Blog

  • पछिल्लो २४ घण्टाको मौसम पुर्वानुमान

    पछिल्लो २४ घण्टाको मौसम पुर्वानुमान

    हाल देशभर सामान्य बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन छ। त्यस्तै बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    त्यस्तै आज राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

    प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।

  • काठमाडौंमा भुकम्पको धक्का महशुस

    काठमाडौंमा भुकम्पको धक्का महशुस

    काठमाडौँ — शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    काठमाडौं बाट ११ किलोमिटर अासपास केन्द्र बिन्दु बनाएर भुकम्प गएको थियो ।

  • थप २८ जनामा कोरोना संक्रमण, १०७ जना सक्रिय संक्रमित

    थप २८ जनामा कोरोना संक्रमण, १०७ जना सक्रिय संक्रमित

    २४ जेठ, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने अहिले भने देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०७ जना होम आइसोलेसनमा रहेका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

  • राजस्व विभागले तोक्यो करको दर

    राजस्व विभागले तोक्यो करको दर

    काठमाडौँ, जेठ २४ गते ।
    काठमाण्डौः आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।

    सोहीअनुसार विभागले सोमबार करको सीमा र लाग्ने दर सार्वजनिक गरेको हो ।

    विभागका अनुसार अविवाहितले वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्नेका लागि १ प्रतिशत कर निर्धारण गरिएको छ तर विवाहितको हकमा छ लाख रुपियाँसम्म कमाउँदा १ प्रतिशत कर तिरे पुग्छ ।

    त्यसैगरी पाँच लाख रुपियाँभन्दा बढी र सात लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र छ लाख रुपियाँभन्दा बढी आठ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितको १० प्रतिशत कर लाग्नेछ ।

    साथै सात लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र आठ लाख रुपियाँभन्दा बढी र ११ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितले २० प्रतिशत कर तिर्नुपर्नेछ ।

    एकल व्यक्तिले वार्षिक १० लाखदेखि २० लाख रुपियाँसम्म र विवाहितले ११ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेले ३० प्रतिशत कर बुझाउनु पर्नेछ ।

    त्यस्तै २० लाखभन्दा माथि आम्दानी गर्ने अविवाहितले ३६ प्रतिशत र विवाहितको हकमा २० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा थप २० प्रतिशतका दरले कर लाग्नेछ ।

    ३० लाख रुपियाँ करयोग्य आय हुने अविवाहितले वार्षिक सात लाख ४५ हजार रुपियाँ र विवाहितको हकमा सात लाख १६ हजार रुपियाँ आयकर बुझाउनु पर्नेछ ।

    एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्त भरणबापत आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा एक प्रतिशत कर लाग्ने छैन ।

  • यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

    यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

    काठमाडौं, जेठ २३ गते।
    काठमाण्डौ : प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिका साथ पारित भएको छ ।

    सभामुखले ‘‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिएको हो ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)ले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

  • आज देशभर जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइदै

    आज देशभर जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइदै

    जेठ २१ शनिबार, २०७९

    काठमाडौ ः आज विभिन्न जनचेतनामूलक कार्यक्रम सहित जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइदै छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त घोषणा सँगै सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रुपमा मनाइने घोषणा गरेको छ ।

    विं स २०२० सालमा तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछुतलाई निषेध गरेता पनि त्यस बेलाको कानुन झन कमजोर,फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने भएकाले कानुनको कार्यान्यन हुन सकेको थिएन् । र यो प्रथा वषाँै सम्म यथावत रहेको थियो ।
    अहिले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको भए पनि अझै देशका विभिन्न क्षेत्रहरुमा सामाजिक व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन् । जातीय भेद्भाव तथा छुवाछुत विरुद्ध कसुर र सजाए ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण व्यवहारमा विभेदको अन्त्य हुन सकेको छैन् ।
    हरेक नेपालीलाई जातीय छुवाछुत तथा भेदभावका विरुद्ध एक ढिका भई दृढतापूर्वक उभिन नसक्दैनन् तब सम्म यसको अन्त्य हुन सक्दैन ।

    नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेद्भाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेद्भाव नगरिने उल्लेख गरिएको छ । यदि यस्तो कुनै प्रकारको भेद्भावपूर्ण व्यवहार, बहिस्कार वा निषेभ गरेको अवस्थामा तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार देखि २५ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

  • पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सवारी साधनको मुल्य घट्यो

    पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सवारी साधनको मुल्य घट्यो

    जेठ २० शुक्रबार,२०७९

    काठमाडौंः यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ ।विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार बेलुकी पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।
    सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको हो ।

    आजैदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन गरिएको विभागले जनाएको छ

  • सांसद थापाले पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग

    सांसद थापाले पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग

    जेठ २० शुक्रबार, २०७९

    काठमाडौंः सांसद गगनकुमार थापा पेट्रोलियम ऐन ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद थापाले पेट्रोलियम ऐन ल्याए मात्रै त्यसले सही बाटो देखाउने बताए ।

    उनले भने, हाम्रो स्टोरेज ८ र १० दिन मात्रैको छ । स्टोरेजको क्षमता बढाउनैपर्छ । पेट्रोलियम ऐन चाहियो हामीलाई । बल्ल त्यसले हामीलाई बाटो देखाउँछ । र, अर्को कुरा नेपाललाई पेट्रोल, डिजेल, एलपिजी ग्याँसमुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजना ल्याउनुपर्ने देखिन्छ ।

    उनले खपत कम गर्ने प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।
    उनले यो बेला भन्सार, मुल्य अभिवृद्धि,सडक मर्मत, अन्तरशुल्क कर घटाएर भएपनि उपभोक्तालाई राहत दिनैपर्ने बताए ।

  • राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थलमा

    राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थलमा

    १९ वैशाख, काठमाडौं ।

    राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको स्माधिस्थल कीर्तिपर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा पुगेकी छिन् ।

    काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यँहा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पगेकी हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाइ प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारी कालु पाँडेको प्रतिमा मा श्रद्घाञ्जलि अर्पण गर्नुभयो ।

  • तारा एयरको विमान दुर्घटनमा परेका  मृतकको शव परिवारलाई हस्तान्तरण

    तारा एयरको विमान दुर्घटनमा परेका मृतकको शव परिवारलाई हस्तान्तरण

    जेठ १९ विहिबार,२०७९
    काठमाडौं ः तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

    पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।