलाइ कोभिड संग मिल्दोजुल्दो लक्षण देखिने अनुमान गरिएको छ ।

    नेपालमा कोरोना भाइरसको खोप लगाएका ६६ बर्षीय बिदेशी नागरिक र अर्को ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन पुष्टि भएसंगै डर, त्रास बढ्दै गएको छ ।

    नेपाल सरकारले ओमिक्रोन भाइरस फैलन नदिन अन्तराष्ट्रिय हवाइ तथा स्थल नाकाहरुमा यात्रुहरुको खोपको विवरण लिने, सबै यात्रुहरुको पि.सि.आर रिपोर्ट हेर्ने व्यबस्था गरिएको छ । यस भाइरस सर्ने दर र संक्रमनबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरि तथ्य खोज्ने क्रम जारी छ ।

    कोभिड १९को अन्य भेरियन्ट बाट बच्नका लागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ,भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हात धुने, अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्ने आदि उपायहरु अपनाउन सकिन्छ ।