नेकपा एमालेको १०औ महादिवेसन चितवनमा

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ। स्थायी समितिको बिहीबार बसेको बैठकले चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

बैठकले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, आनन्द पोखरेल, विनोद श्रेष्ठ, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल लगायतका छन्।

असोज १५–१७ गतेसम्म भएको पहिलो विधान महाधिवेशनले पार्टीको १०औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको थियो तर बिहीबारको स्थायी समिति बैठकले चितवनमा गर्ने निर्णय गरेको हो। मंसिर १०–१२ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुने भएको छ। कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशनको मिति तय भएको छ। पार्टी प्रवक्ता ज्ञवालीले तोकिएकै मितिमा वडा र पालिका अधिवेशन हुने बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts