मेयर पदबाट बाहिरिँदै बालेन, आज रास्वपाको केन्द्रीय बैठकमा सहभागी हने

काठमाडौँ ।:
काठमाडौँ माहानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
राजीनामा दिएपछि उनी आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) को केन्द्रय कमिटी बैठमा सहभागी हुने कार्यक्रम रहेको छ ।

रास्पाको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको निर्णयपछि पार्टि सभापति रवि लामिछाने र बालेन शाहा आजै जनकपुर जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

बालेन शाहा झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् । त्यसका लागि रास्वपाले उक्त क्षेत्रमा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ ।

इन्जिनियरिङ विषय अध्ययन गरेका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ माहानगरपालिकाको मेयर पदमा अत्याधिक मतल्याएर निर्वाचित भएका थिए । पछिल्लो समय ‘जेन–जी’ अभियानमार्फत चर्चामा आएका उनी पछि रास्वपामा आबद्ध भएका हुन् ।

यसै क्रममा गत पुस १३ गते रवि लामिछाने र बालेन शाहाबीच एउटै दलबाट चुनाव लड्ने सहसात बुँदे सम्झैता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts