Category: Health

  • जीवन शैलीमा परिवर्तन ल्याएमा स्वस्थ जीवन जिउन सकिने

    जीवन शैलीमा परिवर्तन ल्याएमा स्वस्थ जीवन जिउन सकिने

    प्रत्येक ब्यक्तिले स्वस्थ जीबन जिउनको लागि जीवन शैलीमा ध्यान दिनुपर्छ । बिश्वब्यापी महामारी कोभिड १९ का कारणले केही मात्रामा अधिकांश मानिसको जीवन शैलीमा परिवर्तन आएको देखिन्छ ।

    हाल कतिपय ब्यक्तिले आफ्ना खराब जीवन शैलीलाई सुधार गरी स्वस्थ र सुरक्षित जीवन शैलीको सुरुवात गर्दै आएका छन् । कोभिडको कारण ब्यक्तिमा डर त्रास बढे सङ्गै जीबन शैलीमा पनि सकारात्मक परिवर्तन आएको अनुमान गर्न सकिन्छ ।

    हाल हरेक ब्यक्तिले स्वास्थ्य मापदण्डको पालना गर्न थालेका छन् । ब्यक्तिगत तथा बातावरणीय सरसफाइ तथा खापानमा पनि ध्यान दिन थालेका छन् । ब्यक्तिमा स्वास्थ्य सम्बन्धि सचेतना तिव्र रुपमा बृद्धि भए सङ्गै स्वास्थ्य शिक्षामा जोड दिन थालेका छन् ।

    स्वस्थ जीवन शैली स्वस्थ जीबनको मूल आधार पनि हो । खराब जीबन शैलीको कारण करिब ९० प्रतिशत रोगहरु लाग्ने गर्दछ । यी रोगहरुबाट टाढा रहन स्वस्थ जीवन शैली अबलम्बन गर्नु आबश्यक छ ।

    मधुमेह, मुटु सम्बन्धी रोगहरु, उच्च रक्तचाप, लगाएतका जटिल प्रकृतिका रोगहरु खराब जीवन शैलीको कारण लाग्ने बिज्ञहरुले गरेका अध्ययन अनुसन्धानले देखाउँछ ।

    स्वस्थ जीबन शैली र स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनुपर्छ जस्तै जङ्फुडको प्रयोगमा कमी ल्याउने, पोषणयुक्त खानेकुरा खाने गनुपर्छ । बाताबरणीय सरसफाइमा ध्यान दिनुपर्छ । यसो गरेका जीबन शैलीमा परिवर्तन हुनुका साथै स्वस्थ जीबन जीउन सकिन्छ ।

  • शारीरीक ब्यामको फाइदाहरु

    शारीरीक ब्यामको फाइदाहरु

    शरीरलाई स्वस्थ, फुर्तिलो, र तन्दुरुस्त राख्न नियमित शारीरीक ब्याम गर्नु अत्ति आबश्यक हुन्छ । शारीरीक ब्यामलाई शारीरीक कसरत पनि भनिन्छ ।

    शारीरीक ब्याम मानब स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नियमित शारीरीक ब्याम गर्नाले बिभिन्न किसिमका रोगहरुबाट बच्न सकिन्छ ।

    शारीरीक ब्यामले बालबालिकाको स्मरण शक्ति बृद्धि गर्ने, ध्यान केन्द्रित गर्ने, तनाब तथा संबेग ब्यबस्थापन गर्ने, ब्यक्तिलाई आनन्दित अनुभूति गराउने, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, आदि गर्दछ ।

    बिभिन्न अध्ययन अनुसन्धानका अनुसार शारीरीक ब्यामले मस्तिष्कमा रगत प्रवाह गर्न गर्न समेत सहयोग गर्छ भनिएको छ ।

    शारीरीक ब्याम जुनसुकै उमेर समुहका ब्यक्तिहरुले गर्न सक्छन् । बिरामी तथा गर्बवती महिलाहरुले समेत ब्याम गर्नु फाइदाजनक हुन्छ चिकित्सकहरुले भन्ने
    गर्दछन् ।

    त्यसैगरी शारीरीक ब्याम मोटोपन भएका ब्यक्तिको लागि पनि अत्यन्त फाइदाजनक छ । यसले मोटपन घटाउन मदत गर्दछ ।

    कोलेस्ट्रोल र उच्च रक्तचाप घटाउन मदत गर्छ । तसर्थ मानब स्वास्थ्यको लागि शारीरीक ब्यामको अत्यन्त महत्व रहेको छ ।

  • मोटोपन कसरी घटाउन सकिन्छ ?

    मोटोपन कसरी घटाउन सकिन्छ ?

    हिजोआज मोटोपन धेरै ब्यक्तिको लागि चिन्ताको बिषय बनेको छ । पछिल्लो समयमा मोटोपन भएका मानिसहरुको संख्या बढ्दै गएको देखिन्छ ।

    स्वास्थ्य बिज्ञहरुका अनुसार मोटोपनलाई त्यति राम्रो मानिदैन । बिषेश गरी अब्यबस्थित खानपान र बिलासी जीबन शैलीका कारण मोटोपन बढ्ने स्वास्थ्य बिज्ञहरुको भनाई छ ।

    साथै चिकित्सकहरुका अनुसार मोटोपनको कारण मधुमेह, उच्च रक्तचाप, हृदयघात, जस्ता जटिल प्रकृतिका रोगहरु लाग्न सक्छ ।

    मोटोपन घटाउनका लागि कतिपय ब्यक्तिहरुले धेरै औषधीहरुको समेत प्रयोग गरिरहेका हुन्छन् । जसले मानब स्वास्थ्यमा निकै नकरात्मक असर पार्ने गर्दछ ।

    तर मोटोपनलाई सकरात्मक तरिकाले घटाउनका लागि खानपानमा ध्यान दिनु जरुरी छ ।

    जस्तै चिल्लो र मसलादार खानेकुरा कम खाने, जंक फुड कम खाने, मासुजन्य खानेकुरा भन्दा हरियो सागपात बढी खाने, कागति पानी खाने खाना खाँदा समय मिलाएर मात्र खाने आदि गदुपर्छ यस गरेमा मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

    यसका साथै खाना खाने बित्तिकै सुत्ने बानी हटाउनुपर्छ । त्यसै गरी मोटोपन हटाउने अर्को उपाय भनेको नियमित रुपमा शारीरी कसरत हुनेखालका नियम
    ब्याम गर्नु आबश्यक छ ।

    खेलकुदमा पनि सहभागि हुनुपर्छ यसो गरेमा शरीको तौल बिस्तारै घट्दै गई मोटोपन कम गर्न सकिन्छ ।

  • धुमपान स्वास्थ्यको लागि किन हानीकारक छ ?

    धुमपान स्वास्थ्यको लागि किन हानीकारक छ ?

    A man smoking a filter cigarette

    हाम्रो समाजमा पछिल्लो समय अधिकांश युवा युवतीहरु धुमपान तथ सूर्तीजनय पदार्थको कुलतमा लाग्ने गरेको देखिन्छ ।

    बिश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा २९ प्रतिशत महिलालेहरुले र ४९ प्रतिशत पुरुषहरुले धुमपान गर्छन् ।

    स्वास्थ्यको दृष्टिकोणले धुमपान अत्यन्त हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि कतिपय व्यक्तिले धुमपान सेवन गरिरहेका हुन्छन् ।

    बिशेष गरी धुपानको कुलतामा फसेको व्यक्तिको संगतबाट धुमपान सेवन गर्नेको संख्या बढेको देखिन्छ ।

    सूर्ती तथा चुरोटको धुँवामा लगभग ४ हजार भन्दा बढी रसायनहरु मिसिएको हुन्छन् । सूर्ती, चुरोटको धुँवामा रहेको कतिपय रसायनहरु शरीरका लागि अत्यन्त हानिकारक हुन्छन् ।

    सूर्तीजन्य पदार्थमा हुने निकोटिन रसायन मानब शरीरलाई असर गर्ने खालको हुन्छ ।

    यस रसायनले धुमपानको लत बसाउने गर्दछ । निकोटिन रसायन व्यक्तिको रक्त संचार मार्फत मस्तिष्क सम्म पुग्ने गर्दछ । यसले मस्तिष्कमा प्रत्यक्ष असर गर्दछ ।

    सूर्तीजन्य पदार्थमा पाइने एमोनिया, कार्बमोनो अक्साइड, जस्ता रसायनहरुले मुटुको रोग लाग्ने गर्दछ । धुमपानको असर तत्कालै नदेखिएता पनि दीर्घकालीन रुपमा यसले जटिल रोगहरु निम्त्याउछ ।

    सूर्तीजन्य पदार्थमा ६० थरीका प्राणघातक क्यान्सर गराउने रसायनहरु हुन्छन् ।

    नेपालमा धुमपान सेवन गर्ने व्यक्तिहरुमा फोक्सोको क्यान्सर हुने, मोतिया बिन्दु हुने, दम खोकि बढ्ने उच्च रक्तचाप हुने, हृदयघात हुने, श्रवन शक्ति कमजोर हुने, जस्ता रोगहरु देखा पर्न थालेका छन् ।

  • फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

    फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

    फ्रान्समा केहि दिन यता कोरोनाका संक्रमितको संख्यामा पुनः बढ्दै गएको फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायले जनाएको छ ।

    केहि सातायता कोरोनाका संक्रमितको संख्यामा घटे सङ्गै सोमबार देखि फ्रान्स सरकारले प्रतिबन्धहरू खुला गर्ने तयारी गरेको थियो ।

    तर र्सक्रमित दिन प्रतिदिन बढ्ने क्रम जारी छ ।

    यति बेला फ्रान्समा अन्यको तुलनामा ओमिक्रोनको फैलावट बढ्दै गएको छ ।

    गत शुक्रबार मात्र फ्रान्समा ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको हो ।

  • नेपालमा पहिलो पटक शल्यक्रिया बिना मुटुको भल्ब प्रत्यारोपण

    बाँसबारीमा अबस्थित शहीद गंगालाल हृद्धय रोग केन्द्रमा पहिलो पटक शल्यक्रिया बिना नै मुटुको भल्ब प्रत्यारोपण गर्न सफल भएको छ ।

    शुक्रबार उक्त अस्पतालमा भएको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा। चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया बिना नै ८० वर्षीया महिलाको मुटुको भल्ब प्रत्यारोपन गर्न सफल भएको बताउका हुन् ।

    विशेषगरी यस पद्दति वृद्धवृद्धाका लागि मात्रै उपयोगी हुने पनि डाक्टर अधिकारीको भनाई छ ।

    अन्य देशहरुले यस पद्दतिबाट मुटुको भल्ब प्रत्यारोपन गर्दै आएता पनि नेपालले भने यस अघि उक्त पद्दतिद्धारा प्रत्यारोपण सफल भएको थिएन ।

  • स्वास्थ्यको लागि खेलकुद

    स्वास्थ्यको लागि खेलकुद

    हिजोआज खेलकुदलाई मानब स्वास्थ्य सँग जोडेर हेर्ने गरिन्छ । खेलकुद मनोरञ्नको हिसाबले मात्र नभई शारीरी, मानसिक र मनेवैज्ञानिक हिसाबले पनि अत्यन्त फाइदाजनक मानिन्छ ।

    हाम्रो देशमा परम्परा देखी नै मौलिक तथा परम्परागत खेललाई जोड दिँदै आएको पाइन्छ । पहिले पहिले बाघचाल, डण्डीबियो, लक्कुढाल, रुमाल लुकाई जस्ता शारीरीक भन्दा मानसिक कसरत हुने खालको खेलहरु बढी प्रचलित थिए ।

    हाल शारीरीक कसरत हुने खालका खेलहरु जस्तै भलिवल, फुटबल, क्रिकेट, टेबल टेनिस, कराँते आदि लोकप्रिय हुन पुगेको छ । परम्परागत खेलहरु वातावरणमैत्री र आर्थिक हिसाबले सस्तो खालका भएपनि हाल प्रचलित खेलहरु आर्थिक हिसाबले बढी खर्चिलो देखिन्छ ।

    हाल नेपालमा सबैभन्दा बढी खेलिने खेलको रुपमा भलिबलाई लिइन्छ । यो खेलमा महिला र पुरुष दुबैको सक्रिय रुपमा सहभागि रहन्छ ।

    भलिबल खेल स्वास्थ्य तथा मनोरञ्नको हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । भलिबल खेल खेल्दा शारीरी अनि मानसिक दुबै कसरत हुने भएकाले यस खेल नेपालमा पनि सर्बाधिक खेलिने गरिन्छ ।

    खेलकुदले व्यक्तिलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो बनाउन मदत गर्दछ । त्यति मात्र नभई खेलकुदले व्यक्तिलाई अनुसासित, सहनशील, बनाउँछ ।

    एक आपसमा सहयोगि भाबनाको बिकास गर्नुका साथै सहकार्य गर्न सक्षम बनाउँछ । खेलकुदको बिकासमा जोड दिएमा स्वस्थ, अनुशासित र कुशल नागरिकको उत्पादन हुन्छ । तसर्थ मानव बिकास लगायत समग्र देशको समृद्धिका लागि खेलकुद अपरिहार्य छ ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

    वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ ।

    यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क लाग्ने गर्थो ।

    अब सरकारी अस्पताल हरु शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गरेका सबै श्रमिकलाई निशुल्क पिसिआर परिक्षण गर्ने भएको छ ।

  • वर्डफ्लु संक्रमित  पंक्षीको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने

    वर्डफ्लु संक्रमित पंक्षीको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने

    ईन्फ्लुएन्जा ए नामक विषाणुको माध्यमबाट बिशेष गरी कुखुरा, बट्टाई, टर्की लगयत अन्य चराचुरुङ्गि जस्ता पंक्षीहरुमा वर्डफ्लु रोग लाग्दछ । सन् १८७८ मा चराचुरुङ्गिमा वर्डफ्लु रोग पहिचान भएको हो ।

    ईन्फ्लुएन्जा नामक बिषाणु संक्रमित पंक्षीको सुलिमा ४ डिग्री सेन्टीग्रेड तापक्रममा कम्तिमा ३० दिनसम्म जीबित रहन्छ । २२ डिग्री सेन्टीग्रेड तापक्रम भएको तालको पानीमा ४ दिनसम्म जीबित रहन सक्छ ।

    बिश्व पशु स्वास्थ्य सङ्गठनको अनुसार ‘नोटिफाइअबल एभियन ईन्फ्लुएन्जा’ भाइरसको ‘सब टाइप ’बाट हुने रोग वर्डफ्लु हो भनिएको छ । बिज्ञहरुका अनुसार वर्डफ्लु भाइरस अत्यन्त अस्थिर खालको हुन्छ । बिषेश गरी वर्डफ्लु भाइरसलाई तीन भागमा बिभाजन गरीएको छ ।

    ‘ए’ ‘बि’ र ‘सि’ ति मध्ये ‘ए’ प्रकारको भाइरस सबैभन्दा बढी खतरनाक हुन्छ । वर्डफ्लु संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कबाट मानिसमा पनि सर्ने गर्दछ ।

    संक्रमित पंक्षी पानीमा तैरीरहेको बेला पनि मानिसमा सर्ने सम्भावना हुन्छ । यो भाइरस मानिसको आँखा, नाक र मुखको माध्यमबाट सर्ने गर्दछ ।

    हावा पानीको माध्यबाट यो भाइरस ब्यापक रुपमा मानिसमा फैलने गर्दछ । यस रोगले श्वासप्रश्वासमा असर गर्छ ।

    यो रोग मानिसमा लागेमा जरो आउने, खोकी लाग्ने, जीउ दुख्ने, फोक्सोमा असार गरी श्वास फेर्न असहज हुने आदि लक्षणहरु देखिने चिकित्सकहरुको भनाई छ ।

    यो रोग एक प्रकारको प्राण घातक रोग भएकाले समयमानै उपचार नगरेमा ज्यान समेत जान सक्छ । तसर्थ वर्डफ्लुबाट बच्न संक्रमित पंक्षीबाट टाढा रहनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ । यसरी सुरक्षित जीवनशैली अपनाएमा वर्डफ्लुबाट बच्न सकिन्छ ।

  • २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

    २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कुल आठ हजार १४० जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३८८ जनामा सङ्क्रमण पुष्टि भएको तथा सोही अवधिमा १२ सय ५ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ ।