
जनावरी ५ लाई आध्यात्मिक नेता एवम् महान योद्धा गुरु गोबिन्द सिंहको जन्म जयन्ती मानिन्छ । निस्वार्थ भाबना भएको दुस्मनहरुलाइ पनि मधुरताको साथ सम्मान गर्ने सहनशील स्वभावको गुरु गोबिन्द एकता र भातृत्वको सन्देश दिने महान युद्धा हुनुहुन्थ्यो । गुरु गोबिन्दलाइ एक उत्कृष्ट कविको रुपमा पनि चिनिन्छ । भातृत्व, प्रम र एकतालाइ जोड दिनुपर्छ भन्ने उहाँको धारणा थियो । हिमालको शिवालिक पहाडबाट उहाँले प्रारम्भिक शिक्षा सुरु गर्नुभयो । उहाँको पिता तेघ बहादुर सिख धर्मवलम्वीका नवौं गुरु हुनुहुन्थ्यो । गुरु गोबिन्द र उहाँको पिता तेघ बहादुर आफू बसेको ठाउँलाइ भेदभाव मुक्त बनाई समानता कायम गर्न लागिरहनुभयो ।
गोबिन्दका पिता तेघ बहादुरलाई कस्मिरी पण्डितहरुले धर्म परिवर्तन गरी मुस्लिम बन्न दबाब दिएका थिए तर तेघ बहादुरले इस्लाम धर्म स्वीकार नगरेकै कारण दिल्लीको चादनी चौकमा शिर छिनाली हत्या गरियो । ११ नेबेम्बर १६७५ मा पिता तेघ बहादुरको मृत्यु पश्चात गोबिन्द सिंह सिख अनुयायीहरुको दसौं गुरु हुनुभयो । त्यसैगरि सन् १६९९मा गुरु गोबिन्दले सिख धर्मवलम्बीहरुका अनुयायीहरुको सामुहिक रुप “खाल्सा” निर्माण गर्नुभयो ।
गुरुको पदलाइ समाप्त पार्न “गुरु ग्रन्थ साहिब” लाई सिखहरुको गुरु बनाई व्यक्ति गुरु हुने चलनको अन्त्य गर्नुभयो । गुरु गोबिन्द सिंहले सिख समुदायको इतिहासमा नयाँ परिवर्तन ल्याउन निकै महत्वपूर्ण भुमिका खेलेकै कारण भक्तजनहरुको लागि सदैव अविस्मरणीय र अनुकरणीय बन्नुभयो । सिख धर्मावलम्वीका अनुयायीहरुले गुरु गोविन्दको जन्म जयन्तीलाइ विशेष दिनको रुपमा लिने गर्दछन् । त्यति मात्र नभई आजको दिन गुरु गोबिन्दको सम्झना स्वरुप उहाँले गरेको योगदानको चर्चा परिचर्चा गर्दछन् ।


Leave a Reply