Author: Nabin Bhattarai

  • कांग्रेस केन्द्रीय समिति बैठक आज, गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी

    कांग्रेस केन्द्रीय समिति बैठक आज, गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी

    काठमाडौँ :
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक निर्णय गर्ने तयारी गरेको नेताहरूले जनाएका छन्।

    विशेष महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पहिलोपटक सानेपामा भेला हुन लागेका हुन्। सभापति थापाले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक सुरु हुने कार्यक्रम छ।

    कांग्रेस उपसभापति पुष्पा भुसालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उद्देश्यसहित बैठक बोलाइएको हो। बैठकमा निर्वाचन अभियान सञ्चालनका लागि आवश्यक समिति गठन गर्नुका साथै वर्तमान राजनीतिक परिस्थितिबारे पनि विस्तृत छलफल हुने बताइएको छ।

    गगन थापा गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। बैठकपछि थापा चुनावी प्रचारका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ जाने कार्यक्रम तय भएको छ।

    यसअघिको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार बनेका छन्। उनले माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन्।

  • आज माघ शुक्ल पञ्चमी, सरस्वती पूजा

    आज माघ शुक्ल पञ्चमी, सरस्वती पूजा

    काठमाडौं :
    ज्ञान, कला र विद्याकी देवी सरस्वतीको पूजा आज माघ शुक्ल पञ्चमीका दिन देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आज बिहानैदेखि मन्दिर तथा शैक्षिक संस्थाहरूमा सरस्वती पूजाको तयारी तथा पूजाआजा सुरु गरिएको छ।

    सरस्वती पूजाका अवसरमा विद्यार्थीहरूले कलम, किताब, कापी, वाद्यवादन लगायत अध्ययन सामग्री देवी सरस्वतीलाई अर्पण गरी ज्ञान, बुद्धि र सृजनशीलताको कामना गर्ने परम्परा रहेको छ ।धार्मिक विश्वासअनुसार आजको दिन अक्षरारम्भका लागि शुभ मानिन्छ।

    विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरूमा आज विशेष पूजा, भजन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। बिहानको समयमा मन्दिरहरूमा पूजाआजा सुरु भए पनि भक्तजनको उपस्थिती क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ।

    सरस्वती पूजालाई विद्यार्थी तथा शिक्षक समुदायले विशेष महत्वका साथ मनाउँदै आएका छन्।