अडियो काण्डपछि मन्त्रीले दिए राजीनामा

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाए।

गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग पुगोस् र सत्यतथ्य बाहिर आओस् भनेर राजीनामा दिएको राससलाई बताए। उनले हालसम्म सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए।

उनका बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts