निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष आज सर्वोच्च अदालत जाने

काठमाडौँ ।:
नेपाली कांग्रेसमा दखिएको नेतृत्व विवाद अदालतसम्म पुग्ने भएको छ । निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने तयारीमा जुटेको हो ।

कांग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आज रिट निवेदन दर्ता गर्ने प्रक्रियामा अघि बढाउँदैछ । यसअघि बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनितिक तथा कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो ।

कानुनी पक्षको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । उनी हाल कानुन व्यवसायीहरुसँग छलफलमा छन् । स्रोतका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले कानुनी परामर्श दिइरहेका छन् ।

यसअघि गगन थापा र विश्रवप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेका थिए, जसबाट गगन थापा सभापति निर्वाचित भएका छन् ।

तर देउवा पक्षले भने नियमित महाधिवेशन मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts