Author: Dwarika Pokhrel

  • सार्कको परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक रद्द

    सार्कको परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक रद्द

    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

    न्युयोर्कमा यसै हप्ता हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक स्थगित भएको छ । सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ ।

    सार्क सचिवालयले सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारी सहितको पत्र पठाइसकेको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका कारण बैठक रद्द भएको जनाएका छन् । पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको बताइएको छ । तर यसबारेमा पाकिस्तानले भने औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन ।

  • घुडाको चोटको कारण मेस्सिले मेजविरुद्धको खेल गुमाउने

    घुडाको चोटको कारण मेस्सिले मेजविरुद्धको खेल गुमाउने

    पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल घुँडाको चोटका कारण गुमाउने भएका छन् ।

    मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् ।

    पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ ।

    मेस्सीको घुँडाको एमआरआई गर्दा हड्डीमा चोट नै देखिएपछि भने अब उनले आगामी खेल गुमाउने भएका हुन् । पीएसजीले मेसीले ४८ घण्डाभित्र फेरि फलोअप गर्नुपर्ने समेत जनाएको छ ।

    ३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए ।  सिटीसँग खेल्नुअघि पीएसजीले शनिबार मोन्टेपिलरसँग खेल्दैछ।

  • परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

    परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

    नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।

    सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

    खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको उनले बताए ।समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

  • गीताको सार

    गीताको सार

    हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो धार्मिक ग्रन्थ वेद हो । वेद चार वटा छन् ऋग्वेद, सामवेद, यजुर्वेद र अर्थर्ववेद । यी चार वेदको निष्कर्ष उपनिषद् ग्रन्थ हो । उपनिषद्बाटै १८ पुराण बनेका हुन् । सबै वेद, उपनिषद् पुराणको निष्कर्ष गीता हो । त्यसैले श्रीमद्भागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थ मानिन्छ । यो ऐतिहासिक हिन्दग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको ग्रन्थ हो । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । यसमा १८ अध्याय छन् ।
    श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। अर्जुनले महाभारत लड्दिन भनेर अज्ञानी भएका बेला श्रीकृष्णजीले राम्रो ज्ञान प्राप्तिका लागि गीताको ज्ञान भनेर सुनाएको हो । तै पनि अर्जुनलाई चित्त नबुझेकोले भगवान् श्रीकृष्णजीले अर्जुनलाई विश्वरूप दर्शन दिएर प्रस्ट पारी ज्ञान प्राप्ति गरिदिएको हो । अर्जुनलाई महाभारत लड्न तयार गरिदिएको हो । यसरी निष्कामना अर्जुनमा उत्पत्ति गराइदिएको हो । यो सबै ज्ञानलाई गीतामा भगवानले १८ अध्यायमा मनन चिन्तन गराएका हुन् । तिनै १८ अध्याय हिन्दु धर्मको मुख्य महत्त्वपूर्ण धर्मको नियम स्वरूप हो ।

    यिनै १८ अध्यायको कुरालाई सारांशमा हेर्दा भगवानको १८ ईश्वरीय कानुन ( १८  कमाण्डमेन्टस् ) भनेर हामीले  बुझ्नुपर्छ । ईश्वरीय कानुन भन्नाले हामी मानिस १८ वटा नियमलाई पालना गरी जीवन चलाउन भवसागर तर्नलाई अर्पण गर भनी भगवानको आदेश हो ।

    श्रीमद्भागवत गीता हामीले पढ्न पाएका हुँदैनौँ । यो ब्यस्त जीवनका बीचमा पढ्ने फुर्सद पनि कहाँ मिल्छ र ? त्यसैले
    गीताको १८ अध्यायको मुख्य सार कुरा यस्तो छ । यसबाट आफ्नो जीवनलाई सुधार्नुहोस् र लाभ उठाउनुहोस् ।

    १८ अध्यायका १८ सार१       किन व्यर्थ चिन्ता गर्छौ ? को देखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
    २      आत्मा न जन्म लिन्छ न मर्छ ।
    ३      जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै  हुनेछ ।
    ४      तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान  चलिरहेको छ ।
    ५      तिम्रो के गएको छ र तिमी रुन्छौ ?
    ६      तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
    ७      तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
    ८      तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ ।
    ९      खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
    १०     तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
    ११     परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
    १२     एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
    १३     मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ ।
    १४    तिमी आफू आफै भगवान्मा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो ।
    १५    जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ ।
    १६    मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ । त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ ।
    १७    तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ ।
    १८    यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।

  • खानपिनमा ध्यान नदिए बनिएला टाइफाइटको सिकार

    खानपिनमा ध्यान नदिए बनिएला टाइफाइटको सिकार

    काठमाडौँ । गर्मी यामसँगै अहिले हावाहुरी तथा वर्षाको समय छ । यस्तो समयमा खानेपानी लगायत वातावरण नै प्रदुषणबाट ग्रषित छ । अझै भनौँ, यस्तो समयमा विशेष ध्यान नपुर्‍याउनाले मानव शरिरमा विभिन्न संक्रमण हुन जान्छ । मानव मात्र नभई अन्य पशुपक्षी, जिवजन्तुलगायतमा पनि संक्रमण देखा पर्न सक्दछन् । गर्मी याममा खास गरि टाइफाइड, रुघाखोकी लगायतको बढि नै संक्रमण हुन्छ । यहाँ हामीले टाइफाइड र यसका लक्षण तथा यसबाट बच्ने उपायहरुबारे चर्चा गरेका छौँ ।

    टाइफाइड

    अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी ९मुख्य० र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो।

    लक्षण

    -शरीरमा हनहनी ज्वरो आउने
    -रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने
    -कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुने
    -शरीर गल्ने र खान मन नलाग्ने
    -औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो नघट्ने


    टाइफाइड भएमा के गर्ने
    रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ । रगत परिक्षणबाट टाइफाइड भएको पक्का भएपछि यसको घरेलु उपचार गर्न सकिन्छ । बिरामीलाई हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी लगाउनुपर्छ । त्यसपछि हलुका लुगा लगाइदिएर विरामीलाई खुल्ला ठाउँमा राख्नुपर्छ ।

    कतिपय व्यक्ति ज्वरो आएमा बाक्लो लुगा लगाउने, मुख छोपेर बाक्लो लुगा ओढ्ने गर्छन् तर यसो गर्नुहुँदैन । यसो गर्दा ज्वरो झन बढ्न जान्छ । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्नुपर्छ ।

    सरसफाईमा विशेष ध्यान

    टाइफाइड जस्ता रोगहरुबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ । खुला ठाउँमा दिसा पिसाप गर्नुहुँदैन । शौच गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । खाना खानुभन्दा अगाडी साबुन पानीले हात धुनुपर्छ । पिउने पानी उमालेर मात्र खानुपर्छ । घर, सुत्ने कोठा सफा राख्नुपर्छ । बिरामीले लगाउने लुगा र प्रयोग गर्ने बेडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

    बिरामीले के खाने

    टाइफाइडले आन्द्रामा संक्रमण गर्छ । त्यसकारण टाइफाइडका बिरामीले झोलिलो वा नरम खाना खानुपर्छ । प्रशस्त मात्रामा पानी वा झोलिलो पदार्थको सेवन गर्नुपर्छ । यो रोगका बिरामीका लागि जावलो सबैभन्दा उत्तम खाना मानिन्छ ।

    के नखानेटाइफाइडका बिरामीले अमिलो, पीरो र कडा खालको खाना खानुहुँदैन । फोहोर एवं दुषित पानी पिउनु हुँदैन । नरम खालका फलफूल सेवन गर्न सकिन्छ । माछा, मासु र चिल्लोजन्य पदार्थबाट टाढा रहनुपर्छ । यदि कसैलाई टाइफाइड भएको छ भने उसले पूर्णरुपमा संचो नभएसम्म भान्साका काममा लाग्नुहुँदैन ।