
१९ वैशाख, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढी कोरोना संक्रमण भारतमा पुष्टि भएको छ ।
आज बिहान स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जना संक्रमण पुष्टि भएकाले उल्लेख छ । ९६७ जनाले अघिल्लो पटकको तथ्यांकभन्दा धेरै हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।
भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् ।
दैनिक संक्रमण दर पनि ०।८४ प्रतिशत पुगेको छ ।




















