Blog

  • अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप

    अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप

    चर्चित अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोप लागेको छ । म्युजिक भिडियो छायांकनका क्रममा नजिक भएका शाहले बिवाह गर्ने प्रलोबनमा बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै १७ वर्षीया गाइका समिक्षा अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् ।

    पीडित किशोरीको उजुरीमाथि अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।

    जाहेरीमा अभिनेता शाहले युबतीलाइ गत चैत ३१ मा बागलुङको गलकोटमा आयोजित महोत्सवबाट फर्किने क्रममा गाडीमा यौन दुर्व्यवहार गरेको, गत वैशाख १४ गते पोखराबाट काठमाडौं फर्किने क्रममा तनहुँमा बास बसेका बेला जबर्जस्ती करणी गरेको, त्यसै गरी छायांकनका क्रममा गत वर्ष पुस १० पोखरामा र चैत ७ मा चितवनमा जबर्जस्ती करणी गरेको उल्लेख छ।

  • कांग्रेसको १६ जिल्लाको अधिवेशन पुन स्थगित

    कांग्रेसको १६ जिल्लाको अधिवेशन पुन स्थगित

    नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुन स्थगित भएको छ। यस अधि नेपाली कांग्रसको बाँकी १६ जिल्लाको अधिवेशन यही फागुन १५ गतेदेखि हुने भनिएको थियो ।
    उक्त १६ जिल्लाको अधिवेशन फेरि स्थगित भइ फागुन २० गते हुने कांग्रेसले जनाएको छ।

    राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्त्वको विषय भएकाले प्रतिनिधि सभाका सांसदलाई राजधानी नछाड्न पार्टीले निर्देशन दिएपछि अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।

    प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन नभएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिले जानकारी दिए । मकवानपुर, नवलपुर, बाँके, अछाम, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, र कैलाली जील्लामा अधिवेशन बाँकी हुन बाँकी छ ।

  • मंगलबार भएको खेलमा नेपालको टी–२० विश्वकपमा पुग्ने सपना समाप्त

    मंगलबार भएको खेलमा नेपालको टी–२० विश्वकपमा पुग्ने सपना समाप्त

    मंगलबार ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।

    पराजित भए सँगै नेपालको यस वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पुग्ने सपना समाप्त भएको छ । नेपालले १ सय ७६ रनको लक्ष्य लिएता पनि नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अलआउट भएको हो ।

    यूएईका जुनैद सिद्धिकीले लोकेश बम, आसिफ शेख र कुशल भुर्तेललाई आउट गराएका हुन् । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाउन सफल भए । दीपेन्द्रसिंह ऐरीले ३८ बल खेली ३ चौका प्रहार गरेका हुन् ।

    त्यसैगरी आरिफ शेखले ११ रन, ज्ञानेन्द्र मल्लले २० रन, जितेन्द्र मुखियाले पाँच रन सन्दीप लामिछानेले र कमल ऐरीले चार रन बनाउन सफल भएका हुन् । यूएईका कप्तान अहमद राजाले ५ विकेट लिएर नेपाललाइ पराजित गराएका हुन् । यूएईले सेमिफाइनलमा जित हात पारी टी–२० विश्वकपमा पुग्न सफल भएको छ ।

  • एमसीसी विरोध प्रदर्शन गर्दा हिंसात्मक गतिविधि नगर्न सरकारको आग्रह

    एमसीसी विरोध प्रदर्शन गर्दा हिंसात्मक गतिविधि नगर्न सरकारको आग्रह

    सरकारले एमसीसीको विरोध प्रदर्शन गर्दा हिंसात्मक गतिविधि नगर्न आम नागकिलाइ आग्रह गरेको छ । हिजो मंगलबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गत फागुन ८ गते एमसीसीको विरोध प्रदर्शन गर्ने क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गरिएको छ ।
    गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् ।

    ‘यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ’ भनिएको छ। गृहले सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको साथै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको जनाएको छ । ‘आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ,’ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • वर्डफ्लु संक्रमित  पंक्षीको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने

    वर्डफ्लु संक्रमित पंक्षीको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने

    ईन्फ्लुएन्जा ए नामक विषाणुको माध्यमबाट बिशेष गरी कुखुरा, बट्टाई, टर्की लगयत अन्य चराचुरुङ्गि जस्ता पंक्षीहरुमा वर्डफ्लु रोग लाग्दछ । सन् १८७८ मा चराचुरुङ्गिमा वर्डफ्लु रोग पहिचान भएको हो ।

    ईन्फ्लुएन्जा नामक बिषाणु संक्रमित पंक्षीको सुलिमा ४ डिग्री सेन्टीग्रेड तापक्रममा कम्तिमा ३० दिनसम्म जीबित रहन्छ । २२ डिग्री सेन्टीग्रेड तापक्रम भएको तालको पानीमा ४ दिनसम्म जीबित रहन सक्छ ।

    बिश्व पशु स्वास्थ्य सङ्गठनको अनुसार ‘नोटिफाइअबल एभियन ईन्फ्लुएन्जा’ भाइरसको ‘सब टाइप ’बाट हुने रोग वर्डफ्लु हो भनिएको छ । बिज्ञहरुका अनुसार वर्डफ्लु भाइरस अत्यन्त अस्थिर खालको हुन्छ । बिषेश गरी वर्डफ्लु भाइरसलाई तीन भागमा बिभाजन गरीएको छ ।

    ‘ए’ ‘बि’ र ‘सि’ ति मध्ये ‘ए’ प्रकारको भाइरस सबैभन्दा बढी खतरनाक हुन्छ । वर्डफ्लु संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कबाट मानिसमा पनि सर्ने गर्दछ ।

    संक्रमित पंक्षी पानीमा तैरीरहेको बेला पनि मानिसमा सर्ने सम्भावना हुन्छ । यो भाइरस मानिसको आँखा, नाक र मुखको माध्यमबाट सर्ने गर्दछ ।

    हावा पानीको माध्यबाट यो भाइरस ब्यापक रुपमा मानिसमा फैलने गर्दछ । यस रोगले श्वासप्रश्वासमा असर गर्छ ।

    यो रोग मानिसमा लागेमा जरो आउने, खोकी लाग्ने, जीउ दुख्ने, फोक्सोमा असार गरी श्वास फेर्न असहज हुने आदि लक्षणहरु देखिने चिकित्सकहरुको भनाई छ ।

    यो रोग एक प्रकारको प्राण घातक रोग भएकाले समयमानै उपचार नगरेमा ज्यान समेत जान सक्छ । तसर्थ वर्डफ्लुबाट बच्न संक्रमित पंक्षीबाट टाढा रहनुपर्छ, खानपानमा ध्यान दिनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ । यसरी सुरक्षित जीवनशैली अपनाएमा वर्डफ्लुबाट बच्न सकिन्छ ।

  • सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

    सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

    आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली हुने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    बागमती प्रदेश, प्रदेश १ तथा गण्डकी प्रदेशका हिमाली भूभाग र उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

  • २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

    २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कुल आठ हजार १४० जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३८८ जनामा सङ्क्रमण पुष्टि भएको तथा सोही अवधिमा १२ सय ५ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल क्यानडालाई पराजित गरी सेमिफाइनलमा

    नेपाल क्यानडालाई पराजित गरी सेमिफाइनलमा

    नेपालले क्यानडालाइ ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

    क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको छ।

    तेस्रो विकेटमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले ५८ रनको साझेदारी गरी नेपाललाई समूह विजेता बनाएका हुन्।

    कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाएका हुन्।

    नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ ।

  • नेपालमा कोरोना संक्रमण दर घट्ने क्रममा

    नेपालमा कोरोना संक्रमण दर घट्ने क्रममा

    नेपालमा केही साता यता कोरोना संक्रमितको सङ्ख्या निरन्तर घट्दै गएको छ ।

    आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयको तथ्यांकअनुसार यो सातामा संक्रमण दर ५.६ प्रतिशतले घटेको हो।

    अब ओमिक्रोन भेरियन्टका कारण संक्रमण दर उच्च हुने सम्भावना नरहेको विज्ञहरूले बताएका छन् ।

    हाल मुलुकभरका अस्पतालमा ४ सय ९० जना उपचाररत संक्रमित मध्ये १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    अस्पतालको शय्यामा न्यून संख्यामा संक्रमित उपचाररत छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो दुई सातामा संक्रमितको संख्या अत्यधिक घटेको बताएकी छिन् ।

  • अन्तर्राष्ट्रिय मातृभाषा दिबस

    अन्तर्राष्ट्रिय मातृभाषा दिबस

    सन् २००० मा संयुक्त राष्ट्र संघले फेब्रुअरी ११ लाई मातृभाषा दिबसको रुपमा आह्वान गरेपछि बिश्वभर मातृभाषा दिबस मनाउन थालिएको हो ।

    सन् १९५२ मा बङ्गला देशमा मातृभाषा (बङ्गली भाषा ) बोल्न पाउनुपर्छ भनि आवाज उठाउने एक बिद्यार्थी मारिएको थियो । त्यही सम्झना स्वरुप मातृभाषा दिबस मनाइन्छ ।

    अन्तर्राष्ट्रिय मातृभाषा दिबसको दिन नेपालमा पनि आफ्नो आफ्नो मातृभाषा अनि संस्कृति झल्कने बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । गत बर्ष नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा भाषा आयोग र युनेस्को काठमाडौँ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो ।

    उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले कार्यक्रमको उद्घाटन गरेका थिए । बिशेष गरी मातृभाषा दिबसको दिन भाषाको प्रबर्धन गर्ने उदेश्यका साथ गित तथा कबिता बचन लगायतका सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिदै आएको पाइन्छ ।

    यस दिबसले आफ्नो मातृ भाषालाई लोप हुन नदिई बहुभाषिकतालाई प्रबर्धन गर्न बिशेष सहयोग गरेको छ । बिश्वमा लगभग सात हजार भन्दा बढी भाषा बोेलिन्छ । तिमध्ये सबै भाषा मातृभाषाको रुपमा बोलिदैन । हाल झन्डै ४३ प्रतिशत भाषाहरु लोप हुँदै गएको देखिन्छ । यस्ता लोपोन्मुख भाषालाई संरक्षण गर्नुपर्छ भनी अन्तर्राष्ट्रिय मातृभाषा दिबसले चेतना अभिबृद्धि गर्दछ ।