नुनको अत्याधिक प्रयोगले नेपालीहरुमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको चिकित्सक तथा अनुसन्धानकर्ताहरुको भनाई छ ।
चिकित्सक तथा अनुसन्धानकर्ताहरूका अनुसार नुन धेरै खाएकै कारण नसर्ने रोगहरु पनि बढ्दै गएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्ला अध्ययनलाई हेर्दा नेपालीले औसतमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा बढी मात्रामा नुन खाने गरेको देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले दैनिक ५ ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ। नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको वा पुरुषहरूले दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन खाने गरेको अध्ययन अनुसन्धानले देखाउँछ ।
नेपाली समाजमा सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा बिवाह गर्ने चलन हालसम्म पनि कायम नै देखिन्छ । १८ बर्ष भन्दा कम उमेरमा गरिएको बिवाहलाई बाल बिवाहको रुपमा लिइन्छ । यो कानुन बिपरीत कार्य पनि हो ।
बिवाहका सम्बन्धमा बिभिन्न देशमा कानुन अनुसार योग्य उमेर तोकिएको हुन्छ । त्यसैगरी नेपालको कानुनी मान्यता अनुसार बालिकाको हकमा १८ बर्ष र बालकको हकमा २० बर्ष माथि बिवाह गर्न उपयुक्त उमेर भनेर तोकिएको छ ।
पहिले पहिले बालबालिकाहरु समाजमा रहेका कुरिति, कुसंस्कार, जस्ता धार्मिक तथा सामाजिक कारणले गर्दा वा परिवारको आर्थिक अबस्था कमजोर भएको कारण परिवारको दबाबमा आफ्नो इच्छा बिपरित बालबिवाह गर्न बाध्य हुन्थे । तर हाल बालबालिका आफूखुसी सानै उमेरमा बिवाह गर्नेको सङ्ख्या बढ्दो देखिन्छ ।
शिक्षित बालबालिकाले पनि बाल बिवाह गरेका घटनाहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । समयमानै सोच बिचार नगरि बिवाह गरेका कारण उच्च शिक्षा, रोजगार लगायतका अधिकार बाट बन्चित हुने , लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, मानब बेचबिखन जस्ता बिभिन्न समस्याहरु बढेको छ ।
बालबालिकाले धेरै समय समाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । यसरी सामाजिक सञ्जालमा बालबालिका बिच कुराकानी भई बिवाह हुने गरेको पाइन्छ । बाल बिवाह न्युनिकरणको लागि स्थानीय तह देखि लिएर राज्यले पनि अनेकौ प्रयास गर्दा पनि आफूखुसि गरिने बिवाहलाइ रोक्न सकेको छैन ।
तसर्थ बालबालिका आफैमा बाल बिवाह गर्नु कानुन बिपरित हो र यसले भविष्य अन्धकार बनाउछ भन्ने चेतनाको बृद्धि भए मात्र बालबिवाह निर्मुल पार्न सम्भब देखिन्छ । यसका लागि बालबालिका स्वयम्ले बालबिवाह बिरुद्ध आवाज उठाउने र बाल बिवाहको खुलेर बिरोध गनुपर्छ ।
आज १०४ बर्ष लामो जहानीय निरङ्कुश हुकुमी शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन देशभर प्रजातन्त्र दिबस मनाइँदै छ ।
मुलुकमा राणाको बंशीय तन्त्र नभई प्रजा तन्त्रमा शासन चल्छ भन्ने आवाज सहित २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र भित्रिएको हो ।
२००७ सालमा नेपाली काँग्रसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभूवनले समर्थन गरेपछि मुलुकमा सहजै प्रजातान्त्रिक शासन व्यबस्थाको स्थापना भएको हो ।
त्यही क्रान्ती सफल भई १०४ बर्षे कालो दिन अन्त्य भएको खुसियालीमा फागुन ७ गते प्रजातन्त्र दिबस मनाउन थालिएको हो ।
प्रजातन्त्र स्थापना भए पश्चात राज्यको शासकीय शक्ति कुनै बिशेष बर्ग वा व्यक्तिमा निहित नभई समाजका सम्पूर्ण सदस्यमा रहन पुग्यो त्यति मात्र नभई देशमा शान्ति सुरक्षा र स्वतन्त्रताको स्थापना भएको हो ।
प्रजातन्त्र स्थापना हुनुको पछाडि आम नेपाली जनताको सङ्घर्ष जोडिएको छ । हरेक बर्ष प्रजातन्त्र दिबसको दिन काठमान्डौँको टुँडिखेलमा बिषेश समारोह आयोजना गरिन्छ ।
उक्त आयोजनामा नेपाली सेना साथै राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहन्छ । आज पनि प्रजातन्त्रको अबसर पारेर बिभिन्न सभा समारोह गरिदैछ ।
नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
अख्तियारले नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
बिहीबार अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सो मुद्दामा सुनुवाई गर्दै शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो।
भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार खड्का लाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत हुन् ।
हिजो संसझा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिए पछि पुन आज बिहान १० बजे बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
हिजो बसेको बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू उपस्थित भएका थिए ।
एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेस नेताहरु सहमति भएता पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले असहमति जनाएकाले फेरि सहमतिको कोसिस गर्न आज बिहान बैठक बस्ने भएको हो ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको हो ।
निवेदनको ढाँचा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने जनाएको छ ।
दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ स्पष्ट खुलार मात्र दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
बुधबार प्राप्त भएको नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५६१ रुपैयाँ, डिजेल ५६२ रुपैयाँ र हवाई इन्धन ४९५ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार प्रेट्रोलियम पदार्थको मुल्य बृद्धि भए सङ्गै निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड नोक्सा हुने अनुमान छ ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र करिब २४ अर्ब घाटा बेहोरिसकेको छ ।
सरकारले नयाँ शैक्षिक सत्रको सुरुवात जेठ १ गतेबाट गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना महामारीको प्रभाबले गर्दा बैशाकमा सुरु हुने शैक्षिक सत्र जेठमा सुरु हुन लागेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार चैतभित्र पढाई पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको छ ।