नेपालमा केही साता यता कोरोना संक्रमितको सङ्ख्या निरन्तर घट्दै गएको छ ।
आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार यो सातामा संक्रमण दर ५.६ प्रतिशतले घटेको हो।
अब ओमिक्रोन भेरियन्टका कारण संक्रमण दर उच्च हुने सम्भावना नरहेको विज्ञहरूले बताएका छन् ।
हाल मुलुकभरका अस्पतालमा ४ सय ९० जना उपचाररत संक्रमित मध्ये १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
अस्पतालको शय्यामा न्यून संख्यामा संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो दुई सातामा संक्रमितको संख्या अत्यधिक घटेको बताएकी छिन् ।
नुनको अत्याधिक प्रयोगले नेपालीहरुमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको चिकित्सक तथा अनुसन्धानकर्ताहरुको भनाई छ ।
चिकित्सक तथा अनुसन्धानकर्ताहरूका अनुसार नुन धेरै खाएकै कारण नसर्ने रोगहरु पनि बढ्दै गएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्ला अध्ययनलाई हेर्दा नेपालीले औसतमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा बढी मात्रामा नुन खाने गरेको देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले दैनिक ५ ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ। नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको वा पुरुषहरूले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको अध्ययन अनुसन्धानले देखाउँछ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा मानिसमा समेत संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार काठमाडौं र चितवनमा मानिसमा पनि संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लु भेटिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ चितवनको राप्ती नगरपालिका ६ को कृषि फार्ममा पालिएका कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा (एचं .पी .ए.आई. सब टाइफ एच .फाइभ .एन वान एभिएन इन्फ्लुन्जा )बर्डफ्लु पुष्टि भएको तथा एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्ने र यसले श्वास प्रश्वासमा समस्या ल्याउने डा. अधिकारीले बताए ।
पानी सबै जीवित प्राणीलाई अत्तिआवश्यक तरल पदार्थ हो । मानव शरीरको लगभग ७५ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । एक स्वस्थ बयस्क मानिसलाई दैनिक कम्तिमा पनि ३ देखि ४ लिटर पानिको आवश्यक पर्दछ । यो मात्रा तापक्रम, हावापानी र ब्यक्तिको श्रमको क्षमतामा भर पर्छ ।
पानीको अभावमा पृथ्वीका सबै प्राणी तथा बोट बिरुवा रहदैनन् । मानिसलाई दैनिक खानेकुराको आवश्यकता परे जस्तै पानीको पनि त्यतिनै आवश्यकता पर्दछ । पानीले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । शरीरमा पानीको मात्रा कमी भएमा शारीरीक मात्र नभई मानसिक समस्या समेत उत्पन्न हुन्छ ।
चिकित्सकहरुको अनुसार शरीरमा पानीको मात्रा कमी भएमा सेरोटोनिकको मात्रा परिवर्तन टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । त्यसैगरी बैज्ञानिकहरुका अनुसार “ शरीरमा हुने पानीको मात्रा (६० प्रतिशत)को केबल १.५ प्रतिशत कम हुँदा पनि शरीर सुख्खा भई हिडाइड्रेसनको असर देखा पर्न थाल्छ । ”
साथै शरीरमा पानीको कमीले अल्छीपन, थकित महसुस हुने, छिटो रिसाउने जस्ता मानसिक समस्याहरु देखा पर्दछ भने छाला सुख्खा हुने, मांशापेशी बाउँडिने, टाउको दुख्ने, आँखा धमिलो हुने, कब्जियत हुने जस्ता शारीरक असरहरु देखा पर्दछ । यस्ता शारीरीक तथा मानसिक असरहरुबाट बच्न दैनिक आवश्यकता अनुसार पानी पिउँनुपर्छ ।
हाल बिश्वमा डिप्रेसनको समस्या धेरै ब्यक्तिहरुमा देखिएको छ । सामान्यतया ब्यक्तिहरुले निराशपनकोे अनुभव गर्नु डिप्रेसन हुनु हो । डिप्रेसनलाई मानसिक समस्या पनि भन्ने गरिन्छ । डिप्रेसनको समस्या भएका ब्यक्तिहरुले आफ्नो जीवन अनि भबिष्य अन्धकार र अर्थहीन देख्छन् ।
त्यस्ता ब्यक्तिहरुमा बारम्बार आत्माहत्याको सोच समेत आउने डाक्टरहरुको भनाई छ । काम प्रति ध्यान नजानु, दिक्क लाग्नु, छिटो रिस उठ्नु, निद्रा नलाग्नु, टोलाइरहनु आदि पनि डिप्रेसको लक्षणहरु हुन् । डिप्रेसन धनी गरिब, बालबालिका, महिला पुरुष र सबै उमेर समूहका मानिसहरुलाइ देखिएता पनि बिषेस गरि २० देखी ३५ बर्ष सम्मका मानिसहरुलाई डिप्रेसनको समस्या भएको अध्ययन अनुसन्धानले देखाउँछ ।
त्यति मात्रै नभएर बिश्व स्वास्थ्य संगठनको रिर्पोट अनुसार डिप्रेसनको समस्या पुरुषहरुमा भन्दा महिलाहरुमा बढी देखिन्छ । महिलाहरु बढी भावुक हुन्छन् । महिलाहरुमा कामको बोझ सँगै जीम्मेवारी थपिएको हुन्छ । महिलाहरुले धेरै समस्या सामना गर्दै आएका हुन्छन् । कतिपय महिलाहरु घरेलु हिंसाको सिकार बनेका हुन्छन् ।
परिवार र समाजबाट अपलेहित भएका हुन्छन् । जसले गर्दा मानसिक चिन्ता बढ्दै जान्छ । तसर्थ पुरुषको तुलनामा धेरै महिलाहरुमा डिप्रेसनको समस्या देखा पर्दछ । डिप्रेसनको समस्याबाट बच्नका लागि नकरात्मक सोचबाट टाढा रहने, सिर्जनात्मक कार्यमा संलग्न हुने, नियमित योग ध्यान गर्ने, समयमा नै सुत्ने र समयमा नै उठ्ने बानीको बिकास गर्ने, परिवारको सदस्य सँग समय बिताउने आदि गरेमा डिप्रेसनको समस्याबाट टाढा रहन सकिन्छ ।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोवायोलोजी विभागमा पीसीआर परीक्षण गर्दा संक्रमण दर ह्वात्तै बढेको छ । प्रतिष्ठानमा वैदेशीक प्रयोजनका लागि र अन्य रोगव्याधीको उपचार गर्न आएकाहरुमा टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आउनेको सङ्ख्या अत्याधिक बढेको हो ।
धरानमा बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु भइरहेको तथा कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना नगरी भेला भएकाले संक्रमण ह्वात्तै बढेको हो । धरान उपमहानगरपालिकाको वडा कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुमा कोरोनाको लक्षण देखिएपछि एक हप्ताको लागि सेवा बन्द गरिएको छ । परिक्षण गरिएका १८ कर्मचारीमध्य १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितलाइ आइसोलेसन सेन्टरमा राखिएको छ ।