सिंहदरबारमा बालेन युगको सुरुवात: पहिलो क्याबिनेट बैठक जारी

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पदभार ग्रहण गरेसँगै आफ्नो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै शाह सिंहदरबार पुगेर सरकारको कामकारबाही अघि बढाएका हुन्।

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शपथ लिए लगत्तै प्रधानमन्त्री शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

बालेन नेतृत्वको यस मन्त्रिमण्डलमा युवा र नयाँ अनुहारको वर्चस्व देखिएको छ, जसले गर्दा आम नागरिकमा नयाँ उत्साह देखिएको छ। पहिलो बैठकले जनसरोकारका केही महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने अनुमान गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts