Blog

  • आज फागु पूर्णिमा (होली) पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइने

    आज फागु पूर्णिमा (होली) पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइने

    हरेक बर्ष जस्तै यस बर्ष पनि रङ्गिन पर्ब होली पहाडी जिल्लाहरुमा आज धुमधामको साथ मनाइँदै छ ।

    उपत्यका लगायत पहाडी जिल्लाका बिद्यालहरुमा बुधबार देखी नै शिक्षक तथा बिद्यार्थीहरुले उल्लासपूर्बक होली मनाएका हुन् ।

    होली पर्ब नजिकिदै गर्दा केही दिन अघि देखी नै उपत्यकामा मानिसहरुको चहलपहल बढ्दै गएको थियो ।

    युवा युवती तथा प्रौढहरुले समेत रङ्नि पदार्थ एक आपसमा दलेर पिचकरीले पानी छ्याप्ने, लोला हान्ने जस्ता गतिबिधि गरेर होली मनाउँदै आएका छन् ।

    फागु पूर्णिमा अर्थात होलीमा बिशेष गरी रङ्गिन पदार्थको प्रयोग हुने भएकाले यस पर्बलाई रङ्गिन पर्बको रुपमा लिइन्छ ।

    फागु पूर्णिमामा धेरै जसो बालबालिकाहरुको सक्रिय सहभागि देखिन्छ । बिगत केही बर्ष अघि उपत्यकामा होली पर्बको दिन इच्छा बिपरित बिभिन्न रङ अनि लोला हान्ने गरिन्थ्यो ।

    तर पछिल्लो समय प्रहरीको निगरानीमा यस पर्बलाई हरेक व्यक्तिले सभ्य तरिकाले मनाउँदै आएका छन् ।

    सरकारले होली पर्बको दिन सार्बजानिक बिदा दिँदै आएको छ । यस पर्बले धार्मिक सद्भाव सहिष्णुता र आत्मियता कायम गर्न सहयोग पुगेको छ ।

  • दक्षिण कोरियामा एक दिनमै तीन लाख भन्दा बढीमा कोरोना सङ्क्रमण

    दक्षिण कोरियामा एक दिनमै तीन लाख भन्दा बढीमा कोरोना सङ्क्रमण

    दक्षिण कोरियामा एक दिनमै तीन लाखभन्दा बढि कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।

    प्राप्त समाचारअनुसार गएको २४ घन्टा यता मात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    दक्षिण कोरियाका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो ।

    एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यता मात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।

    सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् ।

    पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।सिन्हवा

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

    कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ ।

    इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ ।

    कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

    भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन eoers.epsnepal.gov.np फाराम मार्फत भर्न सकिनेछ ।

    परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।

  • एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

    एमाले केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।

    पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रीत छन् । आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउदै आएका छन् ।

    एमालेले भने चुनावमा एक्लै लड्ने जनाउदै आएको छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।

  • निर्वाचन आयोगले १७ राजनीतिक दलसँग आज छलफल गर्दै

    निर्वाचन आयोगले १७ राजनीतिक दलसँग आज छलफल गर्दै

    निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी राय सुझाव लिने भएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।

    आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

  • Gold price goes down by Rs 3,500 per tola

    Gold price goes down by Rs 3,500 per tola

    The price of gold has decreased by Rs 3,500 per tola in the Nepali market today.

    The gold price was Rs 105,500 on Wednesday.

    According to the Federation of Nepal Gold and Silver Dealers Association (FENEGOSIDA), the price of fine gold today stands at Rs 102,000 per tola.

    Similarly, the price of standard gold has been fixed at Rs 101,500 per tola.

    Today, the price of silver has also decreased by Rs 45 per tola. The price of silver, which was traded at Rs 1,450 on Wednesday, stands at Rs 1,405 per tola on today.

    Gold prices have been rising in the international market due to the recent conflict between Russia and Ukraine because of which gold is becoming expensive in Nepal as well.

  • बार अध्यक्षमा आठ जनाको उम्मेदवारी दर्ता

    बार अध्यक्षमा आठ जनाको उम्मेदवारी दर्ता

    नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रतिपक्षीबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

    अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई रहनुभएको छ ।

    त्यसैगरी सातै प्रदेशमा एक जना उपाध्यक्षका लागि पनि उम्मेदवारी दर्ता भएको छ ।

    बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत सानुभाई शाक्यले जानकारी दिनुभयो । बारले देशभरका ३५ वटा मतदान केन्द्रबाट निर्वाचन गरी २०७८ चैत १९ गते नयाँ कार्यसमिति गयन गर्ने शाक्यले जानकारी दिनुभयो । वारको निर्वाचन प्रकृया फागुन १० गते देखि शुरु भएको हो ।

  • ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

    अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।

    सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उच्चस्तरीय अध्ययन समिति गठन गरेर ६ महिनाभित्र संरक्षण कार्ययोजना पेश गर्न सुझाव दिएको छ । आदेशमा सरकारका विशिष्ट श्रेणीका अधिकृतको अध्यक्षतामा रहने समितिमा कृषि, भू–उपयोग, वन, जलाधार संरक्षण, वातावरण संरक्षण, जल प्रकोप, खानी, भौगर्भिक अध्ययन र जलवायु परिवर्तनसमेत हेर्ने प्राविधिक, विज्ञलाई समावेश गराउन भनिएको छ ।

    यसका लागि सातवटै प्रदेश र सात सय ५३ वटै स्थानीय तहसँग समन्वय गर्न सर्वोच्चले आदेश दिएको छ । मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातवटै प्रदेशलाई विपक्षी बनाएर गत १२ वैशाखमा दायर भएको रिट निवेदनको सुनाई गर्दै सर्वोच्वले यस्तो आदेश दिएको हो ।

  • प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया अघि बढ्दै

    प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया अघि बढ्दै

    प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउने बारे छलफल भएको छ ।

    आजको बैठकमा प्रतिनिधि सभाको शून्य समय र विशेष समय चलाउने, अघि बढ्न बाँकी रहेका विधेयकहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको थियो ।

    बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् ।

    प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्षसँग छलफल गरेर मात्र आफ्नो दलबाट समिति गठनका लागि सदस्यको नाम दिने बताएको र त्यसका लागि समय मागेको संसद सचिवालय स्रोतको भनाई छ ।

  • लडाइँ जारी राख्न युक्रेनी जनतालाई राष्ट्रपति जेलेन्स्कीको अपील

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसले गरेको आक्रमण विरुद्ध लडाइँ जारी राख्न आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अब जवाफ दिने समय आएको बताएका हुन्।

    सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले जनताहरुलाई मैदानमा आएर दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्न अनुरोध गरे ।

    उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल पनि गरेका छन्। उनले अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गरेका छन्।