Author: Dwarika Pokhrel

  • यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

    यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै, आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ५० पैसा र बिक्रीदर ११३ रूपैयाँ ९८ पैसा कायम गरेको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९१ पैसा र बिक्रीदर नौ रूपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १० पैसा र बिक्रीदर १६ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८३ पैसा र बिक्रीदर २२ रूपैयाँ ९३ पैसा, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८ रूपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ६२ पैसा तोकिएको छ ।

    आज ओमनी रियाल एकको खरिददर ३७५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ६५ पैसा कायम भएको छ भने भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

  • मौसम पूर्वानुमान : तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

    मौसम पूर्वानुमान : तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

    यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ र बाँकी भू–भागमा भने मौसम सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    आज राती तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • दोलखामा शिवाकोटीको घरदैलो अभियान जारी, मतदाताको राय लिँदै आफ्ना योजना सुनाउँदै

    दोलखामा शिवाकोटीको घरदैलो अभियान जारी, मतदाताको राय लिँदै आफ्ना योजना सुनाउँदै

    चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ७ मा घरदैलो गरेका छन् । मंगलबार बिहानैदेखि कार्यकर्तासहित चुनावी मैदानमा निस्किएका उनले मकैबारीका स्थानीयसँग भेटघाट गर्दै प्रल्हाद बस्नेतको सप्ताह कार्यक्रममा पुगेर आशीर्वादसमेत लिएका छन् । बाटोमा सर्वसाधारणसँग कुरा गर्दै उनले पुरानो १२ नम्बर वडाका केही भाग र वडा नम्बर १ को क्षमावती क्षेत्रमासमेत पुगेर मत मागेका छन् ।

    शिवाकोटीले आफू जनताको सच्चा प्रतिनिधि भएर दोलखाको मुहार फेर्न चुनावी मैदानमा आएको र विजयी भएपछि सधैँ जनताकै सुखदुःखमा साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले यस पटक ‘सिँचाइ र माटोको गुणवत्ता’ लाई पनि जोड दिएका छन् ।

    “हामी सक्छौँ, परिवर्तन सम्भव छ” भन्ने नाराका साथ उनले दोलखाको समग्र आर्थिक र सामाजिक विकासका एजेन्डाहरू जनतामाझ लैजाने बताएका छन् । भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण उनीप्रति विशेषगरी युवा पुस्ताको आकर्षण बढी देखिएको छ।

    दोस्रो दिनको घरदैलो कार्यक्रममा शिवाकोटीलाई समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले पनि साथ दिएकी थिइन्। ठूलो सङ्ख्यामा उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूको साथले उनको चुनावी अभियानमा थप उत्साह थपेको छ ।

    उनी आगामी निर्वाचनअघि जिल्लाका सबै टोल र बस्तीमा पुगेर मतदाताको राय लिने र आफ्ना योजनाहरू सुनाउने तयारीमा छन् । दोलखाको विकासका लागि नयाँ सोच र जोस भएको नेतृत्व आवश्यक रहेको भन्दै उनले आफूलाई जिताउन सबैमा अनुरोध गरेका छन् ।

    शिवाकोटीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ बाट सोमबारदेखि शुरू गरेको मतदाता भेटघाट कार्यक्रमलाई अहिले तीव्र पारेका हुन् । पहिलो दिन उनले किरणछाया, बोक्सिला र विष्णुटोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए ।

    आफ्नै गाउँठाउँका शिक्षित युवालाई उम्मेदवारका रूपमा पाउँदा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । घरदैलोका क्रममा मतदाताले उनलाई भव्य स्वागत गर्दै दोलखाको विकास र स्थानीय समस्याहरू समाधान गरिदिन आग्रह गरेका छन् ।

  • कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू (विवरणसहित)

    कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू (विवरणसहित)

    काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

    कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।

    उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको छ ।

    कोशीमा संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।

    कोशीका संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेताहरु अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी खटिएका छन् ।

    यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् ।

    यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ ।

    यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ ।

    भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएका छन् ।

    यस्तै गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन ।

    यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् ।

    लुम्बनी प्रदेशको रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् ।

    यस्तै कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् ।

    दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् ।

    यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन् ।

    कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् ।

    डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।

  • आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदै

    काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्वभर विश्व क्यान्सर दिवस मनाइन्छ।

    क्यान्सरका कारण हुने लाखौँ मानिसको मृत्यु न्यूनीकरण गर्ने, समयमै पहिचान र उपचारमार्फत जीवन जोगाउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

    क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ ।

    हाल पनि विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन् । अध्ययनअनुसार विश्वभर क्यान्सरका कारण हुने कुल मृत्युको करिब २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।

    यस्तै, १० प्रतिशत मृत्यु अत्यधिक खानपान, पोषणयुक्त आहारको कमी, मदिरा सेवन, नियमित व्यायामको अभाव तथा विभिन्न रोग र सङ्क्रमणबाट हुने क्यान्सरका कारण हुने बताइएको छ ।

    यस बाहेक विकिरण तथा अन्य सङ्क्रमण पनि क्यान्सरका प्रमुख कारण मानिन्छन्। विकासोन्मुख देशहरूमा हेपाटाइटिस बी, हेपाटाइटिस सी तथा ह्युमन प्यापिलोमा भाइरसका कारण क्यान्सरको जोखिम बढी रहेको पाइन्छ ।

  • यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

    यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ३९ र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा वर्षा र हिमपातको सम्भावना

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

    यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

    यस्तै, आज राती देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १९ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

    त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा , ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा

    टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

    आइतबार जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहका बीच शेरचनले ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी गरेका हुन्।
    आगामी मार्च १४,१५ र १६ मा काठमाडौँमा हुने संघको १२औँ विश्व सम्मेलनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गर्ने क्रममा शेरचनले संस्थाभित्रको विभाजन अन्त्य र सुदृढीकरण आफ्नो मुख्य एजेन्डा भएको बताए ।
    विगत १५ वर्षदेखि जापानलाई कर्मभूमि बनाएर संघका विभिन्न जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका शेरचनले सो क्रममा आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरे ।

    शेरचनले एनआरएनए विगत केही वर्षदेखि अत्यन्तै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको स्वीकार गरे। उनले संस्थालाई पुनः एकताबद्ध बनाउनु आफ्नो प्राथमिक दायित्व हुने बताए। ‘एक मन, एक संगठन’ को अवधारणा अघि सार्दै उनले संस्थाभित्रको आन्तरिक कलह र मनमुटावलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने संकल्प गरे।


    नागरिकता र मताधिकारको मुद्दा प्राथमिकतामा

    शेरचनको कार्ययोजनामा गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दाले विशेष प्राथमिकता पाएको छ। संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका प्रशासनिक र कानुनी जटिलता हटाउन आफूले निर्णायक पहल गर्ने उनले घोषणा गरे। विशेष गरी सर्वोच्च अदालतको परमादेश अनुसार प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने उनको प्रतिबद्धता छ।

    करिब २०० वर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई शेरचनले विशेष जोडका साथ उठाएका छन्। बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई थप प्रभावकारी र सक्रिय बनाउने उनले बताए।

    आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्। नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारका लागि लबिङ गर्ने उनको योजना छ।

    निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने शेरचनले वाचा गरेका छन्। ‘कम बोल्ने तर कामको नतिजा देखाउने’ छवि बनाएका उनले थाइल्याण्ड, म्यानमार लगायतका देशमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने र उनीहरूलाई नेपालको मूलप्रवाहसँग जोड्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन्।

    विवादरहित नेतृत्व आजको आवश्यकता: अध्यक्ष महेश श्रेष्ठ
    कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्ति आवश्यक रहेको बताए। श्रेष्ठले विगत ५ वर्षको आन्तरिक विभाजनले विदेशमा रहेका ८० लाख नेपालीको आस्थामा चोट पुगेको बताउँदै अबको नेतृत्वले एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।
    “विभाजित संस्थाका कारण सरकार र निजी क्षेत्रको हामीप्रतिको विश्वास टुटेको थियो, तर हालैको एकताले नयाँ आधार तयार गरेको छ,” अध्यक्ष श्रेष्ठले भने, “रोबिन शेरचनको स्वच्छ र समन्वयकारी छविले यो एकतालाई दिगो बनाउन सक्छ।”
    अध्यक्ष श्रेष्ठले आर्थिक समृद्धिको तथ्याङ्क प्रस्तुत गर्दै १० लाख नेपालीले प्रतिमहिना २० हजार रुपैयाँ मात्र बचत गरी लगानी गर्ने हो भने वार्षिक २ खर्ब रुपैयाँ पुँजी जम्मा हुन सक्ने बताए। उनले एनआरएनएले अब १ हजार मेगावाटको हाइड्रोपावर, रसायनिक मल उद्योग र हाइड्रोजन इन्धन जस्ता ठूला परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे। नागरिकताको विषयमा बोल्दै उनले यसलाई अधिकारमुखी बनाउन आगामी फेब्रुअरी १२ र १३ मा परराष्ट्र मन्त्रालयसँग बसेर ऐनलाई अन्तिम रूप दिइने जानकारी समेत दिए।

    कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्टले शेरचनलाई लिखित रुपमा सन्देश पठाएर सफलताको शुभकामना दिएका थिए। उनले साझा एनआरएनए बनाउन शेरचनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

    समारोहमा एनआरएनएका प्रभावशाली व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। जसमा हिक्मत थापा, सोम लामा, राजेन्द्र कुमार शर्मा, यास्मिन बेगम, टीका गुरुङ, जितु गुरुङ, रोजिना प्रधान, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल, जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, अस्ट्रेलियाका सचिव कल्याण खड्का, सुपेन्द्र घिसिङ, पिताम्बर भट्टराई, दिलीप गुरुङ लगायत सहभागी थिए।
    त्यस्तै, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, विभिन्न राजनीतिक दलका प्रवास संगठनका प्रतिनिधिहरू (रोशन केसी, कुलचन्द्र खरेल, मोहन पौडेल, दीपक केसी) तथा एसिया प्यासिफिकका अभियन्ताहरू अनिता गुरुङ र दीपक कँडेलले पनि शेरचनको उम्मेदवारीप्रति समर्थन जनाएका थिए।
    कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले गरेका थिए भने विभिन्न मुलुकका एनसीसी पदाधिकारीहरूले शेरचनको नेतृत्वले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।
    आगामी मार्च १४ देखि १६ सम्म नेपालमा हुने १२औँ विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ ।

  • फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।

    डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र पूर्ण रूपमा तयार भइसकेका छन्। त्यस्तै दैलेखका दुवै निर्वाचन क्षेत्र, सुर्खेतका क्षेत्र नं. १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ तथा सुनसरी क्षेत्र नं. १ का मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

    आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा वितरण गरिसकिएको छ । यसैगरी समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइको काम पनि पूरा भएको छ ।