यातायात व्यवस्था विभागले झन्डै छ महिनापछि यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने भएको छ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका हुन्।
महानिर्देशक घिमिरेका अनुसार यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदैछ। यसैबीच आवेदन भने लिएर राखिन लागेको हो। काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ। विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।
स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।
प्राणीको अस्तित्व स्वास हो । यहि स्वाससँग विप्यश्यना ध्यान विधि जोडिएको छ । यस ध्यान विधिमा एक योगीको आसनमा बसेर आफ्नो स्वासमा ध्यान दिनु पर्दछ । विप्यश्यनामा वि’ को अर्थ विशेष र प्याश्यना’ को अर्थ देख्नु अर्थात बिशेष प्रकारले देख्नु । मानिसको दिमाग बिभिन्न विचारहरुले भरिएको हुन्छ र स्वास र विचार एक आपसमा जोडिएको हुन्छ । यस ध्यान विधिले स्वासलाई नियन्त्रण नगरी घटेका कुनैपनि घटनामा कुनै पनि मूल्याङ्कन, विचार, अभिव्यक्ति नदिई अवलोकन गरिरहनु भन्दछ । सामान्य जीवनमा जस्तो स्वास फेरिन्छ, त्यस्तै स्वासलाई शरीर भित्र गएको ध्यान दिने फेरी त्यहि स्वासलाई शरीर बाहिर आएको ध्यान दिनु पर्दछ । विप्यश्यना ध्यान स्वासको उपयोग मात्र हो जहा स्वासलाई बुझ्ने प्रयास गरिन्छ ।
विप्यश्यना चार प्रकारका छन् । १. कायानुप्यासन– शरीरलाई विशेष प्रकारले देख्नु २. वेदानुप्यासना– वेदना÷भावनालाई विशेष प्रकारले देख्नु ३. चित्तानुप्यासना– मनलाई विशेष प्रकारले देख्नु ४. धम्बानुप्यासना– धर्मलाई विशेष प्रकारले देख्नु भगवान गौतम बुद्दले ६ वर्षको कठिन तपस्याले पनि विषेश उपलब्धि प्राप्त नभएपछि विप्यश्यना ध्यान विधिबाट बुद्दत्व प्राप्त गर्नु भएको हो । विप्यश्यना ध्यान विधि बुद्दबाट सुरुवात भएको पनि हामीले सुन्न सक्छौ ।
काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएको छ । संकटा र करुणामयको मन्दिर एउटै हो । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । संकटालाई समस्या र संकट हटाउने देवीका रूपमा पूजा गरिन्छ । संकटा देविलाई पूरान अनुसार विकत मातृका पनि भनिन्छ । जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।
किंवदन्ती अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आफ्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ ।
नवरात्रीको आठौं दिनमा मानिसहरु देवी संकटाको मन्दिर गई पूजाआजा गर्दछन् । शनिबार संकटा देवीको दर्शन गरेमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ ।
के हो थाइराइडरु – यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो। रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनिन टी–४० हर्मोन उत्पादन गर्छ। थाइराइडको ग्रन्थी घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो। यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ। जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो। यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ। विशेषगरी मुटुको धड्कन मिलाउने, नियन्त्रण गर्ने काम गर्छ। त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ। यही हो थाइराइड रोग।
कस्ताकस्ता प्रकारका हुन्छन् रोग – थाइराइडमा प्रत्यक्ष रूपमा ३्४ वटा समस्या हुन्छ। एउटा थाइराइड ग्रन्थिले निकाल्ने रस कम हुने रोग हाइपो थाइरोडिजम हो। एउटा हर्मोनको मात्रा बढी निस्कने, त्यसलाई हाइपर थाइरोडिज्म भनिन्छ। तेस्रो, थाइराइड हर्मोन सुन्निने, जस्तै गलगाँड जस्तो गरेर सुन्निने हुन्छ र चौथो क्यान्सर हुनसक्छ, थाइराइड ग्रन्थीमा। धेरैजसो थाइराइडको रोग लागेको छ भनेर समाजमा कुरा गरिने चाहिं, थाइराइडले निकाल्ने हर्मोम कम९लो० भएर हुने रोगलाई हो। त्यसलाइ हाईपो थाईरारोडिजम भनिन्छ । घाँटीबाट निस्कने थाइराइड ग्रन्थीको हर्मोन कम भयो भने के हुन्छ बढी भयो भने के हुन्छ भन्ने कुरा परीक्षणपछि चिकित्सकले लक्षण पहिचान गर्छन्। विशेषगरी थाइराइड हर्मोन कम हुँदा शंका गर्नु थाइराइडको सबैभन्दा महत्त्वपूर्ण लक्षण हो। बिरामीले धेरैवटा लक्षण भन्ने डाक्टरले केही पनि नभेट्ने भयो भने पनि थाइराइड शंका गर्नुपर्छ।’
मानसिक रोगको जस्तो लक्षण- आजभन्दा ५,७ वर्ष पहिला सबैलाइ मानसिक रोग हो कि भनेर भनिन्थ्यो। मानसिक रोग नै भनेर परीक्षण गरिन्थ्यो। थाइराइड परीक्षण गरिन्थेन। धेरै बिरामी छुट्थे। अहिले के भनिएको छ भने विश्वमा जति पनि बिरामी छन् ती मध्येमा ५० प्रतिशतमा आफूलाई थाइराइड भएको भन्ने थाहा नै हुँदैन। एक सयमा ५० जनाले थाहा पाएर औषधी लिन्छन् भने ५० जनाले डाक्टरले जाँच गर्दा थाहा पाएपछि मात्रै औषधी लिने गर्छन्। त्यसकारण थाइराइडको बारेमा होसियारी र सचेतना आवश्यक छ।
समस्या के के हुन्छ- थाइराइड हर्मोन कम हुँदा तौल अनावश्यक रूपमा भद्दा हुने, बढ्ने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने फुलिने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने। चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ। सबैकुरा सुन्दा मानसिक रोग जस्तो लाग्ने भएर झुक्किने हुन्छ। हर्मोन बढी हुँदा ठिक उल्टो हुन्छ। मानिस दुक्लाउने परिसना बढी आउने, निन्द्रा नपर्ने, मानिस सामान्यतया जतीखेरपनि तातेको, ज्वरो आए जस्तो हुने, पखाला बढी लाग्ने ज्यान गल्ले जस्ता लक्षण दुबैमा हुन सक्छ । कतिपय अबस्थामा लो र हाइमा ठिक उल्टो लक्षण हुन्छ। १०० मा ९० प्रतिशतमा मिल्छ १० प्रतिशतमा उल्टो लक्षण हुनपनि सक्छ । लो भएको विरामीको संख्या विश्वमा धेरै छ।
बढी महिलामा समस्या- थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा हुन्छ। १० मध्ये नौ महिलामा यो रोग लाग्छ। एक मात्रै पुरुष हुन्छ। यसको कारण महिलाहरुमा हुने महिनावारीदेखि हर्मोनमा हुने अनेक खालको परिवर्तन हो। किनभने हर्मोनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुन्छ। लो थाइराइ र हाइ थाइराइमा मध्ये लो अर्थात् हाइपो थाइराइड ९० प्रतिशत बढी छ। त्यसकारण महिलाहरु र हर्मोन कम हुने रोगीको संख्या संसारमा धेरै छ। यस्तो खालको रोग पत्ता लगाउन सामान्यतयस् चिकित्सकले शंका गरिसकेपछि रगतमा टी¬थ्री, टी–फोर र टी– एस एच हर्मोन परीक्षण हुन्छ। त्यो परीक्षण गर्दा थाइराइड हर्मोन बढी भएको र कम भएको डाक्टरले पत्ता लगाउँछन्।
जीवनभर औषधि खानुपर्ने पनि हुनसक्छ -नियमित अौषधि सेवन गरेर ३्/३ महिनामा अवस्था के भयो भनेर फेरि परीक्षण गर्नुपर्छ। कतिपयले जीवनभर नै खानुपर्छ भने कतिपयको १२, १५ महिना अौषधि खाएर निको हुन्छ। त्यो रागतको परीक्षण बाहेक कहिले काहीं भाइरलले अन्य संक्रमणले असर गर्ने भएकाले आफैं निष्क्रिय भएएको हो की अन्य चिजले आक्रमण गरेको हो भनेर एन्टीबडी चेक गर्न सकिन्छ। थाइराइडको भिडियो एक्सरे गर्न सकिन्छ। क्यान्सर हो की सामान्य सुनिएको हो भनेर छुट्याउन सिरिन्जबाट पानी तानेर क्यान्सर हो होइन भनेर छुट्याउन सकिन्छ। अझै बढी सिटी स्क्यान र आयोडिन स्क्यान टेष्ट पनि हुन्छ। तर त्यसको धेरै जरुरी हुन्न। थाइराइड लो लाई औषधीबाटै समाधान गर्ने हो। थाइराइड हाइ भयो भने कहिलेकाही अपरशेन गर्नुपर्ने र कहिलेकाही रेडियो आयोडिन थेरापी गर्नुपर्ने हुन्छ। थईराईड खानपानसँग धेरै सम्बन्ध नराख्ने रोग हो।
कारण के हुनसक्छ- अहिले पहिलेजस्तो अर्गानिक कुरा पाइँदैन। थाइराइड हर्मोन कम हुनुमा जिम्मेवार प्राकृतिक खानपान छोड्दै जानु, हाइब्रिड पदार्थ वा विषादि प्रयोग भएका खानेकुरा बढी सेवन गर्नु नै हो। ग्रन्थीमा गएर त्यस्ता तरकारी र फलफूलका विषादी गएर अंगमा बस्नु र निकाल्न सक्ने रस निकाल्न नसक्नु गर्मी बढी हुनाले प्रकाशको किरणले असर गर्नु जस्ता कारण यो रोगले आक्रमण गर्छ। यो रोगका बिरामीहरुले विशेषगरी गोइट्रोजन फुड कम खानुपर्छ। तरकारीमा बन्दाको अत्याधिक प्रयोग, काउलीको डाँठ पात, बेथेको साग, स्टोर गरेका फुडहरु, गाडेको अचार, अमिलो दही, पुरानो गुन्द्रुक, मस्यौरा थाइराइड बढाउने खानेकुरा हुन्। यिनलाई कम गर्नुपर्छ। पानी प्रशस्त पिउनु पर्छ। फ्याट चिजहरु खानु हुँदैन। रातो मासु खानु हुँदैन। थाइराइडका बिरामी धेरै मोटो हुने हुनाले बिहान हिँड्ने गर्नुपर्छ। रोग भए पनि कन्ट्रोल हुने हुनाले उनीहरूले रक्तदान भने गर्न सक्छन्। थाइराइडका बिरामीहरुमा रगतमा क्याल्सियम, भिटामिन डी आदिको मात्रा कम हुन्छ। थाइराइडसँग रगतमा बोसोको मात्रा बढ्ने र कहिलेकाही मुटुमा समेत असर पार्नसक्ने हुन्छ।
महिलाहरुले ध्यान दिनुपर्ने कुरा- विशेषगरी गर्भवती महिनाहरुमा गर्भ रहने कुरामा पनि असर गर्ने र गर्भ बसिहालेपनि बच्चामा बोधोपन आउने हुनाले गर्भ रहनुभन्दा पहिला नै थाइराइड छ कि छैन भनेर परीक्षण गर्नु राम्रो हो। हर्मोन कन्ट्रोलमा छ भने बच्चा जन्माउन कुनै समस्या हुन्न। बच्चा पेटमा छ भने पनि अौषधि छोड्नु हुँदैन।
कोदो नेपालको चौथो बालि भनेर चिनिने पौष्टिक तथा औषधीय गुणयुक्त खाद्यबालि हो । पहाडि क्षेत्रमा मकै भाचेपछि साउनको पहिलो सातातिर यसलाई कतै बिउ छर्ने कतै रोप्ने गरिन्छ । घुन तथा अन्नमा लाग्ने अन्य किराहरुले कोदोलाई नष्ट गर्न सक्दैन । लामो समयसम्म कोदोलाई स्टोर गरेर राख्न सकिन्छ ।
बिभिन्न अनुसन्धानले कोदामा मकै भन्दा ३.७ गुणा, चामल भन्दा २.३ गुणा र गहु भन्दा १.५ गुणा बढि आइरन पाइन्छ भन्ने देखाउछ । त्यस्तै कोदोमा चामल र मकै भन्दा ३५ गुणा र गहुभन्दा ८ गुणा बेसि क्यालसियम पाइन्छ । गुरुङ, मगर, राई, लिम्बुहरुको धार्मिक कार्यमा भने कोदोको परिकार अनिवार्य रुपमा प्रयोग गरिन्छ । कोदोको रोटि, ढिडो, पुवा, घरेलु मदिरा, खोले परम्परागत रुपमा बनाइन्छ । शहरबजारमा भने बेकरी परिकारका रुपमा पाउरोटि, बिस्कुट, केक, आदि बनाउन थालिएको पाईन्छ । कोदोमा पाइने तत्वहरु ः काब्रोहाइड्रेड प्रोटिन क्यालसियम चिल्लो पदार्थ थाईमिन तथा रेसादार बस्तु फाइबर भिटामिन इत्यादि ।
कोदोको परिकार सेवनका फाइदा ः
अडिलो खानाको रुपमा चिनिने कोदो तौल नियन्त्रण तथा तौल घटाउन मद्दत गर्दछ । कोलेस्ट्रोल घटाएर मुटु रोगको जोखिमबाट छुटकारा कोदोमा रहेको पोटासियम, म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा सघाउ । प्रशस्त क्यालसियमले हाड बलियो बनाउन सहयोग गर्दछ । नियमित सेवनले कब्जियत र ग्यासको समस्यामा औषधिय प्रभाव राख्दछ । शरीरलाई आवश्यक प्रोटिनको मात्राको अत्याधिक परिपुर्ति गर्दछ । बालबालिकाको दिमागको विकास तिव्र गतिमा बढ्ने । हाड मजबुत र शरिरको संरचना विकास, दातको विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्दछ । चिल्लो विना पकाएको कोदोको खोलेले घाटिको टन्सिल वा खटिरा निको पार्दछ । आइरन चक्कि खाने गर्ववतिका लागि कोदो अति उपर्युत खाघान हो भने पाचन प्रकृयामा पनि सहजता रहन्छ ।
मध्यपान आफैमा हानिकारक वस्तु हो, तर रक्सिको लतमा लागेका मानिसका लागि खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो रहेकोले अरु रक्सिको तुलनामा कोदोको रक्सीबाट कम असर रहने बैज्ञानिकको पुष्टि छ । आयातीत खानामा पोषण कम रहनाले बच्चाहरुमा कुपोषणको समस्या बढि देखिन थालेकोले स्वास्थ्यविद्हरुले बालबालिकालाई कोदोको परिकार खाने सल्लाह दिन थालेका छन् । आफ्ना बच्चाहरुलाई कोदो, गहु, मकै, जस्ता खाधान्नबाट बनेका, घरेलु÷परम्परागत रुपमा बन्दै आएका परिकार खुवाउने बानि बसालि स्वस्थ र तन्दुरुस्त बनौ ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरूले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले महाभियोगको प्रश्न संसद्को विषय भएको धारणा राखेका हुन् । श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्।
उनले बिचौलियालाई न्यायपालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरूले संस्थागत र व्यक्तिगत रूपमा सुझाव दिएको कार्यक्रम मार्फत स्मरण गराए । न्यायालयमा विकृति, विसङ्गति मौलाएको कुरा उठेको र यी चिज रोक्नको लागि आफूहरूले बारम्बार भनिरहेको सुनाए । उनले न्यायपालिकाभित्रका विकृति, विसङ्गति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्य योजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले रिपोर्टसमेत दिइसकेको बताए । उनले भने,‘न्यायपालिकाको सुधारको लागि साउन १४ गते हामीले रिपोर्ट दियौँ, न्यायपालिकाको नेतृत्व सचेततापूर्वक लाग्ने हो भने यो रिपोर्टले ८० प्रतिशत सुधार हुन्छ ।’
वेद नै अव विज्ञान सरी धर्म नै अव भुगोल पारी अग्रता पनि विदेशी कालि अज्ञानी हामी विज्ञान जानी उमा शिव सुशिला एम ज्ञान हरायो विदेशी काम जय माँ दुर्गा जय माँ कालि फर्काइ देऊ सत्य अवोध जानी ओम हरी नाम -ओम हरी नाम (४)
संस्कार सबै कालो रंग सरी मधुशाला अब संस्कृति माथी सेतो रंग पनि विजया पारी पितृको ज्ञान विज्ञान माथि(४) महेश सावीत्री–माधव माधवी नाम हरायो अप्सरा काम जय माँ दुर्गा जय माँ काली फकाई देऊ सत्य ओम हरी नाम
जीवन सबै अप्सरा ठानी उत्सव अब विकृति माथि र्सिजना सबै समुन्द्र पारि विजया पनि अप्सरा रानी भक्तहरु अब इन्द्रका शिर संस्कार हरायो शम्भुको पीर जय माँ दुर्गा जय माँ काली फकाई देऊ
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ। स्थायी समितिको बिहीबार बसेको बैठकले चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
बैठकले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, आनन्द पोखरेल, विनोद श्रेष्ठ, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल लगायतका छन्।
असोज १५–१७ गतेसम्म भएको पहिलो विधान महाधिवेशनले पार्टीको १०औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको थियो तर बिहीबारको स्थायी समिति बैठकले चितवनमा गर्ने निर्णय गरेको हो। मंसिर १०–१२ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुने भएको छ। कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशनको मिति तय भएको छ। पार्टी प्रवक्ता ज्ञवालीले तोकिएकै मितिमा वडा र पालिका अधिवेशन हुने बताएका छन्।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाई दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सीके राउत नेतृत्वको पार्टीका १७ जनाविरुद्ध प्रहरीले शुक्रबार आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।
‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउतका १७ जना कार्यकर्तालाई मुद्दा चलाइएको छ ।
बिहीबार दिउँसो कुशवाहालाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता र कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिरहा, सर्लाही र महोत्तरीका छन्।
मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर छन् । ‘यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ,’ डीएसपी बस्नेतले भने ।
पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जिप सोमबार अपराह्न दुर्घटना भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अपराह्न २ बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी १ सय १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको छ ।जिप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।