नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरूको सूची टुंगिन समय लाग्ने देखिएको छ।यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा नेताहरूसँग छलफल राखेका थिए। उक्त छलफलमा सबैले आ-आफ्नो धारणा राखे पनि कुनै निष्कर्षमा पुग्न नसकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।उनका अनुसार देउवा पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कसरी अघि बढ्छ सोही आधारमा आफूहरूले पनि रणनीति बनाउने तय भएको छ।त्योसँगै नेता कृष्णप्रसाद सिटौलालाई पनि सुरूमै मिलाएर प्यानल घोषणा गर्नु पर्ने कुरा छलफलमा उठेको थियो।दउवा समूहमै पदाधिकारीमा धेरै आकांक्षी छन्। उनीहरूलाई व्यवस्थापन गर्न नसके गुट परिवर्तन गरेर जानसक्ने डर देउवालाई छ। पौडेल पक्षको रणनीति पर्खिने र सिटौलालाई पनि मिलाएर प्यानल बनाउने भएपछि उम्मेदवार टुंग्याउन समय लाग्ने देखिएको हो।
भगवान राम सिताको आदर्श र अमर प्रेम कथाको दृष्टान्त बोकेको आजको दिन अत्यन्त विशेष दिन हो । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राम आएर मिथिला राज्यकी राजकुमारी सीता सँग विवाह भएपछि विवाह पञ्चमी मनाउन थालिएको पाइन्छ । जनकपुरमा जन्मीएकी सिता मिथिला राज्यका राजा जनककी जेठी छोरी हुन् ।
प्राचिनकालदेखि नै मिथिलावासीहरुले धुमधामका साथ मनाउदै आएको यस विवाह पञ्चमी अहिले पनि परम्परालाई अनुसरण गदै मनाएको पाइन्छ । आजको दिनमा भगवान राम र सीताको बैबाहिक सम्बन्धको चर्चा परिचर्चा गरिन्छ । विवाह पञ्चमीको अवसर पारेर जनकपुरमा ठूलो उत्सव लाग्नुका साथै रामजानकी मन्दिर भब्य रुपले सजाइन्छ ।
राजा जनकले संरक्षण गरेर राखेको शिव धनु ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैन थिए तर एक दिन सरसफाई गने क्रममा सिताले उक्त धनु उचालेको देखेर राजा आश्चर्य चकित परे । र जनकले त्यो शिव धनु उचाल्न सक्ने साहासी विर पुरुष सङ्ग आफ्नी छोरी सिताको बिवाह गरिदिने बाचा गरे ।
ठुलाठुला वीरहरुले उचाल्न नसकेको धनु भगवान रामले उचाल्नासाथ भाचिएर तिन टुक्रामा परिणत भएपश्चात राजा जनकले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गराएका थिए । बिभिन्न धार्मिक ग्रन्थ अनुसार बिवाह पञ्चमीको सुरुवात भगवान राम सिताको विवाह पश्चात भएको हो ।
विवाह पञ्चमीको सुब अबसर पारेर आजको दिन रामजानकी मन्दिर लगाएतका ठाउँहरुमा बाजागाजा सहित भजनकीर्तन र नाचगान गरि भब्य र सभ्य ढङ्गले भगवान राम र सिताको स्मृतिमा मनाइन्छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।उनका अनुसार २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। आयोगले पुस २५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ।त्यस्तै माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ। त्यस्तै आयोगले पुस १७ गतेसम्म मतदाता नामावली प्रकाशन गर्नेछ भने सोही दिन मतदाताको विरोधमा उजुरी दिनसक्ने बताइएको छ। पुस १९ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।
नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो ।६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् । लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए । म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ लिङ्देनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’
राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो भने कमल थापाको कार्यकक्ष धुम्बाराहीमा थियो ।
KATHMANDU, Dec 5: Rajendra Lingden has been elected as the chairman of Rastriya Prajatantra Party (RPP). Linden got 1,844 votes while Kamal Thapa got 1,617 votes. A total of 413 votes were invalidated.Stating that he will accept defeat, Thapa tweeted this morning and congratulated Lingden on his victory.
According to party sources, Dhawal Shumsher Rana has won the election for party secretary-general. Rana belongs to Lingden’s panel.
१९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ। यस अघि सभापतिमा प्रतिस्पर्धा गरेका कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो। बागमतीको सभापतिमा शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ, रामचन्द्र पौडेलपक्षबाट जगदीश्वर नरसिंह केसी तथा नेता कृष्ण सिटौला पक्षबाट भीमसेन दास प्रधानबीच प्रतिस्पर्धा भएको थियो। कुल २०७२ मत खसेकोमा बानियाँले ९९२ मत ल्याए। उनका निटतम प्रतिद्वन्द्वी केसीले ८७२ मत ल्याउँदा प्रधानले १९७ मतमात्र ल्याए। अब दोस्रो चरणमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ।
सौराहामा एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन्।
महाधिवेशनको मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । आइतबार दिनभर रावललाई उपाध्यक्ष पदका लागि मिलाउन नेताहरुले निकै मेहनत गरे पनि सहमति जुट्न सकेन ।
एमालेको निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने भ निएको छ ।
मकवानपुर — वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेक हुन् ।