चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने

चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ ।

चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।

चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन । 

गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेशनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ ।

जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts