Author: Dwarika Pokhrel

  • कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

    कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

    काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवसम्बन्धी विशेष समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

    त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट तय गरिएको छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट हुनेछ।

    यस भ्रमणका दौरान राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उपस्थित हुने कार्यक्रम छ।

    राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन्।

  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।

    कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कायम भएको छ।

    केन्द्रीय बैकंका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसका कारण हाल सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागिरहेको छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लागिरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
    यस्तै, आज राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

    कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

  • काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौति मोलेको छु : गगन थापा

    काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौति मोलेको छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं क्षेत्र–४ का पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।

    शनिबार पार्टीको निर्वाचन परिचालन मुल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचित हुने सोचका साथ काठमाडौं क्षेत्र–४ बाट उम्मेदवार बनेको अनुभव समेत सुनाए ।

    थापाले २०७४ को निर्वाचन सम्झँदै नेकपा माओवादी र एमाले एक भएर चुनावमा आउदा समेत संसद पुगेर काम गर्ने मौका पाएको बताए ।

    उनले भने, ‘त्यो बेला सजिलो अवस्थामा थिएन । नेकपा माओवादी र एमाले एक भएर चुनावमा थिए । कांग्रेस केवल २३ ठाउँमा मात्र विजयी भएको थियो । म डराउँथेँ तर तपाईँहरुले ढाढस दिनुभयो । जसका कारण म संसदमा पुगेँ र काम गर्ने मौका पाएँ । त्यो मौका नपाएको भए म महामन्त्री भएर स्थापित हुनै सक्दिनथे ।’

    उनले सर्लाही–४ जाने निर्णय आफ्नो लागि सहज नभएको सुनाउँदै भने, ‘म पहिलो पटक काठमाडौंबाट उमेदवारी नदिएर सर्लाहीको क्षेत्र नं ४ मा गएको छु । यस पटक काठमाडौं सहज थियो । सायद धेरै वर्ष पछाडि रुन मन लागेको पनि छ । अरु वेला पनि रुन मन लाग्छ तर आँशु लुकाउन पर्छ । यो पटक चाहेर मैले आँशु लुकाउन सकिन । यो ठाउँ छाडेर जाँदा मन रोइरहेको थिए ।’

    थापाले आफ्नो भावनात्मक अभिव्यक्तिमा पार्टीका कार्यकर्ताहरूको योगदान र साथको विशेष महत्व औंल्याए । उनले निर्वाचन परिचालन मुल समितिको घोषणासँगै पार्टीको आगामी चुनावी तयारीलाई सुदृढ बनाउन कार्यकर्तालाई प्रतिबद्ध हुन आग्रह पनि गरे ।

    थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।

    ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’
    उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे ।

  • नेपालमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

    नेपालमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

    काठमाडौँ । पाशुपत क्षेत्रस्थित नेपाल वेदविद्याश्रम परिसरमा आगामी माघ २३ गतेदेखि फागुन ४ गतेसम्म (फेब्रुअरी ६ देखि १६ सम्म) ‘विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटि अर्चना महायज्ञ’ दिव्य महोत्सव आयोजना हुने भएको छ । 

    नेपाल राष्ट्रको शान्ति, समृद्धि र जनकल्याणको सङ्कल्पसहित श्रीविद्याका परम उपासक श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरुदेव महेश चैतन्य ब्रह्मचारी महाराजज्यूको सान्निध्य एवं निर्देशनमा यो ऐतिहासिक अनुष्ठान सम्पन्न हुन लागेको हो ।

    नेपालको यज्ञिय इतिहासमा नै प्रथम पटक हुन लागेको यस प्रकारको विशिष्ट यज्ञमा कोटि अर्चनाका साथै महागणपति, सूर्य, नारायण, दक्षिणमूर्ति, मातङ्गी, वाराही र कुमारीका लक्षार्चन अनुष्ठानहरू समेत एकैसाथ सञ्चालन गरिनेछन् । महायज्ञ केवल कर्मकाण्ड मात्र नभई एक वैज्ञानिक प्रक्रिया भएको गुरुदेव महेश चैतन्यले बताए । 

    उनले भने ‘प्राचीन कालमा ऋषि वशिष्ठ र दत्तात्रेयले गर्ने गरेको र पछिल्लो समय लोप हुन लागेको यो विद्याको पुनर्जागरणले नेपालको वायुमण्डलमा सकारात्मक ऊर्जा सञ्चार गर्ने छ ।’

    ११ दिनसम्म चल्ने यस कठिन साधनाले देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्य गर्न शासकहरूमा इमानदारी र सेवाभाव जागृत गराउन मद्दत गर्नेछ । तन्त्र विद्या (आगम) को प्राचीन केन्द्र पशुपति क्षेत्रमा हुने यस यज्ञले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधान गरी युवा पलायन रोक्न र देशलाई समर्थ बनाउन आध्यात्मिक बल प्रदान गर्ने पनि गुरु चैतन्यको भनाई छ । 

    अनुष्ठानमा करिब १५१ जना दीक्षित साधकहरू सहभागी हुनेछन् ।  जसमा ११० जना ब्राह्मण बटुक र विद्वान्हरूले दैनिक १४–१५ घण्टासम्म साधना गर्नेछन् । व्यापारिक लेनदेन र यजमान प्रथाभन्दा टाढा रहेर सबै साधकहरू समान फलका भागीदार हुने बताइएको छ । 

    यज्ञमा प्रतिष्ठित श्रीयन्त्रमा ललितासहस्रनामद्वारा कोटि अर्चना, सप्तशती चण्डी पाठ, शिवोपासना र सुवासिनी पूजा जस्ता गतिविधि हुनेछन् । भगवान राम, कृष्णदेखि विभिन्न देवताहरूले समेत उपासना गरेको यो ब्रह्माण्ड शक्ति तत्वको आराधनाले नेपालको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन देवभूमिका रूपमा रहेको यस राष्ट्रको गौरवलाई पुनः जागृत गराउने विश्वासका साथ सम्पूर्ण श्रीविद्या प्रेमीहरूलाई महोत्सवमा सहभागी हुन आह्वान पनि गरिएको छ । 

    श्री विद्या के हो ?

    यो ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो । यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्छन् । भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए । यो साधना अत्यन्त कठिन (दैनिक १४–१५ घण्टा) लाग्छ छ । आजभोलि मानिसहरू मनोरञ्जनका लागि कथा प्रवचनमा झुम्मिन्छन्, तर वास्तविक साधना र ब्रह्मचर्यको पालन गर्न गाह्रो मान्छन् ।

    धर्मले मानिसलाई इमानदार बनाउँछ र दुःखीको सेवा गर्न सिकाउँछ । यदि जनतामा यो भावना जागृत भयो भने सत्ता आफैँ सुध्रिन्छ । नेपालको कुनै पूर्वजन्मको पुण्यले गर्दा नै आज यो दुर्लभ कार्यक्रम यहाँ हुन गइरहेको हो ।  यो देवभूमि हो (पाणिनि र भरत राजाको भूमि), यसलाई साधनाद्वारा जागृत गराउनु पर्छ । यसबाट देशको कल्याण निश्चित छ ।

  •  जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ : विनोद चौधरी

     जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ : विनोद चौधरी

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।

    बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।

    चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।

     गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।

    यसैका लागि उनले अनलाइन लिंक  सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गरे ।

    नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।

  • पूर्व राजदूत कार्कीलाई जिताउन गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

    पूर्व राजदूत कार्कीलाई जिताउन गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

    संखुवासभा ।  आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

    १० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिए। यी कमिटीमार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा अर्जुनकुमार कार्कीलाई जिताउन  वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिने जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले बताए ।

    पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ। अध्यक्ष राईले माघ १५ देखि फागुन २ गते सम्मको प्रचारतालिका समेत सार्वजनिक गरेका छन् ।

    ‘समृद्ध  नेपाल सुखी नेपाली समुन्नत संखुवासभा मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएका डा कार्की अमेरिकाका लागि नेपालका पूर्व राजदूत हुन्। अल्पविकसित मुलुकहरुको अधिकारका लागि कार्यरत गैर सरकारी संस्थाहरुको संजाल, एलडीसी वाच, को  अन्तरराष्ट्रिय संयोजक भएर पनि काम गरिसकेका कार्कीले  संयुक्त राष्ट्र संघ लगायत अन्तरराष्ट्रिय मंचहरुमा  नेपाल जस्ता अल्प विकसित मुलुकहरुको पक्षमा पैरवी गर्दै आएका छन्।  नेपालमा मानव अधिकार तथा सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कार्की  प्रत्यक्ष राजनीतिमा संलग्न भएको भने यो पहिलो पटक हो।

  • फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

    फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ ।
    सोहीक्रममा आयोगले देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसारका नमूना मतपत्र सार्वजनिक गरेको छ ।

    आयोगका अनुसार सातै प्रदेशका जिल्लामा रहेका निर्वाचन क्षेत्रको संरचनाअनुसार फरक–फरक प्रकारका मतपत्र तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको नमूना मतपत्र सार्वजनिक गरिएको हो ।

    उम्मेदवारको सङ्ख्याअनुसार पनि मतपत्रको आकार फरक हुने आयोगले जनाएको छ। धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र रहनेछ ।
    विशेषगरी सबैभन्दा धेरै निर्वाचन क्षेत्र तथा उम्मेदवार रहेको काठमाडौं जिल्लामा प्रयोग हुने मतपत्र आकारमा ठूलो हुनेछ ।

    कर्णाली प्रदेशअन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन्। ती जिल्लाका वास्तविक नमूना मतपत्रसमेत आयोगले सार्वजनिक गरिसकेको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै निर्वाचन क्षेत्रका वास्तविक नमूना मतपत्रसमेत सार्वजनिक गरिएको आयोगले जनाएको छ।

    आयोगका अनुसार अन्य जिल्लाका वास्तविक मतपत्र पनि क्रमशः सार्वजनिक गरिँदै जानेछ। हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने सम्पन्न भइसकेको छ।

    मतदातालाई मतदान प्रक्रिया बुझाउन सहयोग पु¥याउने उद्देश्यले नमूना मतपत्र प्रयोग गरी मतदाता सचेतना कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ। ती नमूना मतपत्रहरू देशभरका मतदान केन्द्र मातहत पु¥याउने कामसमेत अगाडि बढाइएको छ।

  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

    यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

    हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ।

    यस्तै, भारतीय एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

  • देशभर आंशिक बादल लाग्ने

    देशभर आंशिक बादल लाग्ने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

    देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि रहेको छ ।