Blog

  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुगे

    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुगे

    प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुगेका छन्। चुनावी आमसभालाई सम्बोधन गर्न देउवा विराटनगर पुगेका हुन्। विराटनगरमा नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेस नेता नागेश कोइराला मेयरका उम्मेदवार छन्। देउवा भोलि विहीवार चितवनमा हुने चुनावीसभा सम्बोधनमा सहभागी हुनेछन्।

  • जितका लागि नेपाललाई १३७ रनको लक्ष्य

    जितका लागि नेपाललाई १३७ रनको लक्ष्य

    आजदेखि सुरु भएको ट्राइ नेसन सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको हो ।
    जिम्बावेलाई १३६ रनमा रोक्नका लागि कप्तानसन्दिप लामिछानेले २ विकेट, सोमपाल कामी र बशिर अहमदले समान १र१ विकेट लिए।
    यस्तै जिम्बावेसँगको एकदिवसीय खेल वैशाख २३, २४ र २५ गते हुनेछ।

  • चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    बैशाख १७, २०७९

    –चितवन
    चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु भएका पुरुष खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो ।

    दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ । शव बिहान १० बजे भेटिएको हो ।

  • जीपी फाउण्डेशन द्धारा निः शुल्क स्वास्थ्य शिविर

    जीपी फाउण्डेशन द्धारा निः शुल्क स्वास्थ्य शिविर

    – सूर्य नेपाल

    बैशाख १६, २०७९

    काठमाडौं/ गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमति प्रदेशले काठमाडौंको बुढानिलकण्ठ नगरपालीका वडा नं ११ कपनटारमा निः शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । कपनटार स्थित शारदा एकेडेमीमा संचालित सो शिबिर काठमाडौं मेडिकल कलेजको सहकार्यमा सञ्चालन गरि त्यहाका नागरिकहरुको होलवडी स्वास्थ्य जाँच गरिएको थियो ।

    वी पी फाउण्डेशन बागमति प्रदेशका अध्यक्ष गणेश भट्टराई ले शिबिरको उद्धघाटन गर्नु भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जीपी फाउन्डेसनले समाजका विभिन्न क्षेत्र र बिधाहरुमा काम गर्दै आएको र नागरिकको स्वास्थ्य जाँच सेवालाई पनि प्राथमिकता दिएर यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।

    विहान ९ः०० बजे देखि दिउँसो ३ः०० बजे सम्म शिबिर सञ्चालन भएको थियो । उक्त शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, बाल रोग, छाला रोग, हाड जोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँत सम्बन्धि रोगको काठमाडौ मेडिकल कलेजका बिशेषज्ञ डाक्टरहरु द्धारा चेक जाँच गरिएको थियो । सो सिबिरमा केहि बिरामीहरुको शल्यक्रिया समेत गरिएको थियो ।
    त्यसै गरी सो शिविरमा भिडियो एक्सरे सेवा, ल्याबटेष्ट, ईसिजि सेवाहरु पनि प्रदान गरिएको थियो ।

    बागमती प्रदेशका सह संयोजक एवं शिविर संयोजक कुमार खड्काले शिविरमा ९०२ जनालाई सेवा प्रदान गरिएको बताउनु भयो । यस्ता शिविरहरु यस अघि ३ वटा संचालन गरि सकिएको र आगामि दिनमा बुढानिलकण्ठ नगरपालिका सबै वडाहरुमा यस्ता स्वास्थ्य शिबिरहरु आयोजना गरिने जानकारी दिनु भयो ।

  • श्रमिक स्मृति दिवसमा दिप प्रज्वलन

    श्रमिक स्मृति दिवसमा दिप प्रज्वलन

    – सुर्य नेपालबाट

    काठमाण्डौ /अन्तराष्ट्रिय श्रमिक स्मृति दिवसको अवसर पारेर हिजो अप्रिल २८ तारिखका दिन निमार्ण तथा सम्बद्ध श्रमिक संघ (काउन) नेपालले स्मृति सभा को आयोजना गरेको थियो ।

    काठमाण्डौको माइतिघर मण्डलामा आयोजना गरिएको उक्त कार्यक्रममा अठ्ठाइस ओटा मैन बत्ति प्रज्वलन गरी एक मिनेट मौन धारण गरिएको थियो ।

    कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य कुलबहादुर खड्का , काउनका महासचिव प्रदिप आचार्य, युनिप्रेसका महासचिव सुर्य नेपाल, नेपाल ट्रेड युनियन काग्रेस राष्टिय समितिको राजनीतिक तथा सघं सस्था समन्वय समितिका महासचिव गणेस भट्टरार्ई लगाायत श्रमिक नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

    कामको शिलशिलामा अकालमा मृत्युवरण गर्न पुगेका श्रमिको सम्झनास्वरुप यो दिवस मनाउन थालिएको हो ।

    युद्धमा भन्दा बढि कामको शिलशिलामा मानिसको मृत्यु भइरहेको बताइन्छ ।अन्तराष्ट्रिय श्रम संगठनको एक तथ्याङ्क अनुसार कामको शिलशिलामा प्रत्यक १५ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको छ भने एक दिनमा ६ हजार मानिसले मृत्युवरण गरिरहेका हुन्छन् ।

    त्यस्तै १ बर्षमा २ लाख कामकै कारणले मृत्यु हुने गरेको छ । प्रतेक बर्ष २७० लाख मानिस काम गर्दा गर्दै दुघटनामा पर्दछन भने १६०लाखलाई चोट पटक लाग्ने गरेको छ भने त्यतिनै संख्यामा शारीरीक अपाडग हुने गरेका छन ।

    कार्यस्थलोको बाताबरणीय प्रभावले गर्दा शरीरमा पर्ने असरले प्रतेक बर्ष ४लाख ४० हजार श्रमिकले मृत्युबरण गर्न बाध्य हुनुपरेको छ भने १ लाखको गर्भ पतन हुनेका साथै जन्म शत्तिm नाश हुने गरेको छ ।

    माथिको तथ्याङ्कलाई निर्मुल पार्ने उद्देश्यका साथ हरेक बर्ष अप्रिल २८ तारिकका दिन देखी सुरु गरिने श्रमिक स्मृति दिवश, ब्यबसायजन्य सुरक्षा र स्वास्थ्य सप्ताहको रुपमा बिश्वभरी मनाउन गरिन्छ ।

    बितेका दिनमा जस्तो कसैले अकाल मृतु बरण गर्नु नपरोस भन्ने कामना गर्दै, रक्तदान ,बृक्षरोपण गरि श्रमिकले दुर्घटनाबाट बच्ने उपाय, सावधानी पुर्वक काम गर्न चेतना जगाउने प्रचार प्रसार श्रयाली, सभा, जस्ता बिभिन्न कार्य गरि मनाउने गरिएको छ ।

    कामको सिलसिलामा असावधानीवस, कार्यथलोको असुरक्षा आदिका कारण श्रमिको मृत्यु हुने र त्यसको जिम्मेबारी ब्यवस्थापनले नलिनेहुदा श्रमिक पीडित हुदै गए पछि टे्रड युनियनहरुले यस विषयमा पहल गर्न थालेका छन्।

  • शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    नेपाल सरकारले एक हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

    विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

    पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।

  • बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा हुदै

    बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा हुदै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ ।

    विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो ।

    प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरिरहेको छ ।

    विमानस्थलमा हाल दैनिक दुवैतर्फ गरेर कूल ४२० उडान भइरहेको छ ।

  • विलासिताका लागि प्रयोग हुने सम्पुर्ण वस्तु आयातमा बन्देज

    विलासिताका लागि प्रयोग हुने सम्पुर्ण वस्तु आयातमा बन्देज

    नेपाल सरकारले १० प्रकारका वस्तुको आयातमा बन्देज लगाएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल‍लगायत १० वस्तुको आयातमा रोक लगाएको हो ।

    विलासीताका लागि उपभोग्य हुने वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको छ ।

    आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) छन् ।

    त्यस्तै, हिरा (औद्योगिक कच्चा प्रदार्थबाहेक), मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।

    नेपाल सरकारद्धारा प्रकाशित राजपत्र अनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन ।

    त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।

  • नेपालमा लक्षित जनसङ्ख्याको ८३.६ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्णमात्रा खोप

    नेपालमा लक्षित जनसङ्ख्याको ८३.६ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्णमात्रा खोप

    नेपालमा हालसम्म लक्ष्य गरेको जनसङ्ख्याको ८३.६ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

    लक्षित जनसङ्ख्याको १२ वर्षदेखि माथिका ९५.२ प्रतिशतले कोरोना विरुद्धको एक मात्रा र ८३.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि आज ८६ हजार १ सय ३६ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • China looking at sending robotic probe to far side of Moon

    Chinese scientists and engineers are considering sending a robotic probe to collect dust and rocks from the far side of the moon, an ambitious endeavor that will likely make it a world’s first, said a senior space agency official.

    Wu Yanhua, deputy director of the China National Space Administration, said on Friday that the United States, Russia and China have brought lunar substances back to Earth, but none of them has ever obtained samples from the silver sphere’s far side, which never faces Earth.

    Chinese researchers have suggested the administration could use its Chang’e 6 robotic mission to land on the far side and bring samples back, Wu told reporters at a news briefing at the administration’s headquarters in Beijing.

    “Many scientists at home and abroad told us that they are eagerly expecting us to bring samples back from the far side because such materials will be very scientifically valuable,” he said. “They will enable scientists to advance their studies about the far side’s age. Researchers will also analyze the samples’ composition to broaden the knowledge about the far side.”

    The official said the substances brought back by China’s Chang’e 5 probe have helped scientists find that there still were volcanic activities on the moon’s near side around two billion years ago, and materials from the far side will allow them to verify the hypothesis that volcanoes became inactive about four billion years ago on the far side.

    To achieve this goal, Wu said, it will be needed to transmit signals between the far side and the ground control.

    “Currently, we have the Queqiao relay satellite operating in lunar orbit to transmit signals between the control center and the Chang’e 4 lander as well as the Yutu 2 rover, but it will not work long enough to support the Chang’e 6 mission. So we are mulling over the feasibility of a signal relay and navigation network above the moon,” Wu said.

    Source: Xinhua News Agency

    Related Links
    Lunar Exploration and Space Program
    Mars News and Information at MarsDaily.com
    Lunar Dreams and more