काठमाडौं ः सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । खुसीयालीमा उनका समर्थकहरुले धन्यवाद ¥याली सुरु गरेका छन्।
राष्ट्रियसभा गृहबाट सुरु भएको र्याली काठमाडौं महानगरको कार्यालयसम्म पुग्ने जनाएको छ।स्थानीय तह निर्वाचनमा भारी मतका साथ डंगोल महानगरको उपमेयरमा विजयी भएकी छन्। डंगोलले निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पछि पार्दै उपमेयरमा विजयी भएकी हुन्।
डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे । काठमाडौंको मेयरमा सत्तागठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे। गठबन्धनबाट चुनाब लडेकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छिन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो गेको छ । शुक्रबार बिहान प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगबाट मेयरमा निर्वाचित भएपछि साहले प्रमाणपत्र लिएका थिए ।त्यपछि उनका समर्थकहरुले उनी मेयरमा निर्वाचित भएकोमा उनको टिम र समर्थकहरुले बधाई र्याली आयोजना गरेका हुन् । मतदान गर्ने सबैलाई धन्यवाद दिन उनको टिमले मेयर साहलाई काठमाडौंका मुख्य मुख्य सडकहरुमा परिक्रमा गराउँदै छ ।नवनिर्वाचित मेयर साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । ुआजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने छौ । शाह काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । ुहामी महानगरवासी सबै एकै परिवार हौं। हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु,ुसाहले भने । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
जेठ ११,२०७९ काठमाडौं ः एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ।बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो।
शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन्। जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेको छ। सबैजसो विद्यार्थीहरुले अझै पुस्तक पाउन सकेका छैन। जसले गर्दा उनीहरुको पढाइ प्रभावित भएको छ।
कूल १ करोड ९८ लाख पुस्तक छपाइ हुनुपर्नेमा हालसम्म १ करोड ६५ लाख पुस्तक छपाइ भएको छ। ३५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।
काठमाडौं- नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।
निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।
धरान ः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राईले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । उनी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् भने मत परिणाम घोषणा गर्न मात्र बाँकी रहेको छ ।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका छन् ।
काठमाडौं ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन्। आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्धारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन्।उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको बताए। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको बताए।थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणा राखेका छन् । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्धारा लिखित विभिन्न लेखहरु संग्रहित गरिएको छ।
Astronauts living aboard the International Space Station opened the hatch for the first time to Boeing’s CST-100 Starliner spacecraft at 12:04 p.m. EDT Saturday, May 21, on its uncrewed Orbital Flight Test-2.
Watch live coverage as astronauts welcome the next-generation spacecraft to the microgravity laboratory on NASA Television, the NASA app, and the agency’s website.
Starliner launched on a United Launch Alliance Atlas V rocket on a flight test to the International Space Station at 6:54 p.m. on Thursday, May 19, from Space Launch Complex-41 at Cape Canaveral Space Force Station in Florida. The uncrewed spacecraft successfully docked to the space station’s Harmony module at 8:28 p.m. EDT Friday, May 20.
For the flight test, Starliner is carrying about 500 pounds of NASA cargo and crew supplies and more than 300 pounds of Boeing cargo to the International Space Station. Following certification, NASA missions aboard Starliner will carry up to four crew members to the station, enabling the continued expansion of the crew and increasing the amount of science and research that can be performed aboard the orbiting laboratory.
The uncrewed flight test is designed to test the end-to-end capabilities of the crew-capable system as part of NASA’s Commercial Crew Program. OFT-2 will provide valuable data toward NASA certifying Boeing’s crew transportation system for regular flights with astronauts to and from the space station.
Starliner is scheduled to depart the space station Wednesday, May 25, when it will undock and return to Earth, with a desert landing in the western U.S. The spacecraft will return with more than 600 pounds of cargo, including Nitrogen Oxygen Recharge System reusable tanks that provide breathable air to station crew members. The tanks will be refurbished on Earth and sent back to station on a future flight.
बैशाख ०७,२०७९ डोटी ः डोटीमा बस दुर्घटना हुँदा १८ महिनाको बच्चा बेपत्ता भएका छन्,भने १२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार शनिबार बिहान ५ बजेतिर भएको बस दुर्घटनामा परी बस सहचालकसहित ४ जना गम्भीर घाइते भएका छन् भने बाँकी ८ जना सामान्य घाइते भएका छन्।घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० देखि २५ जनासम्म यात्रुहरू सवार थिए। १८ महिनाको बच्चा बेपत्ता भईरहेको र उनको खोजी कार्य भइरहेको प्रवत्ता भट्टले बताए। बस दुर्घटना भएको ठाउँ सामान्य रहेको तर बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्। बस सडकबाट ७०र८० मिटर तल सेती नदी किनारमा खसेको छ।
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले झण्डै २८ हजार मत ल्याउन सफल भएका छन् । शाहले सुरुवाती चरणबाटै निरन्तर रुपमा अग्रता कायम राख्दै आईरहेका छन् ।
शुक्रबार विहान सम्ममा शाहले २७ हजार ९६७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन् । बालेन्द्रले केशव स्थापितलाई १३ हजार १८५ मतले पछि पारिरहेका छन् । त्यस्तै गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन् । अहिले ९ वटा वडाको मतगणना भइरहेको जानकारी प्राप्त भएको छ ।
खोटाङ: खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । मेयरमा तीर्थराज भट्टराईले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार आचर्यलाई ६ हजार ३९३ मतले पछि पार्दै विजय भएका हुन् । भट्टराईले ११ हजार ४३८ मत प्राप्त गर्दा आचर्यले ६ हजार ९९ मत पाएका थिए । त्यस्तै उपमेयरमा माओवादी केन्द्रका विसन राईले १० हजार ४३८ मतसहित निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेवी राईले ७ हजार ३११ मत प्राप्त गरेका छन् । विणादेवी निवर्तमान उपमेयर हुन् ।
दित्तेलमा १५ वडा रहेकोमा माओवादी केन्द्रका ६ ,कांग्रेसका ४ , एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन् । उक्त नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो ।