
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका उम्मेदवारहरूलाई भोलि चैत ५ गते आधिकारिक प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका अनुसार भोलि बिहान ११:३० बजे कान्तिपथस्थित आयोगको कार्यालयमा एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिनेछ।
प्रमाणपत्र ग्रहणका लागि निर्वाचित सदस्यहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य बुझाउनुपर्नेछ। ११० जना समानुपातिक सांसदहरूले प्रमाणपत्र पाएसँगै यस वर्षको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा समाप्त हुने आयोगले जनाएको छ।
गत फागुन २१ को निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको हैसियत बनाएका छन्। जसमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गरेका छन्।

Leave a Reply