Blog

  • धनुषाको धनौजीमा तीन वडाबाट कांग्रेसको प्यानल विजयी, दुई नम्बर वडामा मतगणना स्थगित

    जेठ ०२ , २०७९
    जनकपुर ः धनुषाको धनौजी गाँउपालिकामा सम्पन्न भएको निर्वाचनमा तिनवटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ ।

    धनौजी गाँउपालिकाको ३,४ र ५ वडामा भएको मतगणना अनुसार वडा नं. ३ मा कांग्रेसका रामनारायण यादव ७०२ मत ल्याएर विजय भएका छन् भने निकटतम प्रतिद्धन्द्धी एमालेका रामदुलार मण्डल ५७९ , नेकपा एकिकृत समाजवादिका रामदेव मुखिया विन ३८० मत ल्याउन सफल भएका छन् । त्यस्तै दिनेश मुखिया विन ६६५, रोहित कुमार मुखिया ६३८, रेखा कुमारी पण्डित ६८१, मिना देवी ६८१ मत ल्याएर सदस्यतामा विजय प्राप्त गरेका हुन् ।

    त्यस्तै वडा नं. ४ मा कांग्रेसका यावुक कवारीले ८२१ मत ल्याएका छन् भने निकटतम प्रतिद्धन्द्धी लोसपाका सन्तोष कुमार मण्डलले ३३३ र स्वतन्त्र उम्मेदवार तर्फ कलिम साफीले ३३० मत ल्याएका हुन् । सदस्यतातर्फ रामआशिष यादव ४२३, मोहन शाह ४०४, अमना खातुन ४१७ र मन्जु देवी ४०९ मत ल्याउन सफल भएका हुन् ।

    वडा नं. ५ मा कांग्रेसका यावुक कवारीले ८२१ मत प्राप्त गर्नुका साथै निकटतम प्रतिद्धन्द्धी जसपा कमल नारायण पंकजले ५७६, नेकपा एमालेका हाकिम मोमिमाले ३५० मत पाएका हुन् । सदस्यमा विष्णुदेव मण्डल ८२२, रविन्द्र ७७८ प्रमिलादेवी ८०४, अनिता महरा ७९९ मत ल्याएर विजय भएका छन् ।

    त्यस्तै वडा नं. २ को मतपेटीका गणना गर्न थालेपछि खसेको भन्दा १५ मत बढी फेला परेपछि विवाद भएको छ । बढि मत भेटिए पछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरी बिच झडप भएको छ । तसर्थ घटना नियन्त्रणका लागी २५ राउण्ड हवाई फायर गरिएको छ ।

  • बर्खे र हिउँदे बिदा कटौती गरेर जेठबाट आइतबार विद्यालय बिदा

    काठमाडौं, बैशाख २८,२०७९ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरेको छ।

    सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार कोर्स पूरा गराउन बिदा कटौती गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका हुन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यालयमा पनि यो निर्णय लागू गर्नुपर्ने भए कोर्स सक्ने विकल्प खोज्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

    सातामा दुई दिन बिदा दिँदा समयमा कोर्स नसकिने भएपछि मन्त्रालयमा बिदाबारे छलफल चलेको थियो।

    शैक्षिक क्यालेन्डरअनुसार वर्षभरि १ सय ८० दिन पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

    पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै गरिएको शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थालाई समेत सार्वजनिक बिदा दिने निर्णय आगामी जेठ १ गतेदेखि लागू हुँदै छ।

  • थपिए १२ जना कोरोना सङ्क्रमित

    थपिए १२ जना कोरोना सङ्क्रमित

    काठमाडौं, वैशाख २७ गते
    काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १२ जना सङ्क्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    त्यसतै, एक हजार २५८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना सङ्क्रमित भएका छन् ।

    २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ ।

    २४ घण्टामा ८० हजार १४२ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १८५ जना छन् ।

  • NASA’s Glenn Research Center Director to Retire

    NASA’s Glenn Research Center Director to Retire

    NASA announced Monday Dr. Marla Pérez-Davis, director of NASA’s Glenn Research Center in Cleveland, plans to retire in June after nearly four decades of service at the agency.

    “Marla’s four decades of service to NASA have made a remarkable impact on critical agency goals and missions in aeronautics, human exploration and, of course, on Glenn Research Center. Her trailblazing legacy is the members of the Artemis Generation she has inspired to believe they, too, can work for, and lead, at NASA. I wish her well in her future endeavors,” said NASA Administrator Bill Nelson.

    Pérez-Davis’ career with the agency will conclude where it began: at Glenn. Over her 38-year career at Glenn, Pérez-Davis held several positions, including deputy center director from 2016 to 2020, and deputy director of the Research and Engineering Directorate from 2014 to 2016. In this role, she was responsible for leading, planning, and coordinating all phases of Glenn’s research and engineering activities to accomplish NASA missions.

    Earlier in her career, Pérez-Davis’ leadership as the chief of the Electrochemistry Branch resulted in new energy storage and power capabilities critical to advancing aeronautics and spaceflight, as well as the formation of new partnerships to support NASA missions. She also is the recipient of numerous accolades, including the NASA Outstanding Leadership Medal, Presidential Rank Award for Meritorious Executives, and 2021 Hispanic Engineer National Achievement Awards Corporation Engineer of the Year. 

    Her tenure as Glenn’s director began in January 2020, just two months before the country experienced its first pandemic in 100 years. She has effectively and compassionately guided the center workforce through the global COVID-19 pandemic, engaging regularly and frequently with them to ensure the mission continued safely. Major milestones and activities completed at Glenn during this time include the construction of the new Research Support Building, testing on the Orion spacecraft for the Artemis I Moon mission, and testing for the X-59 QueSST quiet supersonic aircraft. 

    While Pérez-Davis’ retirement does not take effect until June 17, Nelson and team have already begun the process to identify an acting director. The agency also will soon start the formal process to identify a successor and will announce a selection later.

    For more information about Pérez-Davis and NASA’s Glenn Research Center, visit:

    https://www.nasa.gov/glenn

    Source: NASA

  • काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने छु ः सिर्जना सिंह

    सुर्य प्रसाद नेपालबाट
    बैशाख २४, २०७९

    काठमाडौं / बैशाख ३० गते हुने निर्वाचनमा आफु मेयरमा निर्वाचित भएको खण्डमा काठमाडौं महानगरपालिकालाई सफा, सुन्दर,स्वच्छ र सुरक्षित सहर बनाउने नेपाली काग्रेंसकी नेतृ सिर्जना सिंहले बताएकी छिन् । आफु मेयरमा निर्वाचित भएपछि महानगरपालिकामा सुशासनको व्यवस्था लागु गर्ने पहिलो योजना बनाएको साथै महानगरपालिकालाई भ्रष्टचार मुक्त, सजिलै सेवा सुविधाहरु चुस्त, दुरुस्त, छिटो र सहज तरिकाले अघिबढाउने सिंहको भनाई छ । बर्षौ देखी रहेको फोहोर व्यबस्थापन, गरि सम्पुर्ण स्थानमा सी।सी क्यामाराको जडान गरि शहर सुरक्षित बनाउने उहाँको मुख्य योजना रहेको छ ।

    सूर्य नेपाल सँगको एक कुराकानीमा उहाले भन्नु भयो (घर सफा भएन भने आँगन सफा भएर केही पनि हुँदैन्, पहिले घर सफा हुनुपर्यो । त्यसका लागी सुशासन, महानगर भित्रबाटै सुरु गर्ने बताउनु भयो ।

    सुशासन पछिको दोस्रो योजना भनेको र तुरुन्तै गर्न सकिने योजना चै फोहोर व्यबस्थापन गर्ने, टोलटोल,गल्लीगल्लीमा विद्युतक व्यवस्थापनका साथै ठाउँठाउँमा सी।सी टिभी क्यामाराको जडान गर्ने र जनतालाई साच्चिकै यो काठमाडौं सुरक्षित छ भनेर देखाउने सिहंको मुख्य एजेण्डा रहेको बताउनु भयो ।

    काठमाडौंलाई पर्यटकीय सहरको रुपमा आफैले परिणत गरेर यहाँको आर्थिक उन्नति गर्ने र काठमाडौंलाई विश्व सामु चिनाउन त्यसका लागी पुर्वधारहरुमा सुधारर्ने, काठमाडौं सफा हुनु पर्ने,सडकको राम्रो व्यवस्था हुनु पर्ने, ट्राफिक अस्तब्यस्त भएको र यिनिहरुको सहि व्यबस्था गर्नु महत्वपुर्ण रहेको बताउनु भयो ।

    सिंहले युवाहरु यो देशको मेरुदण्ड हो, यहाँ ठुल्ठुला आन्दोलन युवाहरुकै नेतृत्वमा युवाहरुले नै साथ सपोर्ट दिएका छन् । नेताहरुले मात्रै गरेर आन्दोलनहरु सफल धएको हैन,हुदैन । भिजन नेताहरुको हन्छ तर साथ भने युवाहरुकै रहेको उँहाको भनाई छ । यहाँ युवाको महत्वपूर्ण भुमिका रहेको तर राज्यबाट युवाहरुको लागी जति काम गरिदिनुपर्ने हो त्यो काम गर्न सकिरहेको छैन् । त्यसैले युवाहरु विदेशीनु परेको छ , बेरोजगार भएकै कारण । त्यसैले मेरो प्रमख दायित्व युवा स्वरोजगारको लागी, युवाहरुलाई प्राथमिकतामा राखेर रोजगार मुलक कार्यहरु गर्ने उहाले बताउनु भयो ।

    अहिलेको जमना आईटिको, डिजिटलको जमना भएको कारण त्यो प्रविधि अपनाएर युवाहरुलाई सिपको उचित विकास गरेर उद्यमशिल बनाउन तर्फ लागेको उँहाको भनाई रहेको छ । बेरोजगारीका कारण विदेशीनु नपरोस् आफ्नै देशमा रोजगारीको सिर्जना गर्न सकियोस् भन्ने सिंहको योजना रहेको छ ।

    काठमाडौंको महानगरलाई हेर्दा सबै सुविधा सम्पन्न रङ्गशाला देखि क्रिकेट मैदान, टेबल टेनिस खेल्ने स्थान लगायत यहाँ सबै सुविधा सम्पन्न छ तर जति यस महानगरका युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नु पर्ने हो,त्यति गरिएको छैन । वर्षको एक पटक मेयर कप हुनुपर्ने मा त्यो काम अझै पनि भैरहेको छैन । खेलकुदमा पनि विशेष ध्यान दिएको र महानगरको समन्वय बाट युवाहरुलाई सक्षम, राम्रो र महानगरको मात्रै नाम राख्ने नभएर देशको पनि नाम राख्ने सक्षम खेलाडी बनाउने आफनो योजना रहेको सिंहले बताउनु भयो ।

    काठमाडौं सहर भनेको ऐतिहासिक सहर भएको र विश्व सम्पदा सुचिमा परेको स्थान ,देश भएकाले यहाँको कला, संस्कृति, सभ्यता यति राम्रो छ, तर यसलाई सहि उपयोग गर्न सकिरहेको छैन् । यसलाई सदुपयोग गरेर विश्व सामु देखाउन नसकेको सन्दर्भमा दुस्ख व्यक्त गर्दै ती कला,संस्कृति, पुराना वास्तुकला, मुर्तिकलालाई पनि महानगरले उजागरण गररे त्यसलाई प्रोत्साहन गरेर आफैले परिचालन गर्ने र युवाहरुलाई उद्यमी सक्षम कलाकार, सक्षम मूर्तिकार बनाएर देखाउने प्रतिबद्धता गर्नु भएको छ ।

    सिंहले आफु राजनीतिक परिवारमा आबद्ध रहि छत्तीस सालबाट १६ वर्षकै उमेरमा गोरखामा महिला संघ स्थापना गरि विद्यार्थि राजनीति गरेर राजनीति यात्रा सुरु गरेको बताउदै आफु अहिले सम्म बस्दै कुनै राजनीतिक पदमा रहेर काम नगरेता पनि राजनीतिक भनेको नछाडेको बताउनु भयो । विवाह गरेको ३६ वर्ष सम्म आफ्नेै किसिमले कुनै पद नमागिकन निरन्तर महिला अधिकारको लागी, महिला सशक्क्तिकरणको लागी सामाजिक सेवामा खटिरहेर आफुलाई सामाजिक अभियान्ताको रुपमा प्रस्तुत गरिरहेको बताउनु भयो । आफु स्वयम सामाजिक अभियन्ता भएका कारणले गर्दा पद भनेको कहिल्यै पनि लिन नचाहेको सिंह बताउनु हुन्छ । तर अहिले भने सबै काठमाडौ जिल्लाका नागरिकहरु लगायत केन्द्रिय स्तरका नेताहरुले पनि सर्वसम्मत रुपमा सम्मान गरि मेयरको रुपमा काम गर्न चुनाबमा उठाएको उहाले बताउनु भयो ।

    घरनै सफा छैन् भने बाहिर ठुलाठुला कुरा गरेर केहि पनि हुदैन त्यसकारण आफुले काठमाडौ महानगरमा पनि एउटा घरको व्यवस्था जसरी महिलाले गर्दछ त्यसरी नै काठमाडौ महानगरलाई एउटा घरको रुपमा सम्झेर काम गर्ने नेपाली काग्रेंसकी नेतृ सिर्जना सिंहले बताउदै काठमाडौ महानगरलाइ भारी मतले बिजयी गराउने विश्वास ब्यक्त गर्नु भयो ।

  • कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    कोरोना खोप कार्यक्रम सञ्चालन नहुने वैशाख ३० मा

    काठमाडौं ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।
    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।
    छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

  • श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्छु : सिर्जना सिंह

    श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्छु : सिर्जना सिंह

    काठमाण्डौ- गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको नगर प्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकि छन् ।

    नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँले आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सिंहले आफू नगर प्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकि हुन् ।

    “श्रमको सम्मान गरे मात्र देशको विकास हुन्छ, म नगर प्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु”, सिंहले भनिन् । उनले काठमाडौँ भित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    नगरप्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौँभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सीसी क्यामरा र पोलपोलमा बिजुलीबत्तीको व्यवस्था गर्ने स्पष्ट पारिन् ।

    उनले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नका साथै गृहिणी महिलाका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताइन् ।

    ट्रेड युनियन काँग्रेसका नेता एवम् पूर्व सांसद अच्युतराज पाण्डेले काठमाडौँको विकासका लागि यस पटक महिला उम्मेदवार सिंहलाई विजय गराउनुपर्ने बताए ।

    ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुमार कुँवरले श्रमको सम्मान गर्न नसक्दा मुलुक पछाडि परेको भन्दै श्रमको सम्मान गर्ने पार्टी काँग्रेसको पक्षमा जनलहर सिर्जना गर्न सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन् ।

    नेपाल ट्रेड युनियन काँग्रेसका सह कोषाध्यक्ष सुशीला घिमिरे, जी पी कोइराला लेवर फाउन्डेसनका महासचिब सुर्य नेपाल, नेपाल ट्रेड यूनियन कांग्रेस काठमाण्डौका पुर्व अध्यक्ष गणेश भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका अध्यक्ष देवीप्रसाद भुसाल लगायतले काठमाडौँ महानगरको प्रमुखमा महिलालाई टिकट दिएर काँग्रेसले महिलाप्रति सम्मान गरेको बताए । काठमाण्डौ महानगर लगायत सबै स्थानिय निकायहरु श्रम मैत्री हुनु पर्ने कुरामा जोड दिए ।

  • कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्ने  विश्व स्वास्थ्य संगठनको दाबि

    कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको दाबि

    विश्व स्वास्थ्य संगठनले कोभिडका अरू नयाँ भेरियन्टहरुलाई पनि हालको कोभिडका विरुद्धको खोपले काम गर्ने क्षमता रहेको जनाएको छ ।

    पछिल्ला समयमा देखापरेका नयाँ भेरियन्टहरु विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले बताएको हो ।

    उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

    सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिडका कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

    यो मृत्युदरमा भएको कमी पनि कोभिडका विरुद्धको खोपकै कारण भएको उक्त सङ्गठनको भनाई छ ।

    दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिडको ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरूको तुलनामा निकै नै बढी थियो ।

  • पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।

    त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

    हाल देशभर सक्रिय सङ्क्रमित २१७ जना छन् ।

  • इसेवाको अध्यक्षमा कुँवर नियुक्त

    इसेवाको अध्यक्षमा कुँवर नियुक्त

    नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएका छन् ।

    कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । सदस्य रहेका बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।

    मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ६० लाख बढि रहेको छ ।

    हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।