नेपाल प्रहरीमा ४८ एसपीको सरुवा, झापामा बसुन्धारा खड्का नियुक्त

काठमाडौँ ।:
चुनाव नजिकिँदै गर्दा नेपाल प्रहरीमा ठूलो संख्यामा वरिष्ठ अधिकृतहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यलय नक्सालले ४८ सहायक प्रहरी नायब महानिरीक्षक (एसपी) लाई विभिन्न जिल्लामा हेरफेर गरेको हो ।

यस क्रममा अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, नारायण काइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य र गौतम मिश्र लगायत एसपीहरुको स्थानान्तरण भएको छ ।

गौतम मिश्रलाई सुदूरपच्मि प्रदेश प्रहरी कार्यलयको आर्थिक प्रशासन महाशाखाबाट ललितपुर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । ललितपुरका हालका प्रमुख चक्रराज जोशीलाई केन्द्रीय विशेष कार्यदलमा जिम्मेवारी दिइएको छ ।

चुनावको दृष्टिले संवेदनशील जिल्ला झापामा बसुन्धरा खड्कालाई प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts