Author: admin

  • कांग्रेसले सुरु गर्यो महाधिवेशन स्थल भृकुटीमण्डप वरपर सफाइ

    कांग्रेसले सुरु गर्यो महाधिवेशन स्थल भृकुटीमण्डप वरपर सफाइ

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ । पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो ।

    महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो । महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ ।

    महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले जानकारी दिए ।

    यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए । समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ ।

  • गुगलले दियो खोप नलगाउने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी ।

    गुगलले दियो खोप नलगाउने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी ।

    गुगलले कोरोनाविरुद्धको खोप नलगाउने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएको छ । सीएनबीसीले प्राप्त गरेको कम्पनीको एक कागजपत्रमा गुगलले आफ्ना कर्मचारीलाई कोभिड१९ खोप नीतिको पालना नगरेमा बर्खास्त गर्ने चेतावनी दिएको हो ।उक्त कागजपत्र अनुसार गुगलले आफ्ना कर्मचारीलाई डिसेम्बर ३ सम्म खोप लगाएको प्रमाण पत्र या खोप लगाउन चिकित्सा वा धार्मिक छुटको लागि स्वीकृति प्राप्त प्रमाणपत्र अपलोड गर्न भनेको थियो । जनवरी १३ सम्म पनि यी दुईमध्ये एक काम नगर्ने कर्मचारीलाई ३० दिनको तलबसहितको बिदा दिइने छ । सो समयमा समेत कर्मचारीले नियम पालना नगरे ६ महिनाका लागि बिना तलब बिदा दिइनेछ र त्यसपछि बर्खास्त गरिनेछ । गुगलले अफिसमै आएर काम गर्ने कर्मचारीका लागि खोप अनिवार्य गरेको छ अन्यथा खोप छुटको प्रमाणपत्र देखाउनु पर्नेछ ।

  • संसद बैठक एक हप्ताका लागि स्थगित

    संसद बैठक एक हप्ताका लागि स्थगित

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् ।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

  • दोस्रो चरणको मतदान सभापतिका  लागि कांग्रेस प्रतिनिधिहरु लाइनमा

    दोस्रो चरणको मतदान सभापतिका लागि कांग्रेस प्रतिनिधिहरु लाइनमा

    कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनका लागि मतदाताहरु लाइन बस्न सुरु गरेका छन्। मतदान ३:३० बजेदेखि सुरु हुने भनिए पनि अझैं सुरु भएको  छैन। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान हुन लागेको हो।निर्वाचन साँझ ७:३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।खसेको मतमध्ये ७६ मत वदर भएको थियो। दोस्रो चरणको मतदानमा देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने बताएका छन्।

  • मोक्षदा एकादशी

    मोक्षदा एकादशी

    मंसिर महिनाको शुक्ल पक्षका दिन मोक्षिका एकादशी मनाइन्छ । आजको दिन महाभारत युद्धमा अर्जुनले भगवान श्रीकृष्ण बाट गिता उपदेश प्राप्त गरेकाले मोक्षदा एकादशीलाइ गिता जयन्तीका रुपमा पनि मनाइन्छ । मोक्षदा एकादशीलाई मोहनशक एकादशी, शुद्ध एकादशी पनि भनिन्छ ।

    आजको दिनमा बिशेष गरी धुप, दिप, नैवेद आदि चढाइ भगवान बिष्णु को पुजा गरिन्छ । साथै गिता उपदेशको पुस्तक सहित श्रीकृष्ण वेदव्यासको पनि भक्ति पुर्वक पुजा गरिन्छ ।

    मोक्षदा एकादशीको व्रत पापबाट मोक्ष हुन र वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले लिइन्छ ।

    आज शुद्ध भइ व्रत बस्नाले सबै पाप नष्ट हुने, पुर्वजहरुको स्वर्गमा बास हुने, मानसिक रोगहरु दुर हुने, ब्राह्रामनलाई भोजन गराइ दक्षिणा दिएमा धार्मिक फल प्राप्त हुने, आदि धार्मिक बिश्वास रहेको छ ।

  • ओमिक्रोन

    ओमिक्रोन

    कोरोना भाइरसको नँया भेरियन्ट ओमिक्रोन २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको थियो । हाल छिमेकी देश भारत लगाएत अन्य देशहरुमा पनि ओमिक्रोन देखा परेको छ ।

    ओमिक्रोन कोरोना भाइरसको सबैभन्दा पछिल्लो भेरियन्ट हो । यस भाइरस तुरुन्तै फैलन सक्ने र बढी संक्रमन हुने अहिलेको अनुसन्धानले देखाएको छ ।

    विश्व स्वास्थ्य संगठनको प्रारम्भिक नतिजा अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको छ । ओमिक्रोनको संक्रमित व्यक्तिलाइ कोभिड संग मिल्दोजुल्दो लक्षण देखिने अनुमान गरिएको छ ।

    नेपालमा कोरोना भाइरसको खोप लगाएका ६६ बर्षीय बिदेशी नागरिक र अर्को ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन पुष्टि भएसंगै डर, त्रास बढ्दै गएको छ ।

    नेपाल सरकारले ओमिक्रोन भाइरस फैलन नदिन अन्तराष्ट्रिय हवाइ तथा स्थल नाकाहरुमा यात्रुहरुको खोपको विवरण लिने, सबै यात्रुहरुको पि.सि.आर रिपोर्ट हेर्ने व्यबस्था गरिएको छ । यस भाइरस सर्ने दर र संक्रमनबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरि तथ्य खोज्ने क्रम जारी छ ।

    कोभिड १९को अन्य भेरियन्ट बाट बच्नका लागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ,भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हात धुने, अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्ने आदि उपायहरु अपनाउन सकिन्छ ।

  • अन्तर्राष्ट्रिय पर्वत दिवस

    अन्तर्राष्ट्रिय पर्वत दिवस

    हरेक बर्ष ११ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय पर्बत दिबस मनाईन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००३ मा अन्तराष्ट्रिय पर्बत दिबस भनि घोषणा गरे पछि यस दिबस मनाउदै आएको पाइन्छ ।

    बिभिन्न अध्ययन अनुसन्धानले पृथ्वीको कुल भुभागको ४ प्रतिशत भाग पर्वतिय क्षेत्रले ओगटेको देखाउछ भने १३ प्रतिशत मानिस पर्बतिय क्षेत्रमा बसोबास रहेको पाइएको छ । देशमा रहेको पहाड , पर्बतको संरक्षण र संबर्धन गनुपर्छ भन्ने उदेश्यले यो दिबस मनाउदै आएको हो ।

    अन्य देशको तुलनामा नेपालमा अत्याधिक पर्बतिय क्षेत्रहरु भएकाले हाम्रो देशको लागि अन्तर्राष्ट्रिय पर्बत दिवसको ज्यादै महत्व रहेको छ । नेपालले मात्र नभई बिश्वका अन्य मुलुकहरुले पनि अन्तर्राष्ट्रिय पर्बत दिवसलाइ बिभिन्न कार्यक्रम गरि मनाएको पाइन्छ ।

    नेपाललाई पहाड अनि पर्बतले सुन्दरता प्रदान गरेको छ । पहाड पर्बतको आकर्षक र मनमोहक दृश्य हेर्न हरेक बर्ष पर्यटकहरु नेपाल भित्रिने भएकाले नेपाल पर्यटकिय केन्द्र्र बन्न सफल भएको हो । यहि खुसियालीमा नेपालले अन्तराष्ट्रिय पर्बत दिबसलाई भव्यताको साथ मनाउदै आएको छ ।

    आज भोली जथाभाबी सडकको निर्माण, बनजङगलको बिनास अव्यवस्थित बसोबास आदिका कारण पर्बतिय क्षेत्रलाई नकरात्मक असर पर्नुका साथै पर्बतिय प्रदुषण बढ्दै गएको छ । यस्ता पर्बतिय क्षेत्रमा देखिएका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्छ भन्ने सन्देश अन्तराष्ट्रिय पर्बत दिबसबाट प्राप्त हुन्छ ।

  • कांग्रेस महाधिवेशन : ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

    कांग्रेस महाधिवेशन : ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

    कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ। भृकुटीमण्डपमा शुक्रबार हुने उद्घाटनसत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ। एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन्। महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।  बिहीबार रातिसम्म सबै उपत्यका आइसक्ने एआईजी पालले बताए। पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ।तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएका छन्। काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन्। कार्यक्रममा हेडक्वाटरबाट थप १ हजार प्रहरीसमेत खटिने एआईजी पालले बताए। विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्जलगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहनेछ। उनले सवै सुरक्षा तयारी भएको जानकारी दिदै सुरक्षाका लागी स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए। कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सिसिटिभीबाट समेत निगरानी हुनेछ। भृकृटी मण्डप अगाडी रहेको पुलिस क्लबमा कार्यक्रम स्थलको भिडियो ठूलो स्क्रिनीन मनिटरीङ हुनेछ। ड्रोन क्यामराबाट फोटो र भिडियो लिने व्यवस्था गरिएको छ।

  • Nepal Congress general convention begins today

    Nepal Congress general convention begins today

    The ruling Nepali Congress has completed preparation for inaugurating its 14th National Convention in the capital tomorrow. More than 4,700 representatives from across the country will take part in the convention that will elect the party’s new leadership, including 13 office bearers, for the next five years. The new president will nominate the party’s treasurer from among the central working committee. Earlier, the NC had only eight office bearers, but this time the party added assistant general secretaries, said Chief Secretary of NC Headquarters Krishna Prasad Poudel.

  • पुन अस्पताल भर्ना फुटबल खेलाडी पेले

    पुन अस्पताल भर्ना फुटबल खेलाडी पेले

    ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न पुनः अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ। सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन्। उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ‘एक प्रकारको डिप्रेसन’सँग लडिरहेका छन्। पेलेले २१ वर्षको व्यावसायिक करियरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन्। उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए भने ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए।