
बैशाख ०५,२०७९
खोटाङ: खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् ।
मेयरमा तीर्थराज भट्टराईले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार आचर्यलाई ६ हजार ३९३ मतले पछि पार्दै विजय भएका हुन् । भट्टराईले ११ हजार ४३८ मत प्राप्त गर्दा आचर्यले ६ हजार ९९ मत पाएका थिए ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका विसन राईले १० हजार ४३८ मतसहित निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेवी राईले ७ हजार ३११ मत प्राप्त गरेका छन् । विणादेवी निवर्तमान उपमेयर हुन् ।
दित्तेलमा १५ वडा रहेकोमा माओवादी केन्द्रका ६ ,कांग्रेसका ४ , एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन् । उक्त नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो ।
Leave a Reply