नेपाल स्रष्टा समाजले गर्यो काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम

काठमाडौं : नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व नेपाल स्रष्टा समाज, बागमती प्रदेशका संयोजक रविन्द्र आशिष शैलीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले , “साहित्य समाजको ऐना हो ।” यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, संवेदना र सामाजिक चेतना अभिवृद्धि गर्छ । ग्रामीण विद्यालयसम्म साहित्यिक अभियान पु¥याउनु हाम्रो साझा जिम्मेवारी रहेको बताए । उनले विद्यार्थीहरूलाई कवितामार्फत आफ्ना भावना र दृष्टिकोण व्यक्त गर्न प्रेरित गर्दै साहित्यिक गतिविधिको निरन्तरताको प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

संयोजक रविन्द्र आशिष शैलीले यस्ता कार्यक्रमले साहित्य र शिक्षा दुवैलाई प्रवद्र्धन गर्ने भन्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालयका सहप्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको अवस्था र विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे जानकारी गराउदै स्वयंले पनि कविता वाचन गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले सामाजिक सन्देशले भरिएका कविता वाचन गरेर कार्यक्रममा जीवन्तता थपेका थिए । विद्यार्थीहरूले आफूले लेखेका र भावनाले भरिएका कविताहरू प्रस्तुत गर्दा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, विद्यार्थीहरूलाई शैक्षिक सामग्री ९कपी, कलम, पेन्सिल, र अन्य अध्ययन सामग्री० वितरण गरिएको थियो । सामग्री प्राप्त गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कान र उल्लासले उनीहरूमा उत्पन्न भएको आत्मबल स्पष्ट झल्किएको थियो ।

कार्यक्रममा आफूलाई मनपर्ने कविता सुनाउने मौका पाएकोमा र पठनपाठनमा सहयोग मिल्ने सामग्री समेत पाएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम फेरि फेरि होस् भन्ने चाहना रहेको बताएका छन् ।

कार्यक्रममा सल्लाहकार पवन आलोक, वडा अध्यक्ष रमेशकुमार लामिछाने, तथा महासचिव देवीका तिमल्सिना सचिव प्रकाश घायल, सदस्यहरू मधु पाठक, शंकर भारती, माधब बिडारी , सुष्मा आचार्य अंशु , एलिसा ढुंगाना लगायत अन्य स्रष्टा तथा साहित्यिक व्यक्तित्वहरूकोे उपस्थिति रहेको थियो ।

नेपाल स्रष्टा समाज, बागमती प्रदेश तथा तदर्थ समितिका सचिव हरिकृष्ण धितालले संचालन गर्नुभएको कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको मूल्याङ्कन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts