शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौँ ।:
शिक्षामन्त्री महावीर पुनले माघ ५ गते आफ्नो पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि शिक्षामन्त्री बनेका पुनले हिजो प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार पुनले व्यत्तिगत तथा राजनीतिक कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन् ।शिक्षामन्त्री बनेपछि पुनले शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरु गरेका थिए । पछिल्लो समय विकासित राजनीतिक परिस्थितिका बीच उनले पदबाट अलग हुने निर्णय गरेको स्रोतले जनाएको छ ।

राजीनामापछि शिक्षा मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा हालसम्म औपचारिक निर्णय भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts