Blog

  • दिल्लीमा प्रधानमन्त्री देउवालाई नेपालीहरुले स्वागत एवमं सम्मान

    दिल्लीमा प्रधानमन्त्री देउवालाई नेपालीहरुले स्वागत एवमं सम्मान

    शुक्रबार बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा भारतमा बस्दै आएका नेपालीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीलाई स्वागत एबमं सम्मान गरेका छन् ।

    स्वागत तथा सम्मान कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महेन्द्रराय यादव र उर्जामन्त्री पम्फा भुसाल उपस्थित थिए ।

  • पेट्रोलियम पदार्थको  मूल्यवृद्धि सङ्गै यातायातको भाडा बढ्ने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि सङ्गै यातायातको भाडा बढ्ने

    सरकारले पट्रोलियम पदार्थको मूल्यबृद्धि भए सङ्गै यातायातको भाडा बढाउने भएको छ । आइताबार देखि १४ प्रतिशत सम्म भाडा बढ्ने भएको हो ।

    सरकारले लामो दूरीको पहाडमा चल्ने ट्रक र लामो दूरी तराईमा चल्ने मालबाहक ट्रक र लामो दूरीको बसको छुट्टाछुट्टै भाडादर तय गरिने भएको छ।

    पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ३४ रुपैयाँ पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाई छ ।

  • प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

    प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

    धानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार चार वर्षपछि भ्रमणका लागि भारतको नयाँ दिल्ली जाँदै छन्।

    प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरी तीनदिने भारत भ्रमणमा जाने भएका हुन् ।

    प्रधानमन्त्री देउवाको भ्रमणले भारत र नेपाल बिच रहेका समस्याहरु समधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • घोडे जात्रा

    घोडे जात्रा

    काठमाडौँ उपत्यकामा प्राचिन काल देखि मनाउँदै आएको घोडे जात्रा एक प्रसिद्ध सामाजिक तथा धार्मिक जात्रा हो । यो जात्रा प्रत्येक बर्ष काठमाडौँको टुँडिखेलमा चैत कृष्ण औंसीको दिन मनाइन्छ ।

    यस जात्राको दिन बिशेष गरी नेपाली सेनाले घोडा चढी अश्व कला, अश्व दौड आदी प्रदर्शन गर्दछन् । परापूर्वकालमा टुँडिखेलको एउटा रुखमा बस्ने गुरुमापा भन्ने राक्षसले बालबालिकालाई खाने गर्दथ्यो ।

    उक्त सहर बासीले राक्षसलाई मारे पनि राक्षसको प्रेतात्माले अनिष्ठ हुने डरले दैत्यको प्रेतात्मालाई घोडाको टापले कुल्चिएर जमिन माथी आउन नदिन घोडे जात्रा मनाउँन थालिएको धार्मिक बिश्वास आम नागरिक माथी छ ।

    नेवारी समुदायले यस जात्रालाई महान पर्बको रुपमा मनाउँदै आएको पाइन्छ । नेवार समुदायले आज शिवजीको पूजा गर्ने, परम्परागत भेषभूषामा बाजागाजा सहित नाचगान गर्ने, बिबाहित चेलीपेटीलाई माइतिमा बोलाउने चलन छ ।

    धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस पर्बले नेवार सम्प्रादयको कला र कौशलताको बिकासमा ठुलो भूमिका खेलेको पाइन्छ । आज काठमाडौँको टुँडिखेलमा मानिसहरुको निकै चहलपहल देखिन्छ ।

    लाखौँ मानिसको भिडभाडले टुँडिखेललाइ ढाकेको हुन्छ । देशका उच्च पदमा रहेका ब्यक्ति देखी लिएर साधरण ब्यक्ति समेत जात्रामा सामेल हुन्छन् । बिगतमा केही बासीहरुमा मात्र सिमित यस जात्रा हाल राष्ट्रिय स्तरमा फैलिन सफल भएको छ ।

  • लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

    लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

    लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसी बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरे।उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रपति द्धारा काभ्रेको कुलदेवताको मन्दिर उद्घाटन

    राष्ट्रपति द्धारा काभ्रेको कुलदेवताको मन्दिर उद्घाटन

    काभ्रेको नमोबुद्ध–५, कानपुर मा रहेको मैनाली सम्प्रदायको कुलदेवताको मन्दिर राष्ट्रपति विद्यादेवी भण्डारी ले उद्घाटन गरेकी छिन् ।

    वि.सं १८३८ सालमा स्थापना भएर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको मन्दिर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा पुनर्निर्माण गरिएको हो ।

    साथै नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको नगरप्रमुख टंकप्रसाद शर्माले जानकारी दिए ।

  • इजरायलमा बन्दुकधारीको आक्रमणले ५ जनाको मृत्यु

    इजरायलमा बन्दुकधारीको आक्रमणले ५ जनाको मृत्यु

    इजरायलमा भएको पछिल्लो आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

    तेल अभिभ शहर नजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो ।

    सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ ।

    बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् ।

    प्यालेष्टाइनको वेष्ट ब्याङ्कस्थित जेनिन भन्ने स्थानमा बसोबास गर्ने २६ वर्षीयले गोलीकाण्ड मच्चाएको जनाइएको छ ।

    बन्दुकधारी यसअघि पनि इजरायली कारागार चलान भइसकेको पूर्व कैदी रहेको बीबीसीले जनाएको छ ।

    पछिल्लो एक सातामा इजरायलमा भएको यो तेश्रो आक्रमण हो ।

  • फिफा विश्वकपमा पोर्चुगल र पोल्यान्ड छनोट

    फिफा विश्वकपमा पोर्चुगल र पोल्यान्ड छनोट

    कतारमा हुने फिफा विश्वकपमा मंगलबार पोर्चुगल र पोल्यान्ड छनोट भएका छन् । युरोपेली प्ले अफमा पोल्यान्डले स्विडेनलाई र पोर्चुगलले नर्थ मेसेडोनियालाई २–० ले पराजित गरी छनोट भएका हुन् ।

    ब्रुनो फर्नान्डेसले दुइ गोल गरी पोर्चुगल लाई जित हासिल गराए भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक गोल र पिटर जिलिन्स्कीले अर्को गोल थपि पोल्यान्डलाई जित हासिल गराएका हुन् ।

  • शारीरीक ब्यामको फाइदाहरु

    शारीरीक ब्यामको फाइदाहरु

    शरीरलाई स्वस्थ, फुर्तिलो, र तन्दुरुस्त राख्न नियमित शारीरीक ब्याम गर्नु अत्ति आबश्यक हुन्छ । शारीरीक ब्यामलाई शारीरीक कसरत पनि भनिन्छ ।

    शारीरीक ब्याम मानब स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नियमित शारीरीक ब्याम गर्नाले बिभिन्न किसिमका रोगहरुबाट बच्न सकिन्छ ।

    शारीरीक ब्यामले बालबालिकाको स्मरण शक्ति बृद्धि गर्ने, ध्यान केन्द्रित गर्ने, तनाब तथा संबेग ब्यबस्थापन गर्ने, ब्यक्तिलाई आनन्दित अनुभूति गराउने, रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, आदि गर्दछ ।

    बिभिन्न अध्ययन अनुसन्धानका अनुसार शारीरीक ब्यामले मस्तिष्कमा रगत प्रवाह गर्न गर्न समेत सहयोग गर्छ भनिएको छ ।

    शारीरीक ब्याम जुनसुकै उमेर समुहका ब्यक्तिहरुले गर्न सक्छन् । बिरामी तथा गर्बवती महिलाहरुले समेत ब्याम गर्नु फाइदाजनक हुन्छ चिकित्सकहरुले भन्ने
    गर्दछन् ।

    त्यसैगरी शारीरीक ब्याम मोटोपन भएका ब्यक्तिको लागि पनि अत्यन्त फाइदाजनक छ । यसले मोटपन घटाउन मदत गर्दछ ।

    कोलेस्ट्रोल र उच्च रक्तचाप घटाउन मदत गर्छ । तसर्थ मानब स्वास्थ्यको लागि शारीरीक ब्यामको अत्यन्त महत्व रहेको छ ।

  • कोरोनामुक्त बन्यो काभ्रेपलाञ्चोक

    कोरोनामुक्त बन्यो काभ्रेपलाञ्चोक

    चार दिनदेखि गरिएको परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिए पछि काभ्रेपलाञ्चोक जिल्ला कोरोनामुक्त भएको जनाइएको छ ।

    बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष चार दिनअघि निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो ।

    जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो ।