काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार मन्त्रालयमा पदबहाली गरेपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रधानमन्त्रीको निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनमा कसैलाई पनि छुट नदिइने स्पष्ट पारे।
‘दोषी देखिएका जोकोहीलाई पनि कानुनको दायरामा ल्याइनेछ, यसमा कुनै सम्झौता हुँदैन’ मन्त्री गुरुङले भने। उनले मन्त्रालयका कर्मचारीहरूलाई भ्रष्टाचारप्रति’शून्य सहनशीलता’ को नीति अपनाउन र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन समेत दिएका छन्।
आफ्नो कार्यकालमा बोलेर भन्दा पनि काम गरेर परिणाम देखाउने दाबी गर्दै उनले आगामी पाँच वर्ष देश र जनताको हितमा समर्पित हुने बताए। सेवाग्राहीका लागि ुएकद्वार प्रणालीु मार्फत छिटो-छरितो सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो। वर्तमान सरकार युवाहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र उनीहरूका माग सम्बोधन गर्न गम्भीर रहेको समेत उनले उल्लेख गरे।

Leave a Reply