Blog

  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा

    २०७९ साउन ३१, काठमाडौँ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको हो । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषय समेत छलफलको एजेण्डा बनेको छ ।
    नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्ने भएपछि सो बारेमा अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनका अन्य दलहरुलाई जानकारी गराएका छन् ।
    यस्तै, बैठकले सिट बाँडफाँटका गठित कार्यदललाई आवश्यक सुझाव दिनेछ।

  • नेता शर्मा पुनः मन्त्री हुने

    नेता शर्मा पुनः मन्त्री हुने

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्।

    स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।

    पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्।

    प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आज नै शर्माले पद तथा गोपनियताको सपथ लिनेछन्।

  • बढ्दै कोरोना संक्रमण : २४ घण्टामा १२१ जनामा कोरोना पुष्टि

    बढ्दै कोरोना संक्रमण : २४ घण्टामा १२१ जनामा कोरोना पुष्टि

    असार २६ गते।


    काठमाण्डौ । पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको हो।

    जसमा एक हजार सात सय जनाको आरटी पीसीआर गर्दा १०४ जनामा र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

    आइतबार परीक्षण गरिएकामध्ये ३.९७ प्रतिशत मानिसमा कोरोना पुष्टि भएको हो। सङ्क्रमितमध्ये सबैभन्दा बढी ७१ जना काठमाडौंमा छन्।

    त्यस्तै २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन्।

    नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

    काठमाडौंमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमितमध्ये ६६२ जना होम आइसोलेसनमा १६ जना अस्पतालमा उपचाररत छन्।

    अस्पतालमा उपचाररत बिरामीमध्ये सात जना आइसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन्।

  • क्रिकेट टोली घोषणा

    क्रिकेट टोली घोषणा

    यही जुलाई ११ तारिखबाट स्कटल्यान्डमा आयोजना हुने विश्वकप लिग–२ र सो प्रतियोगिताअघि क्यानडाको राष्ट्रिय टोलीसँगको एकदिवसीय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

    नेपाली टोलीको उपकप्तानमा रोहित पौडेल छन् । अधिकांश खेलाडी अमेरिकामा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा सहभागी छन् । पवन सर्राफले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा बसिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् ।

    सागर ढकाल र सुसन भारी यस पटक टोलीबाट बाहिरिएका छन् । नेपाली टोलीमा सन्दीप र रोहितसँगै कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमत, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी छन् ।

    नेपालले स्कटल्यान्डमा घरेलु टोलीसँगै नामिबियासँग पनि खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । जुन खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । जुलाई १६ मा नामिबियाको सामना गर्दा अन्तिम खेलमा नेपालले जुलाई १७ मा स्कटल्यान्डविरुद्ध खेल्नेछ ।

    स्कटल्यान्ड भ्रमण अघि नेपालले क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले जुलाई १ मा स्थानीय क्लब ओन्टारियासँग वामअर्प खेल खेल्नेछ । त्यसपछि जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली मंगरबार बिहान क्यानडा प्रस्थान गर्नेछ ।

  • काठमाडौंमा ९ ठाउँमा हैजा देखियो

    काठमाडौंमा ९ ठाउँमा हैजा देखियो

    २ असार, काठमाडौं ।

    काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।

    नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
    कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

    जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

    आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

  • ३७.२७ अंकले घट्यो सेयर बजार

    ३७.२७ अंकले घट्यो सेयर बजार

    ५ असार, काठमाडौं ।

    साताका पहिलो कारोबार दिन आज नेप्से परिसूचक ३७।२७ अंकले घटेको छ । आइतबार १।८९ प्रतिशतले घटेको सेयर बजार १९३४।११ बिन्दुमा आएर रोकिएको छ ।

    आज २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९।९९ प्रतिशतले बढेर ६५६।३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४।०५ प्रतिशले बढ्यो ।

    सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९।५६ प्रतिशतले घटेर २४९।९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

  • काठमाडौंमा भेटिए हैजाको बिरामी

    काठमाडौंमा भेटिए हैजाको बिरामी

    काठमाडौं : काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

    काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो ।

    हैजा पुष्टि भएकी महिलासँगै बस्ने अर्की महिलामा पनि लक्षण देखिएकाले हैजाको आशंका गरिएको अस्पतालले जनाएको छ ।

    दुवैजनाको आईसीयूमा उपचार भइरहेको छ । यस्तै, टेकु अस्पतालमा आजमात्रै झाडापखालाका बिरामी १२ जनाभन्दा बढि इमर्जेन्सी उपचारका लागि आएको उनले बताए ।

  • निगुरो टिप्न गएकी महिला बाघको आक्रमणबाट बेपत्ता

    निगुरो टिप्न गएकी महिला बाघको आक्रमणबाट बेपत्ता

    भरतपुरः निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् ।

    भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो ।

    स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।

    हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको अधिकारीले जानकारी दिए ।

  • टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ

    टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको बिदाइ

    काठमाडौं –
    मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल ९एसीसी० महिला टीट्वेन्टी च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार महिला टोलीलाई बिदाइ गरेको हो।
    राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, व्यवस्थापक बृत्तान्त खनाललगायतले महिला टोलीलाई बिदाइ गरेका हुन्। च्याम्पियनसिपका लागि क्यानले सोमबार रुबिना क्षत्रीको कप्तानीमा १५ सदस्यीय महिला टोलीको घोषणा गरेको थियो। प्रारम्भिक चरणबाट छनोट भएका १९ खेलाडीबाट क्यानले अन्तिम चरणमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा रुबिना क्षत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्। एसीसी टीट्वेन्टी महिला च्याम्पियनसिप असार ३ गतेबाट मलेसियामा सुरु हुँदैछ। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। समूह ‘ए’मा मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, ओमान, कतार र सिंगापुर छन्।
    नेपालले असार ३ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। नेपालले असार ४ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै असार ६ गते बहराइन र असार ७ गते हङकङको सामना गर्नेछ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टीट्वेन्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

  • एयर चाइनाको छङ्तु-काठमाडौं उडान पुनः सञ्चालनमा

    एयर चाइनाको छङ्तु-काठमाडौं उडान पुनः सञ्चालनमा

    बेइजिङ – कोभिड १९ महामारीका कारण एक वर्षदेखि बन्द रहेको चाइना एयरलायन्सको छङ्तु-काठमाडौं उडान पुनः सुरु भएको छ।

    एयर चाइनाको दक्षिणपश्चिम शाखाले आइतबारदेखि यात्रुवाहक ए-३३० विमानद्वारा सिचुवान प्रान्तको राजधानी छङ्तुदेखि काठमाडौंसम्मको यात्रुवाहक उडान एक वर्षपछि पुनः निरन्तर गरेको हो।

    महामारी रोकथाम र नियन्त्रणको सामान्यीकरण अन्तर्गत सिंगापुरबाट उडानहरू पुन सुरु गरेपछिको काठमाडौंतर्फ एयर चाइनाको यो दोस्रो अन्तर्राष्ट्रिय रुट संचालनमा ल्याइएको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्।

    एयर चाइना दक्षिणपश्चिम शाखाले एयरबस ए ३३०-२०० वाइड बडी लामो दूरीको यात्रुवाहक विमानलाई सञ्चालनमा ल्याउने र प्रत्येक आइतबार राउन्ड ट्रिप उडान गर्ने जनाएको छ।

    सिचुवान प्रान्तीय राजधानी छङ्तुस्थित श्वाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने उडानको समय लगभग ३ घण्टा ४० मिनेटको छ।

    यसअघि नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौंबाट युननान प्रान्तको खुनमिङसम्म नयाँ सिधा उडान सुरू गरेको थियो।