Category: Health

  • थप २८ जनामा कोरोना संक्रमण, १०७ जना सक्रिय संक्रमित

    थप २८ जनामा कोरोना संक्रमण, १०७ जना सक्रिय संक्रमित

    २४ जेठ, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने अहिले भने देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

  • मेयर रेनु दाहाल घाइते

    मेयर रेनु दाहाल घाइते

    भरतपु महानगरपालिका चितवनकी मेयर रेनु दाहाल दुर्धटनामा परेकी छिन् ।

    दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको छ।

    टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।

    सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिकाले डिस्चार्ज गर्न लागिएको छ ।

  • थपिए १२ जना कोरोना सङ्क्रमित

    थपिए १२ जना कोरोना सङ्क्रमित

    काठमाडौं, वैशाख २७ गते
    काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १२ जना सङ्क्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    त्यसतै, एक हजार २५८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना सङ्क्रमित भएका छन् ।

    २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ ।

    २४ घण्टामा ८० हजार १४२ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ जना छन् ।

  • कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    काठमाडौं ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।
    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।
    छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

  • कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्ने  विश्व स्वास्थ्य संगठनको दाबि

    कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको दाबि

    विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ भेरियन्टहरुलाई पनि हालको कोभिडका विरुद्धको खोपले काम गर्ने क्षमता रहेको जनाएको छ ।

    पछिल्ला समयमा देखापरेका नयाँ भेरियन्टहरु विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले बताएको हो ।

    उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

    सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

    यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त सङ्गठनको भनाई छ ।

    दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरूको तुलनामा निकै नै बढी थियो ।

  • पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।

    त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

    हाल देशभर सक्रिय सङ्क्रमित २१७ जना छन् ।

  • नेपालमा लक्षित जनसङ्ख्याको ८३.६ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्णमात्रा खोप

    नेपालमा लक्षित जनसङ्ख्याको ८३.६ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्णमात्रा खोप

    नेपालमा हालसम्म लक्ष्य गरेको जनसङ्ख्याको ८३.६ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

    लक्षित जनसङ्ख्याको १२ वर्षदेखि माथिका ९५.२ प्रतिशतले कोरोना विरुद्धको एक मात्रा र ८३.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि आज ८६ हजार १ सय ३६ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • WHO Chief Tedros Adhanom Ghebreyesus arrives in Kathmandu on a three-day visit

    WHO Chief Tedros Adhanom Ghebreyesus arrives in Kathmandu on a three-day visit

     Director-General of Word Health Organization (WHO)  Tedros Adhanom Ghebreyesus and his delegation has arrived in Kathmandu on a three-day official visit to Nepal on Thursday

    Senior official of the MoFA, MoHP and WHO received the visiting dignitary at the airport.

    The Director-General arrived in Kathmandu today at the invitation of the Minister for Health and Population Birodh Khatiwada.

    The delegation team includes the Regional Director of WHO’s South-East Asia Region Dr Poonam Khetrapal Singh along with other WHO officials, said the Ministry of Foreign Affairs.

    During his three-day visit, The WHO director -general will pay a courtesy calls on President Bidya Devi Bhandari, Prime Minister Sher Bahadur Deuba and National Assembly Chair Ganesh Prasad Timilsena.

    He is also scheduled to meet Minister of Foreign Affairs Narayan Khadka and Health Minister Birodh Khatiwada during his visit.

  • विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस वैशाख ८ देखि १० गतेसम्मका लागि नेपाल भ्रमण गर्नु आउने भएका छन् । उनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आउने भएका हुन् ।

    महानिर्देशक गेब्रेयससका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसैगरि परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट हुने छ ।

  • टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप चैत २५ गतेदेखि लगाइने

    टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गते देखि देशभर सुरु हुने भएको छ ।

    यो खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्र का अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने छ ।

    सरकारले यस बर्ष ९५ प्रतिशत बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। चैत २५ बाट सुरु भएको यस खोप अभियान आगमी बैशाख १८ गते सम्म चल्ने छ ।