Blog

  • अभिनेता पल शाहलाई  सात दिन हिरासतमा राखी घटना बारे सोधपुछ गर्ने

    अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखी घटना बारे सोधपुछ गर्ने

    १७ वर्षीया गायिका समिक्षा अधिकारीलाई जबरजस्ती करणी गरेको आरोप लागेका नायक पल शाहलाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्ने भएको छ ।

    आइतवार जिल्ला अदालतले शाहलाई सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।

    उजुरी दर्ता भएपछि फरार रहेका शाह हिजो दिउँसो करिव १२ बजेतिर आफू स्वयम् जिल्ला प्रहरी कार्यलय तनहुँमा हाजिर भएर आत्मसर्पण गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काको अनुसार अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको छ ।

    यसैबिच गैंडाकोटस्थित प्रहरी कार्यालयमा पनि अभिनेता शाह बिरुद्ध उजुरी दर्ता भएको छ ।

  • स्वास्थ्यको लागि खेलकुद

    स्वास्थ्यको लागि खेलकुद

    हिजोआज खेलकुदलाई मानब स्वास्थ्य सँग जोडेर हेर्ने गरिन्छ । खेलकुद मनोरञ्नको हिसाबले मात्र नभई शारीरी, मानसिक र मनेवैज्ञानिक हिसाबले पनि अत्यन्त फाइदाजनक मानिन्छ ।

    हाम्रो देशमा परम्परा देखी नै मौलिक तथा परम्परागत खेललाई जोड दिँदै आएको पाइन्छ । पहिले पहिले बाघचाल, डण्डीबियो, लक्कुढाल, रुमाल लुकाई जस्ता शारीरीक भन्दा मानसिक कसरत हुने खालको खेलहरु बढी प्रचलित थिए ।

    हाल शारीरीक कसरत हुने खालका खेलहरु जस्तै भलिवल, फुटबल, क्रिकेट, टेबल टेनिस, कराँते आदि लोकप्रिय हुन पुगेको छ । परम्परागत खेलहरु वातावरणमैत्री र आर्थिक हिसाबले सस्तो खालका भएपनि हाल प्रचलित खेलहरु आर्थिक हिसाबले बढी खर्चिलो देखिन्छ ।

    हाल नेपालमा सबैभन्दा बढी खेलिने खेलको रुपमा भलिबलाई लिइन्छ । यो खेलमा महिला र पुरुष दुबैको सक्रिय रुपमा सहभागि रहन्छ ।

    भलिबल खेल स्वास्थ्य तथा मनोरञ्नको हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । भलिबल खेल खेल्दा शारीरी अनि मानसिक दुबै कसरत हुने भएकाले यस खेल नेपालमा पनि सर्बाधिक खेलिने गरिन्छ ।

    खेलकुदले व्यक्तिलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो बनाउन मदत गर्दछ । त्यति मात्र नभई खेलकुदले व्यक्तिलाई अनुसासित, सहनशील, बनाउँछ ।

    एक आपसमा सहयोगि भाबनाको बिकास गर्नुका साथै सहकार्य गर्न सक्षम बनाउँछ । खेलकुदको बिकासमा जोड दिएमा स्वस्थ, अनुशासित र कुशल नागरिकको उत्पादन हुन्छ । तसर्थ मानव बिकास लगायत समग्र देशको समृद्धिका लागि खेलकुद अपरिहार्य छ ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

    वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ ।

    यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क लाग्ने गर्थो ।

    अब सरकारी अस्पताल हरु शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गरेका सबै श्रमिकलाई निशुल्क पिसिआर परिक्षण गर्ने भएको छ ।

  • युक्रेनका राष्ट्रपतिले सहयोगका लागि भारतलाई  आग्रह

    युक्रेनका राष्ट्रपतिले सहयोगका लागि भारतलाई आग्रह

    रुसले युक्रेनमाथि तिव्र गतिमा आक्रमण गर्दै गएपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सहयोगका लागि भारतलाई आग्रह गरेका छन् ।

    शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन मार्फत सहयोग गर्न अपील गरेका हुन् ।

    हाम्रो देशमा एकलाख रुसी सेनाले आक्रमण गरिहेका छन् । हाम्रो घर र जमीन कब्जा गरिएको छ । भवनहरू जलिरहेका छन् यस्तो अप्ठ्यारो र आपतकालिन समयमा तपाईले राजनीतिक र अन्य सहयोग गर्नुहोस् भनि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्विटरमा लेखेका छन् ।

    युक्रेनमा भारतीय नागरिकहरु पनि छन् । भारतिय नागरिकहरुले पनि युक्रेनबाट उद्धारका लागि सामाजिक सञ्जाल मार्फत अनुरोध गरिरहेका छन् ।

    रुसले युक्रेनमाथि गरेको आक्रमण पछि शनिबार भारतले युक्रेनमा अलपत्र नागरिकको उद्धारका लागि एयर इन्डियाको विमान रोमानियाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ ।

  • बिजया एकादशी व्रत

    बिजया एकादशी व्रत

    आज फागुन महिनाको कृष्ण पक्षको दिन बिजया एकादशी व्रत बस्ने चलन परम्परादेखि नै चल्दै आएको मानिन्छ ।

    सनातन सम्प्रादयमा बिजया एकादशीलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    यस एकादशीको दिन व्रत बसेर बिशेष गरी भगवान बिष्णुको पूजा आर्चना गरी मौसम अनुसारको फलफूल पञ्चामृत आदि चढाइन्छ ।

    भकदाल्य ऋषिको उपदेश अनुसार सबै भन्दा पहिला बिजया एकादशी व्रतको उपवास श्रीरामचन्द्रले गरेका थिए ।

    यस एकादशीको व्रत लिएकाले श्रीरामचन्द्रले समुन्द्र पार गरी लेकाको राजा रावण माथि बिजय प्राप्त गरेका थिए ।

    साथै महाभारतमा पाण्डव अनि त्रेतायुगमा भगवान रामलाई बिजया एकादशीको व्रतले बिजय हासिल गर्न शक्ति प्राप्त भएकाले यस एकादशीको व्रत बसेमा विजयको फल प्राप्त हुने धार्मिक आस्था रहेको छ ।

    बिभिन्न शास्त्रमा उल्लेख भए अनुसार यस एकादशीको व्रत लिएमा भयावह बिपत्तिबाट पनि मुक्ति पाउन सकिन्छ भनिएकोे छ ।

  • एमसीसीमाथि छलफल गर्न आज१ बजे संसद् बैठक बस्दै

    एमसीसीमाथि छलफल गर्न आज१ बजे संसद् बैठक बस्दै

    अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि छलफल गर्न आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

    आइतबार बसेको बैठकले एमसीसी पेस गरेको थियो।

    बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न इच्छुक सांसदलाई ५ मिनेटआफ्नो धारणा ब्यक्त गर्ने समय दिने भएको छ ।

    सथै छलफलको क्रममा उठेका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

  • रुसले युक्रेन माथि आक्रमण

    रुसले युक्रेन माथि आक्रमण

    बिहीबार रुसी सेनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा विभिन्न दिशाबाट युक्रेन का बिभिन्न सहरहरुमा आक्रमण सुरु गरेको छ। रुसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।

    रुसी सेनाले युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गरेर आक्रमण तीव्र पारेको छ। हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरि आक्रमणलाई तिव्र बनाएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी किभ नजिकै ब्रोभारीमा भएको आक्रमणबाट ६ जनाको ज्यान गएको छ त्यसैगरि बिहीबार साँझसम्म कम्तीमा ३० जनाको मृयु भइसकोको छ ।

    बीबीसीका अनुसार युक्रेनको राजधानीमा ठूलो आक्रमण भएपछि राजधानी किएभ का मानिसहरु सहर छोडेर अन्य ठाउँमा जान थालेका छन् ।

  • किन बढ्दै गयो सवारी दुर्घटना ?

    किन बढ्दै गयो सवारी दुर्घटना ?

    सवारी दुर्घटनालाई नेपालको जल्दोबल्दो समस्याको रुपमा लिइन्छ । हरेक वर्ष कयौँ मानिसले सवारी दुर्घटनाबाट ज्यान गुमाउन बाध्य भएका छन् । सवारी दुर्घटना ग्रामीण र सहरी दुबै क्षेत्रमा भइरहेको छ । चालक, बाटो, यान्त्रिक गति आदिका कारण सवारी दुर्घटना भइरहेको अध्ययन अनुसन्धानले देखाउँछ ।

    विश्वकको बिभिन्न देशमा भएको अध्ययन अनुसार १२ प्रतिशत यान्त्रिक गतिका कारण दुर्घटना भएको देखिन्छ । सार्वजानिक सवारीको यान्त्रिक परिक्षण प्रत्येक ६ महिनामा गर्नुपर्ने कानुनी व्यबस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी सबैभन्दा बढी दुर्घटना चालकले गरेको लापरबाहीबाट हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

    सवारी साधनको क्षमता भन्दा बढी यात्रु वा सामान हाल्नाले पनि दुर्घटना हुने गर्दछ । सहरी क्षेत्रमा प्रयोग गरी पुरानो भएको सवारी साधन ग्रामीण क्षेत्रमा चलाइन्छ जसले गर्दा पनि दुर्घटना नित्याउने गर्दछ । बिषेश गरी पहाडि राजमार्गमा साँघुरो र अप्ठ्यारा सडक भएकाले पनि दुर्घटना हुँदै आएको मानिन्छ ।

    त्यसैगरी सहरी क्षेत्रमा ट्राफिक नियमको पालनामा ध्यान नदिँदा पनि दुर्घटना बढ्दै गएको हो । सवारी दुर्घटना न्युनिकरण गर्न दक्ष वा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त चालकले मात्र सवारी साधन चलाउने, ग्रामिण क्षेत्रमा नयाँ तथा यान्त्रिक परिक्षण गरिएको सवारी साधनलाई मात्र प्रयोगमा ल्याउनु, ट्राफिक नियमलाइ पूर्ण रुपमा पालना गर्ने, सवारी चालकले मादव पदार्थ सेवन गर्नु हुँदैन यदि यसो गर्ने हो भने बढ्दो सवारी दुर्घटनालाई केही मात्रामा न्युनिकरण गर्न सकिन्छ ।

    सवारी तथा यातायत व्यबस्था ऐन २०४९ ले सवारी सम्बन्धि बिभिन्न कसुरजन्य कार्य गर्ने व्यक्तिलाई सजाएको व्यबस्था गरिएको छ । उक्त ऐनमा उल्लेखित कसुरमध्ये दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसायले लिई सवारीले किचि वा ठक्कर दिएर ज्यान मारेमा सम्बन्धित कसुर गर्ने कसुरदारलाई जन्मकैदको निश्चित व्यबस्था गरिएको छ ।

  • युक्रेनमा संकटकालको घोषणा

    युक्रेनमा संकटकालको घोषणा

    युक्रेनमा बिहीबार संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले आज मध्यराति देखि लागू हुनेगरी देशभरका लागि ३० दिनको संकटकाल घोषणा गरेको हो ।

    बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।

    पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।

    अमेरिका लगायतका केही पश्चिमा देशहरुले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन् ।सिन्हवा

  • लोसपाको एमसीसीको पक्षमा मत दिने निर्णय

    लोसपाको एमसीसीको पक्षमा मत दिने निर्णय

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको पक्षमा मत दिने निर्णय भएको छ ।

    बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताएका छन् ।

    आज प्रतिनिधिसभा बैठक बसि एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । प्रतिनिधिसभामा १३ सिट रहेको लोसपाले एमसीसीको समर्थन गरी एमसीसीलाइ मतदान गर्ने भएको हो ।