
बेइजिङ – कोभिड १९ महामारीका कारण एक वर्षदेखि बन्द रहेको चाइना एयरलायन्सको छङ्तु-काठमाडौं उडान पुनः सुरु भएको छ।
एयर चाइनाको दक्षिणपश्चिम शाखाले आइतबारदेखि यात्रुवाहक ए-३३० विमानद्वारा सिचुवान प्रान्तको राजधानी छङ्तुदेखि काठमाडौंसम्मको यात्रुवाहक उडान एक वर्षपछि पुनः निरन्तर गरेको हो।
महामारी रोकथाम र नियन्त्रणको सामान्यीकरण अन्तर्गत सिंगापुरबाट उडानहरू पुन सुरु गरेपछिको काठमाडौंतर्फ एयर चाइनाको यो दोस्रो अन्तर्राष्ट्रिय रुट संचालनमा ल्याइएको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्।
एयर चाइना दक्षिणपश्चिम शाखाले एयरबस ए ३३०-२०० वाइड बडी लामो दूरीको यात्रुवाहक विमानलाई सञ्चालनमा ल्याउने र प्रत्येक आइतबार राउन्ड ट्रिप उडान गर्ने जनाएको छ।
सिचुवान प्रान्तीय राजधानी छङ्तुस्थित श्वाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने उडानको समय लगभग ३ घण्टा ४० मिनेटको छ।
यसअघि नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौंबाट युननान प्रान्तको खुनमिङसम्म नयाँ सिधा उडान सुरू गरेको थियो।

Leave a Reply