राजावादी प्रदर्शन उग्र, प्रहरीसहित २२ जना घाइते

राजावादी समूहले गरेको प्रदर्शन उग्र बनेपछि भएको झडपमा प्रहरीसहित २२ जना घाइते भएका छन्।

प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको छ, जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै पक्षका व्यक्ति छन्।

प्रदर्शनका क्रममा घाइते हुनेहरूमा काठमाडौं गुहेश्वरीका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा रहेका छन्।

त्यस्तै, सुरक्षाकर्मी पक्षबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार चन्द्र बुढा घाइते भएका छन्।

प्रदर्शन हिंसात्मक बनेपछि तोडफोड र आगजनीका घटनाहरू भएका थिए भने सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts