काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले लिए नेपाल भाषामा पनि सपथ

जेठ १६,२०७९

काठमाडौं ः काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र ९बालेन० साहले सपथ लिएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे । प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि सोमबार प्रमुख साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts