आज बागमती प्रदेशको नीति तथा कार्यक्रम

जेठ १६ सोमबार ,२०७९

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।

प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश अर्थमन्त्री शालिकराम जमकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts