कामठमाडौं महानगरपालिकामा बालेन्द्रको अग्रता कायमै,झण्डै २८ हजार मत नजिकै

बैशाख०६, २०७९

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले झण्डै २८ हजार मत ल्याउन सफल भएका छन् । शाहले सुरुवाती चरणबाटै निरन्तर रुपमा अग्रता कायम राख्दै आईरहेका छन् ।

शुक्रबार विहान सम्ममा शाहले २७ हजार ९६७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन् । बालेन्द्रले केशव स्थापितलाई १३ हजार १८५ मतले पछि पारिरहेका छन् ।
त्यस्तै गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन् । अहिले ९ वटा वडाको मतगणना भइरहेको जानकारी प्राप्त भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts