अन्तर वडा टेबलटेनिसमा वडा ७ लाई टिम स्वर्ण

ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् ।

पाटनको गःछेंःमा भएको फाइनलमा वडा ७ ले वडा ८ लाई ३-१ ले पराजित ग¥यो । वडा ७ ले पहिलो सिंगल्स गुमाए पनि खेलमा पुनारगमन ग¥यो र लगातार ३ सिंगल्स जित्दै स्वर्ण हात पा¥यो ।

पहिलो सिंगल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा ८ का रुविन महर्जनले वडा ७ का डिकेनलाई ११-५, ११-७, १०-१२ र ११-४ को सेटमा पराजित गरे । अन्य सिंगल्समा वडा ७ का एलेक्सले विपुल महर्जनलाई ११-८, ९-११, ११-५ र १५-१३ तथा रुविनलाई ११-९, ११-८, ८-११ र ११-७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७-११, ११-६, ११-५ र ११-६ को सेटमा पाखा लगाए ।

ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा वडा १७ ले स्वर्ण, वडा ८ ले रजत तथा वडा १९ र १६ ले कांस्य जिते । पुरुष भेट्रान टिम इभेन्टमा वडा २० पहिलो, वडा १६ दोश्रो तथा वडा ११ र ९ तेश्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *