उदयपुर । उदयपुरको कटारी नगरपालिकामा सोमबार साँझ आएको भीषण हुरीबतासका कारण रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । घटनमा अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार कटारी नगरपालिका–८ थालियाटारकी ४९ बर्षीय मीनामाया तामाङको रुखको हाँगाले लागेर मृत्यु भएको हो । त्यस्तै, कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै सखुको रुख ढलेर लाग्दा ६४ बर्षिय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।
हुरीबतासका कारण घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको छ । अन्य चार जना भने कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
प्रहरीका अनुसार हुरीबतास र वर्षाले कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाउनुका साथै भौतिक क्षति समेत पुर्ययाएको छ । मृतकहरुको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा राखिएको छ ।

Leave a Reply