रसायनिक मल खरिद गर्न पाँच वर्षको सम्झौता हुदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी मार्फत भारतबाट रासायनिक मल खरिद गर्ने पक्का भएको छ ।

रसायनिक मल खरिदका लागि भारतले पनि आफ्नोतर्फबाट सम्झौताको मस्यौदा नेपाल पठाइसकेको छ भने नेपालले पनि सम्झौताको मस्यौदा तयार बनाइसकेको छ । मस्यौदाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि दुई पक्ष सम्झौतापत्रमा हस्ताक्षर हुने प्रकिृया रहने मन्त्रालयले जनाएको छ ।

हाल हुन लागेको रसायनिक मल सम्झौता पाँच वर्षका लागि हुने भनिएको छ । सम्झौता पछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति हुन लागेको बताइएको छ ।

हाल सरकारसँग १२ हजार २०० मेट्रिक टन मल मात्र मौज्दात छ । चालु आर्थिक वर्ष २०७८ ०७९ मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बको अतिरिक्त १२ अर्ब ७१ करोड रुपियाँ थप गरिएको छ । गत आर्थिक वर्षको तुलनामा युरिया ३३८।८५ प्रतिशत र डीएपी २०२।१३ प्रतिशतले वृद्धि भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts