टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ

काठमाडौं –
मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल ९एसीसी० महिला टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार महिला टोलीलाई बिदाइ गरेको हो।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, व्यवस्थापक बृत्तान्त खनाललगायतले महिला टोलीलाई बिदाइ गरेका हुन्। च्याम्पियनसिपका लागि क्यानले सोमबार रुबिना क्षत्रीको कप्तानीमा १५ सदस्यीय महिला टोलीको घोषणा गरेको थियो। प्रारम्भिक चरणबाट छनोट भएका १९ खेलाडीबाट क्यानले अन्तिम चरणमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा रुबिना क्षत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्। एसीसी टीट्वेन्टी महिला च्याम्पियनसिप असार ३ गतेबाट मलेसियामा सुरु हुँदैछ। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ‘ए’मा मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, ओमान, कतार र सिंगापुर छन्।
नेपालले असार ३ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले असार ४ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै असार ६ गते बहराइन र असार ७ गते हङकङको सामना गर्नेछ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टीट्वेन्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts