कांग्रेसको मुद्दा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ :
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको छ।

मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सुरु भएको हो । रिट निवेदनमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गरेका छन् । साथै, निर्वाचित कार्यसमिति भंग गर्न र फागुन २१ गतेका लागि तय निर्वाचनको मनोनयन प्रक्रिया रोक्न माग गरिएको छ ।

पूर्णमहान्यायाधिवक्ता खम्ब खातीले निवेदक पक्षको तर्फबाट बहस गरिरहेका छन् । पूर्णबहादुर खड्का पनि इजलासमा उपस्थित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts