Blog

  • स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामाग्री आयात हुदै

    स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामाग्री आयात हुदै

    स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिने भएको छ । आयातका लागि निर्वाचन आयोगले सामग्री आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक ५६ प्रकारका सामग्री मध्य २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो ।

    नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ ।

    मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको जानकारी दिनुभयो ।

    निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । आयोगको जिन्सी शाखाका अनुसार स्थानीय निर्वाचनमा छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्नेछ ।

    त्यसैगरी, ५२ हजार प्याकेट पित्तलको छाप र २६ हजार पित्तलको लाहा तथा चार लाख ८० हजार ‘सेक्युरिटी सिल’ निर्वाचनका लागि आयोगले आपूर्ति गर्न सम्झौता गर्दै छ । एक प्याकेट लाहामा तीन थान हुनेछ ।

    आयोगले आयात गर्नुपर्ने २३ प्रकारका सामग्री खरिद गर्न १० वटा प्याकेजमा प्रस्ताव आह्वान गरेको थियो ।

    सामग्री खरिद गर्न २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्च हुनेछ । आयात गरिने २३ सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिने पर्दा र छेकबारामा मात्रै १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ ।

  • विश्वको सर्वाधिक खुसी देशमा फिनल्यान्ड, नेपाल ८५औँ स्थानमा

    विश्वको सर्वाधिक खुसी देशमा फिनल्यान्ड, नेपाल ८५औँ स्थानमा

    संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

    शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यस वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रको सूचीमा पर्दै आएको छ ।

    फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।

    दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ ।

    सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

  • चालक अनुमतिपत्र परीक्षामा अनुत्तीर्ण  र अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको अख्तियारको आरोप

    चालक अनुमतिपत्र परीक्षामा अनुत्तीर्ण र अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको अख्तियारको आरोप

    सवारी चालक अनुमतिपत्र परीक्षामा अनुत्तीर्ण र अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको तथा उतिर्ण परिक्षार्थीहरुलाई अनुत्तीर्ण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ ।

    साथै आयोगले ९ कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर आठौं भरतमणि बराल अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ,

    अधिकृतस्तर छैटौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार मोहनमणि सुवेदी, कम्प्युटर अपरेटर करार झलक

    पौडेलविरुद् सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाममा लापरबाही गरी भष्टचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

  • डेल्टाक्रोनको  प्रभाव कुन कुन देशमा परेको छ त ?

    डेल्टाक्रोनको प्रभाव कुन कुन देशमा परेको छ त ?

    कोभिड १९ को नयाँ भेरियन्ट डेल्टाक्रोन सन् २०२२ जनवरीमा फ्रान्समा देखा परेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    जुन भाइरस डेल्टा र ओमिक्रोन मिलेर बनेकाले डेल्टाक्रोन भनिएको बिज्ञहरुको भनाई छ ।

    यो भेरियन्ट सर्बप्रथम साइप्रसका बिज्ञहरुले पुष्टि गरेका हुन् । साइप्रसका केही व्यक्तिहरुमा डेल्टाक्रोन पुष्टि भएको थियो ।

    अनलाइन प्ल्याटफर्म जीसेडमा उल्लेख भए अनुसार यो भेरियन्ट जर्मनि, बेल्जियम, नेदरल्याड लगायतका देशहरुमा समेत देखा परेको छ ।

    त्यसैगरि युरोप, अमेरिकामा पनि यो भेरियन्ट देखा परेको छ । नेपालमा भने डेल्टाक्रोनको असर देखा परेको छैन ।

  • कक्षा १२ को परीक्षा जेठ १६ गते बाट सञ्चालन हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डको अनुसार आगमि जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।

    परिक्षमा चार लाख परिक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

  • सिन्धुली जाँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

    सिन्धुली जाँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन् । नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिन्धुली जान लागेका हुन् । अध्यक्ष प्रचण्डले एक विद्यालयको भवनकमो समेत उद्घाटन गर्ने कार्यक्रम छ। अध्यक्ष प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम छ। भवन उद्घाटनपछि अध्यक्ष प्रचण्डले आजै सिन्धुलीका उद्योगी व्यापारीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

  • आज जो बाइडेनले सी चिनफिङसँग  युद्धबारे कुराकानी गर्ने

    आज जो बाइडेनले सी चिनफिङसँग युद्धबारे कुराकानी गर्ने

    आज अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रुस–युक्रन बिच भएको युद्धबारे कुराकानी गर्ने भएको छ ।

    रुस–युक्रन बिच युद्ध हुँदा रुसले चीनसँग सहयोग मागेको अमेरिकी अधिकारीहरूको भनाई थियो तर चिनले भने आरोप मात्र लगाएको दाबी गरेका हो ।

    आज दुई राष्ट्रपति बिच यिनै बिबिध बिषयमा कुराकानी गर्ने भएको हो ।

  • आज तराईमा होलीको निकै चहलपहल

    आज तराईमा होलीको निकै चहलपहल

    आज तराईमा होलीको चहलपहल निकै बढेको छ । तराईका मानिसहरु आज एक आपसमा होली खेल्न आतुर भएका छन् ।

    नेपालमा फागु पूर्णिमाको दिन होेली मनाउँदै आएको पाइन्छ । तर नेपालका तराईका जिल्लाहरुमा भने पूर्णिमाको भोलीपल्ट होली मनाउने चलन छ ।

    तराईमा होलीको दिन बिभिन्न प्रकारका रङहरुको प्रयोग गर्ने, लोला हान्ने मात्र नभई गित गाउने, नाचगान गर्ने समेत गरिन्छ ।

    नेपालको तराई क्षेत्र भारतको सिमा क्षेत्र सँग जोडिएकाले तराईमा भारतीय संस्कृति भित्रीएको देखिन्छ ।

    तराईमा पनि होली धुमधामका साथ मनाउँदै आएको पाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मानिसले रङ्गिन पर्ब होलीलाई बिशेष पर्बको रुपमा लिने गर्दछन् ।

    यस पर्बले एक आपसमा मेलमिलाप बढाउने भएकाले सबैले रिस इष्र्या सबै त्यागेर होली मनाउने गर्दछन् ।

    छिमेकी मुलुक भारतमा पनि होली दुई दिन मनाउने गर्दछन् । होली पर्बको धेरै धार्मिक आस्थाहरु छन् ।

    भगवान् रामले राक्षस रावनलाई मारेर अयोध्या फर्किएपछि आफूले जीत हात पारेको कारण उमङ्गको साथ बिजय उत्सव मनाएको दिन लाई होली पर्बको रुपमा मनाउन थालेको मानिन्छ ।

    आज सबै जातजाति, धर्म संस्कृतिका मानिसहरु एक आपसमा नजिक भई होली खेल्ने गर्दछन् तसर्थ होली पर्बले भेदभाव रहित बातावरण सिर्जना गरी समानता कायम गर्न प्रेरित गर्छ ।

  • फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

    फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

    फ्रान्समा केहि दिन यता कोरोनाका संक्रमितको संख्यामा पुनः बढ्दै गएको फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायले जनाएको छ ।

    केहि सातायता कोरोनाका संक्रमितको संख्यामा घटे सङ्गै सोमबार देखि फ्रान्स सरकारले प्रतिबन्धहरू खुला गर्ने तयारी गरेको थियो ।

    तर र्सक्रमित दिन प्रतिदिन बढ्ने क्रम जारी छ ।

    यति बेला फ्रान्समा अन्यको तुलनामा ओमिक्रोनको फैलावट बढ्दै गएको छ ।

    गत शुक्रबार मात्र फ्रान्समा ७३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको हो ।

  • जापानको राजधानी टोकियोमा  ७.१ म्याग्नेच्युटको भूकम्पको धक्का

    जापानको राजधानी टोकियोमा ७.१ म्याग्नेच्युटको भूकम्पको धक्का

    बुधाबार जापानको राजधानी टोकियोमा ७.१ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

    भुकम्प जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर गएको हो ।