३० दिनभित्र सार्वजानिक यातायतमा सिसिटिभि र सुरक्षा बटन अनिवार्य, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ चल्ने

काठमाडौँ । सरकारले सार्वजानिक यातायलाई सुरक्षित र प्रविधिमैत्री बनाउन आगमी ३० दिनभित्र विशेष सुरक्षा मापदण्ड लागु गर्ने भएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारको कार्यसुची अनुसार अब सबै सार्वजानिक सवारीमा अनिवार्य सिसिटिभि र डयासक्याम जडान गरिनेछ ।

विशेषगरी राइड सेयरिङ एपहरुमा ‘खतराको अलार्म’ (एसओएस बटन) अनिवार्य गरिनेछ, जसले संकटको समयमा सिधै प्रहरीलाई सुचना पठाउने व्यवस्था मिलाउनेछ । यसका साथै, महिलाहरुको सुरक्षित यात्राका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस सेवा सुरु गरिने भएको छ । यो योजना अन्तर्गत आगमी १०० दिनभित्र पहिलो चरणमा कम्तीमा २५ वटा बस सञ्चालनमाा ल्याउने सरकारको लक्ष्य छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts