Blog

  • सुनको मूल्य विहीबार कति?

    सुनको मूल्य विहीबार कति?

    काठमाडौं । विहीबार नेपाली बजारमा सुनको भाउ एक हजार रुपैयाँले बढेको छ ।

    सुनको भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधवार सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

    त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ वुधवार जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

  • सरकार परिवर्तन हल्लामात्रै हो : लेखक

    सरकार परिवर्तन हल्लामात्रै हो : लेखक

    गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे  बताए ।

     आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए   । उनले भने – दुईदलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्ताे छलफल भएकाे छैन । उनले २०८४ सम्म याे गठबन्धन कायम रहने बताउँदै अबकाे १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेखगरे ।

    प्रधानमन्त्रीकाे चिन भ्रमणकाे बिषयलाई लिएर दुई दल बिच खटपट भएकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे बिषयलाई लिएर वेकामकाे हल्ला चलाईएकाे बताए । उनले भने – एमाले र काँग्रेस बिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छाै, २०८४ काे निर्वाचन सम्म सहज मिलेर जान्छाै ।

    नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जानू परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाढी जानू भयाे भन्ने बिषय सामान्य रहेकाे उल्लेखगरे । उनले भने – प्रधानमन्त्रीकाे चिन भ्रमणकाे मिति तय भैषकेकाे छ, चिन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ । सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताए । उनले अब नयाँ कार्ययाेजना सहित शान्त्ती सुरक्षा कायम हुने बताए ।

  • मौसम कस्तो छ ?

    मौसम कस्तो छ ?

    काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ६ मङ्सिर : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । 

    बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

    केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।

    आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ । 

    यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

    यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

    यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १३ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

  • इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।

    ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

    प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र अन्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे । “हामी विश्व शान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ ।’’, प्रधानमन्त्री ओलीले भने, “हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ ।’’
    भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए ।

  • एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

    एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन


    काठमाडौँ, ५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ । यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो ।

    नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गर्नुभयो ।
    
    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
    
     उहाँले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । 
    
    सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद  र अमित श्रेष्ठ छन् ।
  • अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएकाे छ । श्री चैतन्य सारस्वत संस्थान, नृसिंहपल्ली, नवद्वीप धाम, WB, भारत, भक्तिवेदान्त संस्थान, प्रिन्सटन, प्रिन्सटन, NJ, USA, श्री चैतन्य सारस्वत सभा, काठमाडाैं-नेपाल, सनातन अध्ययन प्रतिस्ठान नेपालको आयोजना र अक्षरा स्कूल, काठमाडाैंकाे सहआयोजनामा उक्त सम्मेलन हुने भएकाे हाे ।

    उक्त सम्मेलनमा नेपाल, भारत, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रका प्रतिष्ठित विद्वानहरुको सहभागिता रहेको छ । आधुनिक विज्ञानको कथित रूपमा यूरोसेन्ट्रिक परिप्रेक्ष्यलाई बढावा दिने, पश्चिमी सांस्कृतिक मूल्यहरूलाई प्राथमिकता दिने र अरूलाई सीमान्तकृत गरेकोमा आलोचना गरिएको छ । डार्विनको विकासको सिद्धान्त जस्ता अवधारणाहरू प्रस्तुत गरिएको छ, जसले जीवनको उत्पत्ति र विकासको बारेमा पूर्वाग्रही अध्ययनलाई बलियो बनाउँछ, जसले वैज्ञानिक प्रगतिको नाममा गैर-पश्चिमी संस्कृतिहरूलाई व्यवस्थित रूपमा कम मूल्याङ्कन गर्छ । यस सम्मेलनले जीवनको उत्पत्ति र विकासको सन्दर्भमा भौतिक सिद्धान्तहरूको वैज्ञानिक कमजोरीहरूलाई प्रकाश पार्न खोज्छ, जबकि वेदान्तिक ज्ञानले आधुनिक विज्ञानलाई यी चुनौतिहरूको सामना गर्न कसरी परिष्कृत तर्कसंगतता र विश्वव्यापी एकताप्रति प्रतिबद्धताका साथ सूचित गर्न सक्छ भन्ने प्रदर्शन गर्दछ ।

    संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल सरकार, डीएभी, काठमाडौं र त्रिभुवन विश्वविद्यालयको सहयोगमा भएको सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बद्री पाण्डेले औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटन दिन बिहान ९ बजेदेखि १२ बजेसम्म उद्घाटन सत्र र मुख्य भाषण हुनेछ, त्यसपछि बेलुका ६ बजेसम्म तीनवटा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुत गरिनेछ । दोस्रो दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पाँचवटा प्राविधिक सत्र हुनेछ, जसको समापन सत्र हुनेछ ।

    श्रीलभक्त माधव पुरी महाराज, पीएच.डी., श्रील भक्ति निस्कम शान्त महाराजा, पीएच.डी. सहित विद्वानहरूको प्रतिष्ठित भेला तथा श्रीलभक्तिविज्ञान मुनि महाराज, पीएच.डी., संहिताशास्त्र अर्जुन बास्तोला, श्री चैतन्य कृष्ण प्रभु, वरिष्ठ न्यूरोलोजिस्ट डा. जे.पी. अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. अच्युत तिवारी, प्राध्यापक डा. रामेश्वर अधिकारी, प्राध्यापक मोहन राव, प्राध्यापक एम.वी. जगन्नाधाम, डा गर्ग चटर्जी, डा कुमार भान्का, सहप्राध्यापक डा गोपीचन्दर काफ्ले, सहप्राध्यापक डा निर्मलमणि अधिकारी, सहप्राध्यापक डा चित्रबहादुर बानियाँ, सहप्राध्यापक डा. दीपेन्द्र पराजुली र उपप्राध्यापक गोपीचन्द्र पराजुली, उपप्राध्यापक डा. कार्यक्रममा भरत गिरी, डा. भुवनेश्वरी राव र श्रीपाद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासी र अन्य धेरैले आफ्नो अनुसन्धानको निष्कर्षलाई पेपर प्रस्तुतीकरण मार्फत साझा गर्नेछन् ।

    सम्मेलनपछि प्रमुख वक्ताहरूले काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका बारेमा पनि आफ्नो अन्तर्दृष्टि साझा गर्नेछन् । साथै, भारतको पश्चिम बंगालस्थित श्री चैतन्य सारस्वत मठका आचार्य श्रीलभक्ति निस्कम शान्त महाराज, पीएच.डी., सेवात वर्तमान आचार्यले काठमाडौंको दक्षिणकालीको बसानिमहलमा रहेको बामनदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम छ ।

  • जेनेस सलुशन तथा कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य

    जेनेस सलुशन तथा कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य

    काठमाडौँ – सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को संयुक्त प्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’ स्थापना गरिएको छ।

    स्थानीय युवाहरुलाई उच्चस्तरीय प्राविधिक तालिम, अनुभवजन्य सिकाइ र पेशागत विकासद्वारा सशक्त बनाउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको जेनेस सलुशनले जनाएको छ।

    गत शनिबार काठमाडौँको मूलपानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले युवाहरुमा रोजगारमूलक सीप सिकाउन गरिएको यो प्रयास निकै सह्राहनीय भएको बताउनु भयो। उहाँले ठूलो संख्यामा युवाहरु विदेश गै रहेका बेला उनीहरुलाई सीप सिकेर स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने अभियान थालेकोमा जेनेस सलुशनलाई हार्दिक धन्यवाद दिनु भयो। उहाँले जीटेकसंग नगरपालिकाले सहकार्य गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो।

    कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयालले आफ्नै समुदायमा बसेर संसारमा विकास भै रहेको अत्याधुनिक प्रविधि सिक्ने सिकाउने अवसर प्रदान गरेकोमा जेनेस सलुशनलाई हार्दिक धन्यवाद दिनु भयो। उहाँले अहिलेका युवाहरुले विभिन्न डिग्री हासिल गरे पनि रोजगारी पाउन नसकेको बताउंदै उनीहरुको सीपलाई रोजगारीसंग जोड्न आवश्यक भएको बताउनु भयो। उहाँले जेनेस सलुशनसंग सहकार्य गर्न पाउँदा आफुहरु निकै खुसी भएको पनि जनाउनु भयो।

    ” जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक) को स्थापना जेनेस सलुशन र कागेश्वरी मनोहरा वार्ड नं. ६ बीच समुदाय सशक्तिकरणको प्रतिबद्धता हो। यस सहकार्यले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने, युवाहरुमा सीप विकास गर्ने र नव प्रवर्तनको संस्कारलाई प्रोत्साहन गर्नेछ। जीटेकले केवल तालिम केन्द्र मात्र नभएर अवसर, समावेशिता, र उत्कृष्टताको केन्द्रका रूपमा पनि काम गर्ने छ,” जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले भन्नु भयो।

    जीटेकले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स जस्ता आधारभूत तथा आधुनिक प्रविधिहरू समेटेको पाठ्यक्रम प्रदान गर्ने र यसबाट सहभागीहरूलाई रोजगार वृद्धि गर्नका लागि आवश्यक सीप प्राप्त हुने फुयालले जनाउनु भयो ।

    सोही अवसरमा महिलाहरूलाई प्रविधिमा प्रोत्साहन गर्नुका साथै प्रविधिमा सफल हुन वातावरण बनाउन ‘गर्ल्स इन टेक’ समूह पनि स्थापना गरिएको छ।

    स्थानीय स्टार्टअपहरुलाई सहयोग पुर्‍याउन केन्द्रले एक नवप्रवर्तनात्मक इनक्यूबेटर स्थापना गर्नेछ जहाँ इच्छुक उद्यमीहरूलाई मार्गदर्शन, स्रोतसाधन र नेटवर्किङ प्रदान गरिनेछ। त्यस्तै नियमित समुदाय कार्यक्रममा प्राविधिक छलफल र कार्यशालाहरू आयोजना गरी प्रविधिमा चासो बढाउने र सहभागीहरूको ज्ञानको विस्तार गरिने पनि जनाइएको छ।

    केन्द्रले प्रविधि सीप बूटक्याम्प मार्फत आधिकारिक प्रमाणपत्र समेत प्रदान गर्ने गरी वेब विकास, डेटा साइन्स, एआई र साइबर सुरक्षा जस्ता छोटो अवधिका कोर्सहरू संचालन गर्ने छ।

    अहिले सम्म केन्द्रमा कागेश्वरी मनोहरा नगरपालिकाका झन्डै ७० जना युवाहरु आबद्ध भै सकेको जेनेस सलुशनले जनाएको छ।

  • शान्ति सम्झौताका १८ वर्ष

    शान्ति सम्झौताका १८ वर्ष

    द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए ।

    दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन । राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भए । नेपालको विशेषतामा अगाडि बढेको शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको पीडितलाई राहत, क्षतिपूर्ति तथा परिपूरण गर्ने र द्वन्द्वका कारणहरुको खोजी गरेर आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल जरुरी छ । सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो ।

    जनताका प्रतिनिधिले लेखेको संविधान जारी भयो । नेपाली नागरिक खास अर्थमा सार्वभौम भए । यस्तै, हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भएपनि द्वन्द्वपीडितले न्याय पाउन नसक्दा समाजमा असन्तुस्टि कायमै छ । आफन्त बेपत्ता भएका नागरिकको व्यग्र प्रतिक्षाले कहिले पूर्णता पाउने हो प्रश्नहरु कायम छ । बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्ने, घाइतेको उपचार र क्षतिपूर्ति, पीडित परिवारको जीविका, स्वास्थ्य, शिक्षालगायतका विषयमा अपेक्षित काम हुन नसकेको गुनासो व्याप्त छ ।

    सरकारले पछिल्लो पटक २०८० साल चैत ३० गते सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिवारका व्यक्तिको छानबिन आयोगमा आयोगमा पदाधिकारी सिफारिस गर्न लागि ‘सिफारिस समिति गठन’ गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्नेछ । हाल आवेदनको प्रक्रिया चलीरहेको छ । द्वन्द्वपीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन भन्ने सरकार र सम्वद्ध राजनीतिक दलको समान मत भएपनि कानुन निर्माणमा नै एक दशक लाग्दा केही आशङ््का भने कायमै थियो । पछिल्लो पटक राजनीतिक सहमतिका आधारमा संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भएकाले अब भने पीडितले न्याय पाउने आधार तय भएको छ । शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि प्रविद्ध रहेको उल्लेख थियो ।

    सोही उद्देश्यका साथ सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गरेपनि काम पूरा नभई आयोग पदाधिकारीविहिन हुन पुग्यो । दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म जिम्मेवारी पूरा गरे । पछिल्लो पटक २०७९ साउन १ गतेदेखि आयोग पदाधिकारीबिहीन छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ उजुरी दर्ता भएको छ । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

    आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ । लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भइ कार्यान्वयनमा आइसकेको छ । ऐनमा दुई आयोगका सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गरिसक्नुपर्ने र पदाधिकारीको पदावधि नियुक्ति भएको मितिले चार वर्षको हुने व्यवस्था छ ।

    ऐनले गरेको व्यवस्थाअनुसार सरकारले आयोगको कामलाई तीव्रता दिन जरुरी छ । पीडितले न्याय पाएको अनुभूति हुने गरी आयोगले काम गर्नुपर्ने धेरैको मत छ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे वर्गीय, जातीय, लिङ्गिय, सांस्कृतिक उत्पिडनविरुद्ध आफूहरुले ‘जनयुद्ध’ लडेको स्मरण गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको मूल विषयका आधारमा सबै सरोकारवाला पक्ष अगाडि बढ्न्पर्ने बताउनुहुन्छ ।

    शान्ति प्रक्रिया टुङ्गो लगाउनका लागि सहमति अनुसार समयसीमा निर्धारण भइ छ महिनामा टुङ्गो लगाउने भनिएपनि विविध कारणका कारणले अगाडि बढन नसकेको उहाँको भनाइ छ । राजनीतिक परिवर्तन अनुरुप नेपाली जनताको आर्थिक विकास प्रक्रिया अगाडि बढ्न नसकेको तथा संविधान निर्माणमै लामो समय लाग्ने जस्ता कारण यसबीचमा देखा परेको उहाँले बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन बनेको सन्दर्भमा विगतका कमी कमजोरी तथा सकारात्मक दुवै पक्षलाई ध्यान दिएर अब प्रक्रिया अगाडि बढ्ने उहाँको कथन छ । बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक हुन नसक्ने विषयले सबैभन्दा बढी पीडा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शहादत हुनेले त देशका लागि बलिदान गरे भनेर चित्त बुझाउन सक्छ । तर, बेपत्ता नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद् छ ।”

    देशलाई अगाडि बढाउन कमी कमजोरी सुधार गरेर, नपुगेका काम पूूरा गर्दै जानुपर्ने छ । ऐनमा भएको व्यवस्थाअनुसार, अब शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने नेता पाण्डेले विश्वास व्यक्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मुलुकको हित हेरेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारको नियन्त्रण, उद्योग धन्दाको प्रवद्र्धन, राष्ट्रियताको प्रवद्र्धनलगायतका काम गरिएमात्रै वास्तविक अर्थमा शान्ति कायम हुन सक्ने उहाँको मत छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया शान्ति प्रक्रियाको बाँकी रहेको काम शीघ्र निष्कर्षका पु¥याउने गरी सरकारले काम गरिरहेको बताउनुहुन्छ ।

    “विस्तृत शान्ति सम्झौताको धेरै काम सकिए पनि सत्य अन्वेषण गरी पीडितलाई न्याय दिने काम पूरा हुन सकेको छैन”, मन्त्री चौरसियाले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको काम अघि बढिसकेको छ, अब जतिसक्दो छिटो पीडितले न्याय पाउनेछन् ।” पीडितले पूर्ण रुपमा न्याय पाएको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्वद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने साझा मत रहँदै आएको छ । राजनीतिक सहमतिका आधारमा ऐन निर्माण भएको, आयोगका पदाधिकारी छनौटको प्रक्रिया सुरु भएको सन्दर्भमा पछिल्ला दिनमा पीडितले न्याय पाउने आशा भने बढेर गएको अनुभव गर्न सकिन्छ ।

  • अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो

    अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो


    काठमाडौँ, ५ मङ्सिरः नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

    मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

    मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएकामा आजका लागि बढेर एकको खरिददर एक सय ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
    केन्द्रीय बैंकका अनुसार अघिल्लो दिन पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएकामा आजका लागि भने बढेर एकको खरिददर एक सय ७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा, बिक्रीदर ८७ रुपैयाँ ९० पैसा निर्धारण भएको जनाएको छ ।
    साथै आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा, तथा बिक्री दर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५६ पैसा तथा बिक्रीदर एक सय एक रुपैयाँ ०१ पैसा कायम भएको छ ।

    यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।


    यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।


    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

    स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १५ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

    यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १० पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।